५ जेठ, शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप फुटबलमा वडा नं. ११ र वडा नं. ८ फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको सेमी फाइनल खेलमा मिनी भेट्रान क्लबलाई ५–१ गोल अन्तरले हराउँदै वडा नं. ११ फाइलनमा प्रवेश गरेको हो ।
वडा नं. ११ को तर्फबाट निकेश श्रेष्ठले २ गोल, देव मल्लिक, आकास पौडेल र सुरज मगरले १–१ गोल गरेका थिए । यता मिनी भेट्रानको तर्फबाट लक्ष्मण अधिकारीले एक गोल गरेका थिए । खेलको म्यान अफदी म्याच वडा नं. ११ का खेलाडी निकेश श्रेष्ठ घोषित भए ।
त्यस्तै दोश्रो सेमी फाइनल खेलबाट वडा नं. ८ फाइलनमा प्रवेश गरेको छ । ट्राइबेकरमा वडा नं. ९ लाई हराउँदै वडा नं. ८ फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो ।
आज हुने फाइनल खेलमा शिवसताक्षी वडा नं. ११ र वडा नं. ९ दिउँसो ३ बजे उपाधीका लागि भिड्ने छन् । खेलको प्रत्यक्ष प्रसारण गृह खबरको फेसबुक पेज मार्फत हेर्न सकिन्छ ।
प्रतियोगिताको फुटबल तर्फ प्रथमले ७० हजार, द्वितीयले ५० हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् ।