बलिया टोलीलाई नेपाल बोलाउन पर्याप्त पूर्वाधारसहितको रंगशाला अनिवार्यः बार्कले

८ चैत, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अध्यक्ष ग्रेग बार्कले नेपालले क्रिकेट पूर्वाधार विकासमा अझै जोड दिनुपर्ने बताएका छन्। तीन दिने भ्रमणका क्रममा नेपालमा रहेका उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानको अवलोकन गरेपछि उक्त कुरा बताएका हुन्। नेपालले बलिया टोलीलाई बोलाउन पर्याप्त पूर्वाधारसहितको रंगशाला अनिवार्य भएको उनले बताए। तर, उक्त पूर्वाधार नेपालसँग नरहेको उनले बताए। ‘नेपालमा धेरै समर्थक छन्। तर, पूर्वाधारमा धेरै विकास गर्नुपर्ने आवश्यकता छ। रंगशालामा..

विश्वकप र एसियन कपको संयुक्त छनोटअन्तर्गत नेपालले आज बहराइनसँग खेल्दै

८ चैत । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ । समूह एच अन्तर्गतको यस खेल बहराइनको स्थानीय समय अनुसार राति १० बजे (नेपाली समय मध्यरात १२ः४५) बजे सुरु हुनेछ । खेल बहराइनको रिफास्थित राष्ट्रिय रंगशालमा हुनेछ । आज हुने खेल नेपालको होम म्याच रुपमा हुनेछ । किनभने होम एण्ड अवेका आधारमा हुने छनोटअन्तर्गत नेपालले बिहीबारको खेल घरेलु मैदान..

प्रधानमन्त्री प्रचण्ड र आईसीसी अध्यक्ष बार्कलेबिच शिष्टाचार भेट

७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले शिष्टाचार भेट गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले आईसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए । ‘नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर..

१८ वर्षीय सेन्ट्रल मिडफिल्डर कोबी पहिलोपटक इङ्ल्यान्डको राष्ट्रिय टोलीमा

७ चैत । इङ्ग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेलिरहेका कोबी माइनुलाई पहिलोपटक इङ्ल्यान्डको राष्ट्रिय टोलीमा बोलाइएको छ। ब्राजिल र बेल्जियमविरुद्धको मैत्रीपूर्ण खेलका लागि १८ वर्षीय सेन्ट्रल मिडफिल्डर माइनुलाई टोलीमा बोलाइएको हो। इङ्ल्यान्ड फुटबल संघले मंगलबार विज्ञप्तिमा जारी गर्दै भनेको छ,‘कोबी माइनुलाई इङ्ल्यान्डको सिनियर टोलीमा पहिलो पटक बोलाइएको छ।’ मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले जर्मनीमा हुने युरोपियन च्याम्पियनसिपका लागि अन्तिम टोलीको घोषणा गर्नुअघि इङ्ग्ल्यान्डले ब्राजिल र बेल्जियमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने..

खेलकुदमन्त्री श्रेष्ठ र आईसीसी अध्यक्ष बार्कलेबीच भेटवार्ता

७ चैत, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्कलेबीच भेटघाट भएको छ। युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा बुधबार भएको भेटघाटमा नेपाल क्रिकेटको विकास र अभिवृद्धिबारे विशेष कुराकानी भएको थियो। भेटमा नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्त्वलाई पहिचान गर्दै विकासको प्रयासलाई सहयोग गर्न आईसीसी उत्साहित र प्रतिबद्ध रहेको बार्कलेले जानकारी दिए। मन्त्री श्रेष्ठले आईसीसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण..

आईसीसी अध्यक्ष ग्रेग बार्क नेपालमा, आज प्रधानमन्त्री र खेलकुदमन्त्रीसँग भेटवार्ता गर्दै

७ चैत, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्क तीन दिनदेखि नेपालमा छन् । नेपाल क्रिकेट संघ (क्यान) को निमन्त्रणामा उनी चार दिवसीय भ्रमणका लागि सोमबार आएका हुन् । विश्व क्रिकेटको सर्वाेच्च संस्था आईसीसीका अध्यक्ष नेपाल आएको यो पहिलोपटक हो । क्यानले धेरै समयदेखि उनलाई नेपालमा ल्याउन प्रयास गरिरहेको थियो । पटक–पटक आग्रह गरिएपछि बार्कले समय मिलाउन सकेका थिएनन् । पछिल्लो पटक भारतको विश्वकपपछि नेपाल आउने उनले..

आगामी दुई टी–२० सिरिजका लागी नेपाली क्रिकेट टोलीको घोषणा

७ चैत । नेपाल क्रिकेट संघ क्यानले आगामी दुई टी–२० सिरिजका लागी नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधबार आयरल्यान्ड र भारतमा हुने टी–२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपालले आयरल्यान्ड ए टीमसँग चैत ११ र १२ गते खेल्नेछ । भने भारतका प्रादेशिक टीम गुजरात र बरोडासँग चैत १७ गतेदेखि त्रिकोणात्मक सिरिज खेल्नेछ । नेपाली टोलीः रोहित पौडेल (कप्तान), असिफ शेख, कुशल..

स्टार स्ट्राइकर लिओनल मेसीले चोटका कारण दुई खेल गुमाउने

६ चैत । अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसीले एल साल्भाडोर र कोस्टारिकाविरुद्धको दुई मैत्रीपूर्ण खेल गुमाउने भएका छन्। कोनकाकाफ च्याम्पियन्स कपमा गत साता नाशभिलमाथि इन्टर मियामीले ३–१ गोल अन्तरको जित हासिल गरेको थियो। उक्त खेलमा ह्यामस्ट्रिङको चोट बोकेपछि ३६ वर्षीय मेसीलाई दोस्रो हाफको शुरूमै प्रतिस्थापन गरिएको थियो। इन्टर मियामीका प्रशिक्षक जेरार्डाे मार्टिनोले खेलपछि मेसीको अवस्थाको मूल्यांकन गरिने बताएका छन्। मेसीलाई फिलाडेल्फियामा शनिबार एल साल्भाडोरविरुद्ध र त्यसको चार दिनपछि लस एन्जलसमा..

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापाले लिइन् सन्यास

  ६ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमकी पूर्व कप्तान नेरी थापाले सन्यास लिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेरीले आफ्नो १७ वर्षिय क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गरिन् । उनी नेपाली महिला क्रिकेट टिमकी पहिलो कप्तान हुन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार राति नेरीले लेखेकी छन् ‘खेलबाट सन्यास लिएको हो । तर सम्झनाबाट होइन । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु । म..

शिवसताक्षी नगरपालिकाको नगर स्तरीय दूधे रंगशालामा प्यारापिट निर्माणको काम सुरु

६ चैत, दुधे । झापाको शिवसताक्षी नगरपालिकाको नगर स्तरीय दूधे रंगशालामा प्यारापिट निर्माणको काम सुरु भएको छ । शिवसताक्षी नगरपालिकाले खेलमैदान साथसाथै प्यारापिटको काम पनि एकै पटक अघि बढाएको हो । नगरपालिकाले २०७४ सालमा मास्टर प्लाष्ट तयार गरेपछि रंगशाला निर्माणमा जुटेको थियो । रंगशाला शिवसताक्षी नगरपालिका वडा नं। ११ स्थित दूधोमा ६ विगाह १५ कठ्ठा जग्गाको क्षेत्रफलमा रहेको छ जसमा कम्पाउण्ड, गेट यस अघि नै निर्माण भइसकेको शिवसताक्षी नगरपालिकाले जनाएको..