उत्तर अमेरिकी च्याम्पियन्स कपमा इन्टर मियामी पराजित

उत्तर अमेरिकी च्याम्पियन्स कपमा इन्टर मियामी पराजित

२२ चैत । उत्तर अमेरिकी (कोनकाकाफ) च्याम्पियन्स कपअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इन्टर मियामी पराजित भएको छ।

चेस स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा घरेलु टोली मियामी मोन्टेरेसँग २–१ गोलअन्तरले पराजित भएको हो।

मोन्टेरेको जितमा म्याक्सिमिलियानो मेजा र जर्ज रोड्रिगेजले १,१ गोल गरे।

मियामीका लागि थोमस एभिल्सले गरेको गोल निर्णायक बन्यो। खेलकव ११औँ मिनेटमा थोमसले मियामीलाई शुरूआती अग्रता दिलाएका थिए।

तर, ६७औँ मिनेटमा मेजाले गोल गर्दै खेल बराबरीमा ल्याए। निर्धारित समय सकिँन एक मिनेट बाँकी रहँदा जर्जले गोल गर्दै पाहुना टोलाई २–१ ले जिताए।

प्रतिक्रिया:

सम्बन्धित खवर