
२३ चैत । शेफिल्ड युनाइटेडलाई पराजित गर्दै लिभरपुल इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा फर्किएको छ।
एनफिल्डमा बिहीबार राति सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले शेफिल्ड युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
लिभरपुलको जितमा डार्विन नुनेज, म्याक एलिस्टर र कोडी गाक्पोले १,१ गोल गरे। शेफिल्ड युनाइटेडले एक गोल उपहार पाएको थियो।
१७औँ मिनेटमा नुनेजको गोलमार्फत लिभरपुलले खेलमा अग्रता लिएको थियो। तर, ५८औँ मिनेटमा कोनोर ब्राडलीले आत्माघाति गोल गर्दै खेल १–१ मा ल्याए।
६७औँ मिनेटमा एलिस्टरले गोल गर्दे लिभरपुललाई २–१ को अग्रता दिलाए। ९०औँ मिनेटमा गाक्पोले गोल गरे र लिभरपुललाई ३–१ को सहज जित दिलाए।
जितसँगै शीर्ष स्थानमा फर्किएको लिभरपुलको ३० खेलबाट ७० अंक पुगेको छ। समान खेल खेलेका आर्सनल ६८ अंकसहित दोस्रो र म्यानचेस्टर सिटी ६७ अंकसहित तेस्रो स्थानमा रहेको छ।
शेफिल्ड युनाइटेड १५ अंकसहित रेलिगेशन जोनमा यथावत रहेको छ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७