युरोकपको पहिलो खेलमै स्लोभाकियासँग बेल्जियम पराजित

युरोकपको पहिलो खेलमै स्लोभाकियासँग बेल्जियम पराजित

४ असार । बेल्जियम युरोकपको पहिलो खेलमै स्लोभाकियासँग पराजित भएको छ।

ड्यूश बैंक पार्कमा सोमबार राति भएको खेलमा बेल्जियम १-० गोलअन्तरले पराजित भएको हो। इभान श्रान्जले खेलको सातौं मिनेटमा गरेको गोल नै स्लोभाकियाको जितमा निर्णायक बन्यो।

उनले जुराज कुक्काको पासमा गोल गर्का थिए। ५६औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपनि भिडियो असिस्टेन रेफ्रीले मान्यता दिएन।

समूह ई कै अर्को खेलमा रोमानियाले युक्रेनलाई ३-० गोलअन्तरले पराजित गरेको छ।

रोमानियाको जितमा पहिलो हाफमा निकोला स्टान्सिउले गोल गरेका थिए।  दोस्रो हाफमा रजवान मारिन र डेनिस ड्रागुसले गोल थपे।

प्रतिक्रिया:

सम्बन्धित खवर