खेलकुदमन्त्री श्रेष्ठ र आईसीसी अध्यक्ष बार्कलेबीच भेटवार्ता

७ चैत, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्कलेबीच भेटघाट भएको छ। युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा बुधबार भएको भेटघाटमा नेपाल क्रिकेटको विकास र अभिवृद्धिबारे विशेष कुराकानी भएको थियो। भेटमा नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्त्वलाई पहिचान गर्दै विकासको प्रयासलाई सहयोग गर्न आईसीसी उत्साहित र प्रतिबद्ध रहेको बार्कलेले जानकारी दिए। मन्त्री श्रेष्ठले आईसीसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण..

आईसीसी अध्यक्ष ग्रेग बार्क नेपालमा, आज प्रधानमन्त्री र खेलकुदमन्त्रीसँग भेटवार्ता गर्दै

७ चैत, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्क तीन दिनदेखि नेपालमा छन् । नेपाल क्रिकेट संघ (क्यान) को निमन्त्रणामा उनी चार दिवसीय भ्रमणका लागि सोमबार आएका हुन् । विश्व क्रिकेटको सर्वाेच्च संस्था आईसीसीका अध्यक्ष नेपाल आएको यो पहिलोपटक हो । क्यानले धेरै समयदेखि उनलाई नेपालमा ल्याउन प्रयास गरिरहेको थियो । पटक–पटक आग्रह गरिएपछि बार्कले समय मिलाउन सकेका थिएनन् । पछिल्लो पटक भारतको विश्वकपपछि नेपाल आउने उनले..

आगामी दुई टी–२० सिरिजका लागी नेपाली क्रिकेट टोलीको घोषणा

७ चैत । नेपाल क्रिकेट संघ क्यानले आगामी दुई टी–२० सिरिजका लागी नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधबार आयरल्यान्ड र भारतमा हुने टी–२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपालले आयरल्यान्ड ए टीमसँग चैत ११ र १२ गते खेल्नेछ । भने भारतका प्रादेशिक टीम गुजरात र बरोडासँग चैत १७ गतेदेखि त्रिकोणात्मक सिरिज खेल्नेछ । नेपाली टोलीः रोहित पौडेल (कप्तान), असिफ शेख, कुशल..

स्टार स्ट्राइकर लिओनल मेसीले चोटका कारण दुई खेल गुमाउने

६ चैत । अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसीले एल साल्भाडोर र कोस्टारिकाविरुद्धको दुई मैत्रीपूर्ण खेल गुमाउने भएका छन्। कोनकाकाफ च्याम्पियन्स कपमा गत साता नाशभिलमाथि इन्टर मियामीले ३–१ गोल अन्तरको जित हासिल गरेको थियो। उक्त खेलमा ह्यामस्ट्रिङको चोट बोकेपछि ३६ वर्षीय मेसीलाई दोस्रो हाफको शुरूमै प्रतिस्थापन गरिएको थियो। इन्टर मियामीका प्रशिक्षक जेरार्डाे मार्टिनोले खेलपछि मेसीको अवस्थाको मूल्यांकन गरिने बताएका छन्। मेसीलाई फिलाडेल्फियामा शनिबार एल साल्भाडोरविरुद्ध र त्यसको चार दिनपछि लस एन्जलसमा..

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापाले लिइन् सन्यास

  ६ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमकी पूर्व कप्तान नेरी थापाले सन्यास लिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेरीले आफ्नो १७ वर्षिय क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गरिन् । उनी नेपाली महिला क्रिकेट टिमकी पहिलो कप्तान हुन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार राति नेरीले लेखेकी छन् ‘खेलबाट सन्यास लिएको हो । तर सम्झनाबाट होइन । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु । म..

शिवसताक्षी नगरपालिकाको नगर स्तरीय दूधे रंगशालामा प्यारापिट निर्माणको काम सुरु

६ चैत, दुधे । झापाको शिवसताक्षी नगरपालिकाको नगर स्तरीय दूधे रंगशालामा प्यारापिट निर्माणको काम सुरु भएको छ । शिवसताक्षी नगरपालिकाले खेलमैदान साथसाथै प्यारापिटको काम पनि एकै पटक अघि बढाएको हो । नगरपालिकाले २०७४ सालमा मास्टर प्लाष्ट तयार गरेपछि रंगशाला निर्माणमा जुटेको थियो । रंगशाला शिवसताक्षी नगरपालिका वडा नं। ११ स्थित दूधोमा ६ विगाह १५ कठ्ठा जग्गाको क्षेत्रफलमा रहेको छ जसमा कम्पाउण्ड, गेट यस अघि नै निर्माण भइसकेको शिवसताक्षी नगरपालिकाले जनाएको..

इटहरी गोल्डकपको १४औँ संस्करण चैत १० गतेदेखि

६ चैत, इटहरी । इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औँ संस्करण चैत १० गतेदेखि हुने भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपीएफ र साबिक विजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। आयोजक राष्ट्रिय जागृति क्लब इटहरीका अनुसार प्रतियोगिता चैत १९ गतेसम्म हुनेछ। इटहरी रंगशालामा हुने खेलहरु फ्लड लाइटको प्रयोग गरी रात्रिकालीन हुने जनाइएको छ। प्रतियोगितामा भारतीय एक टोलीसहित ८ वटा टोलीले सहभागिता जनाउने निश्चित भएको छ। दोस्रो..

एन्फा महिला लिग छनोटको मिति परिवर्तन, चैत २५ गतेदेखि वैशाख १ गतेसम्म

५ चैत, काठमाडौँ । एन्फा महिला लिग छनोटको मिति परिवर्तन भएको छ। वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने कार्यक्रमसँग समयतालिका जुधेसँगै महिला लिग छनोट दुई साता पर धकेलिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो। वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले चैत २५ गतेदेखि वैशाख १ गतेसम्म अन्तरप्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारी गरेको छ। यसअघि महिला लिग छनोट चैत्र २३ गतदेखि हुने तय थियो। अब वैशाख ७ गतेबाट..

एट्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा

५ चैत । एट्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। सोमबार राति सम्पन्न खेलमा घरेलु टोलीलाई ३–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो। बार्सिलोनाको जितमा जोओ फेलिक्स, रोबर्ट लेवान्डोस्की र फेर्मिन लोपेजले १र१ गोल गरे। खेलको ३८औँ मिनेटमा फेलिक्सले गोल गर्दै बार्सिलोनालाई शुरूआती अग्रता दिलाएका थिए। जारी सिजनमा उनको यो छैटौँ गोल हो। दोस्रो हाफको शुरूआती दुई मिनेटमै लेवान्डोस्कीले टोलीको..

एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको फराकिलो जित

५ चैत । फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा मोन्टपेलिअरलाई पराजित गरेको छ। मोसन स्टेडियममा आइतबार राति समपन्न खेलमा पीएसजीले घरेलु टोली मोन्टपेलिअर ६–२ गोल अन्तरले पराजित गरेको हो। पीएसजीको जितमा एम्बाप्पेले ह्याट्रिक गरे। भिटिन्हा, ली कान इन र नुनो मेन्डिसले १र१ गोल गरे। मोन्टपेलिअरका अर्नाउड नोर्डिन र तेजी टेडीले गोल गरेका थिए। पीएसजीले खेलको १४औँ मिनेटमा भिटिन्हाको गोलमा अग्रता लिएको थियो। २२औँ मिनेटमा एम्बाप्पेले..