आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ११४ रनले पराजित

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ११४ रनले पराजित


२३ चैत । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ पराजित भएको छ । आयरल्यान्डले नेपाललाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ७४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमै अलआउट हुनुअघि ६० रनमात्र बनाउन सक्यो ।

प्रतिक्रिया:

सम्बन्धित खवर