ला लिगामा रियलको अग्रता कायमै

२ बैशाख । रियल मड्रिडले मायोर्कामाथि सङ्घर्षपूर्ण जित हासिल गर्दै ला लिगाको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ । शनिबार राति भएको खेलमा रियल १–० गोलले विजयी बन्यो । रियलको जीतमा औरेलियन टुअमानीले गरेको एक मात्र गोल निर्णायक बन्यो । रियलले बुधबार च्याम्पियन्स लिगको क्वार्टरफाइलको दोस्रो लेगमा म्यानचेस्टर सिटीको सामना गर्दैछ भने त्यसपछि एल क्लासिकोमा बार्सिलोनाको सामना गर्दैछ । प्रशिक्षक कार्लाे एन्चेलोटीले शनिबारको खेलमा थुप्रै खेलाडीलाई आराम दिएका थिए..

झापा स्पोर्टस् अवार्ड : रोशन र त्रिशा उत्कृष्ट खेलाडी

३० चैत । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटिएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगूले जितेकी छन् । उनीहरुले २०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बिहीबार भएको पाँचौँ स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित गरिएको हो । उनीहरुले नगद एकएक लाख, ट्रफी र गिफ्ट ह्याम्पर हात पारे । त्यस्तै, लाइफ टाइम अचिभमेन्ट..

एटलान्टासँग हार्‍यो लिभरपुल

३० चैत । लिभरपुल युरोपा लिगअन्तर्गत पहिलो लेगमा एटलान्टासँग पराजित भएको छ। एनफिल्डमा बिहीबार राति सम्पन्न खेलमा लिभरपुल पाहुना टोली एटलान्टासँग ३–० गोल अन्तरले पराजित भएको हो। एटलान्टका जियानलुका स्कैमैकाले खेलको ३८ र ६०औँ मिनेटमा गोल गरेका थिए। यस्तै, मारियो पासालिकले ८३औँ मिनेटमा गोल गर्दै एटलान्टलाई सहज जित दिलाए।

मियामी च्याम्पियन्स कपको क्वार्टरफाइनलबाटै बाहिरियो

२९ चैत । इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कपको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। बिबीभिए रंगशालामा बिहीबार सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेगमा मियामी घरेलु टोली मोन्टेरेसँग ३–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। पहिलो लेगमा मियामी घरेलु मैदानमै २–१ गोल अन्तरले पराजित भएको थियो। मोन्टेरेका ब्रान्डन भाजक्वेज, जर्मन बर्टेरम, जिसस ग्यालार्डाेले १र१ गोल गरे। मियाका लागि डिएगो गोमेजले एक गोल फर्काए। खेलको ३१औँ मिनेटमा भाजक्वेजको गोलमार्फत मोन्टेरेले अग्रता लिएको थियो। ५८औँ मिनेटमा बर्टेरमले..

राष्ट्रपति रनिङ सिल्डमा ६८६ खेलाडी सहभागी हुने

२९ चैत । केन्द्रिय स्तरको राष्ट्रपति रनिङ सिल्डमा ६ सय ८६ खेलाडी सहभागी हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्याबारे जानकारी गराएको हो । प्रतियोगितामा स्थानीय तह, जिल्ला तथा प्रदेश छनोटबाट आएका सातै प्रदेशका ६ सय ८६ खेलाडी सहभागी हुने बताईएको छ । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बैशाख..

च्याम्पियन्स लिगः बोरुसिया डर्टमन्ड एट्लेटिको मड्रिडसँग पराजित

२९ चैत । स्पेनिस क्लब एट्लेटिको मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइलनको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ। सिविटास मेट्रोपोलिटानोमा सम्पन्न खेलमा घरेलु टोली एट्लेटिकोले डर्टमन्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो। एट्लेटिकोको जितमा आर डी पल र लिनोले १र१ गोल गरे। डर्टमन्टका सेबास्टियन हलरले १ गोल फर्काए। खेलको चौथो मिनेटमै पलले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। ३२औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको पासमा गोल गर्दे लिनोले अग्रता दोब्बर..

च्याम्पियन्स लिगः पीएसजीविरुद्ध बार्सिलोनाको रोमाञ्चक जित

२९ चैत । स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइलनको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध रोमाञ्चक जित हासिल गरेको छ। पार्क डेस प्रिन्सेस मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली पीएसजीविरुद्ध ३–२ गोल अन्तरको रोमाञ्चक जित हासिल गरेको हो। पाहुना टोली बार्सिलोनाका लागि राफिन्हाले २ रआन्द्रेस क्रिस्टेन्सनले १ गोल गरे। पीएसजीको लागि औसमाने डेम्बेले र भिटिन्हाले १,१ गोल गरे। खेलको ३७औँ मिनेटमा राफिन्हाले बार्सिलोनालाई शुरूआती अग्रता दिलाएका थिए। तर,..

च्याम्पियन्स लिगमा सिटी र रियलको रोमाञ्चक बराबरी

२८ चैत । साविक विजेता म्यानचेस्टर सिटी र सर्वाधिक १४ पटकको विजेता रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा ३–३ को बराबरी खेलेका छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको पहिलो लेगमा दुवै टोलीले अग्रता लिए पनि जोगउ नसकेनन् र खेल बराबरीमा सकियो । बर्नार्डाे शिल्भाले दोस्रो मिनेटमै गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए पनि सिटीकै रुबेन डियाजको आतमघाती गोलमा १२औं मिनेटमा रियलले खेल बराबरी गरेको थियो ।..

दमकमा प्रथम गुरु टोली फुटसल प्रतियोगिता हुदै

२७ चैत । झापाको दमकमा प्रथम गुरु टोली फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । दमक १ भाङबारीस्थित स्पा एनि फुटसलको खेल मैदानमा नयाँ वर्षको अवसर पारेर बैशाख १ गते एक दिने प्रतियोगिता हुने भएको हो। विभिन्न क्षेत्रमा आबद्ध युवाहरु मिलेर सुरु गरेको गुरु टोली समूहले आयोजना गर्ने प्रतियोगिताको टाइसिट सार्वजनिक भएको छ । विभिन्न सामाजिक कार्य गर्दै आइरहेको टोलीले फुटसल प्रतियोगिता भने पहिलो पटक आयोजना गर्न लागेको खेल संयोजक..

रोनाल्डोले रेड कार्ड पाएको खेलमा अल-नासार पराजित

२७ चैत । अल–नासारलाई पराजित गर्दै अल–हिलाल साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ। मोहम्मद बिन जायद स्टेडियममा सोमबार राति सम्पन्न सेमिफाइनलमा १० खेलाडीमा सिमित नासारलाई २–१ गोल अन्तरले पराजित गर्दै हिलाल उपाधिनजिक पुगेको हो। हिलालको जितमा अल–डावसरी र माल्कमले गोल गरे। नासरको लागि साडियो मानेले १ गोल फर्काए। खेलको ६१औँ मिनेटमा डावसरीले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। ७२औँ मिनेटमा माल्कमले अग्रता दोब्बर बनाए। ८६औँ मिनेटमा नासारका कप्तान क्रिस्टियानो रोनाल्डो..