२२ फागुन, काठमाडौं । राष्ट्रिय महिला टिमकी खेलाडी प्रिति राईको सफल शल्यक्रिया भएको छ ।
वाफ वुमन्स च्याम्पियनसिपको दौरान चोट बोकेकी प्रितिको बि एण्ड बि अस्पतालमा सफल शल्यक्रिया भएको हो । प्रतियोगिताको दौरान उनले दायाँ घुडाँमा चोट बोकेकी थिईन् ।
अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै प्रितिको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको बताएको छ ।
उमेर समूह हुँदै राष्ट्रिय टिमबाट प्रभावशाली प्रर्दशन गर्दै आएकी प्रिति सिनियर टिमकी महत्वपुर्ण सदस्य बनेकी छिन् । नेपाललाई साउदी अरबमा भर्खरै सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपमा फाइनल पुर्याउन प्रितिले विजयी गोल गरेकी थिईन् । उनकै अनुपस्थितीमा नेपालले फाइनल खेलको दोस्रो हाफमा जमेर खेल्न सकेन ।
उनी चाँडै मैदान फर्कने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।