मधेश प्रदेश
जनकपुर–जयनगर रेलमार्गको निर्माण कार्य लक्ष्यभन्दा बढी सम्पन्न
६ असार, जनकपुरधाम । लकडाउनका कारण सबै पूर्वाधार निर्माणका क्षेत्रमा अशर परेपनि रेलमार्गको निर्माण कार्य लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० कि.मी. रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा झण्डै ६२ कि.मी. सम्पन्न भइसकेको भौतिक पुर्वधार मन्त्रालयले जनाएको छ । कुर्था–जयनगर रेलमार्ग अन्तर्गत जनकपुर–बिजुरापुरा खण्ड, पूर्व–पश्चिम रेलमार्ग र विराटनगर–बथनाहा रेलमार्गका विभिन्न खण्डमा निर्माण जारी रहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो । कोरोना..
मुख्यमन्त्री राउत भन्छन्ः स्थानीय तहको क्वारेन्टिन ‘मौतका कुवा’ बन्यो, संघीय सरकारले खै बजेट पठाएको ?
२० जेष्ठ, काठमाण्डौँ । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले काठमाडौंमा बसेर भाषण गर्दैमा प्रदेशको अवस्थामा सुधार हुन नसक्ने टिप्पणी गर्नुभएको छ । आज श्रम पत्रकारहरुसँग अनलाइन भेटघाट गर्दै मुख्यमन्त्री राउतले संघीय सरकारले निश्चित योजना नबनाई भाषण मात्रै गरेर कोरोना रोकथाम र नियन्त्रण हुन नसक्ने बताउनुभएको हो । प्रदेश–२ मा कोरोनाको संक्रमण फैलिइरहेको र यसको प्रमुख कारण सीमामा कडाइ नहुनु तथा क्वारेन्टिन राम्रो नहुनु रहेको भन्ने पत्रकारको प्रश्नमा उहाँले यस्तो जवाफ..
प्रधानमन्त्रीलाई मुख्यमन्त्री राउतको पत्रः विशेष आर्थिक प्याकेज चाहियो
१५ जेष्ठ, जनकपुर । प्रदेश–२ सरकारले विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग आग्रह गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै विशेष आर्थिक प्याकेज उपलब्ध गराउन आग्रह गर्नुभएको छ । भारत सहित तेस्रो मुलुलकमा वैदेशिक रोजगारीमा रहेका प्रदेशका करिब १० लाख युवा स्वदेश फिर्ता हुन सक्ने भन्दै उनले युवा रोजगार कार्यक्रम, कृषि केन्द्रित विशेष योजनाका लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराउन माग गरेका हुन् ।..
प्रदेश–२ का मुख्यमन्त्री राउतद्धारा प्रेस स्वतन्त्रता दिवसको शुभकामना
२१ वैशाख, जनकपुर । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना शन्देश दिनुभएको छ । उहाँले प्रेस स्वतन्त्रताको पक्षधर सञ्चारकर्मी र बुद्धिजीवीहरुमा शुभकामना शुभेच्छा व्यक्त गर्नुभएको हो । उहाँले यस दिवसले लोकतन्त्रको ‘माइल स्टोन’ मानिने प्रेस स्वतन्त्रतालाई दृढ सङ्कल्पित बनाउने विश्वास प्रकट गर्नुभएको छ । मुख्यमन्त्री राउतले सञ्चारकर्मीलाई लोकतन्त्र र जनताको पक्षमा निर्भिक, निष्पक्ष र भयरहित भएर कलम चलाउनसमेत आग्रह गर्नुभएको छ ।
वीरगन्जका थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५१ पुग्यो
१४ वैशाख, जनकपुरधाम । पर्साको वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गृह खबरलाई जानकारी दिनुभयो । अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । गत चैत्र ३० गते वीरगन्जको छपकैयास्थित मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएकोमा दुई जनाको..
प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतद्धारा रमजानको शुभकामना
१३ वैशाख, जनकपुर । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मालम्वीहरुको पवित्र पर्व रमजानको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राउतले सम्पुर्ण प्रदेशवासीहरुमा सुख, शान्ति, समृद्धि एंवम समृद्धीको शुभकामना व्यक्त गर्नुभएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज एक विज्ञप्ति जारी गर्दे शुभकामना सन्देश दिईएको हो । विज्ञप्तिमा भनिएको छः “यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता र सद्भाव कायम गर्ने..
काठमाण्डौँबाट उदयपुर जादैँ गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु
१३ वैशाख, बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका –३ स्थित पाटुमा बस पल्टिँदा सह–चालकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । लकडाउनले काठमाडौंमा अलपत्र परेकाहरुलाई लिएर उदयपुर जाँदैं गरेको बस आज बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर सोनुकुमार शाहले जानकारी दिनुभयो । बस पल्टिन लागेपछि ढोका खोलेर हामफाल्न खोज्दा बसको हुटले किचिएर सह–चालक बाबुराम विश्वकर्माको घटनास्थलमा मृत्यु भएको इन्स्पेक्टर शाहले बताउनुभयो । मृतक विश्वकर्माको..
लकडाउनकाे समयमा भारतबाट आएका वडाध्यक्षको आरडिटी परिक्षण पोजेटिभ देखियो
८ वैशाख, जनकपुरधाम । जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको छ । भारतबाट एक महिनापछि फर्केका वडा अध्यक्षको आरडीटी विधिबाट परिक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको हाे । उनी एक महिना भारत बसेर गत चैत २२ गते साँझ आएका थिए । कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरिएको अवस्थामा उनी लुकेर घर आएको स्थानीयले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित..
साथिकाे कुटपिटबाट एक युवककाे मृत्यु
८ बैशाख, राैतहट । रौतहटको कटहरिया नगरपालिका हनुमान टाेलमा गएराति एक युवकको साथीको कुटाइबाट मृत्यु भएको छ । कटहरिया नगरपालिका-१ हनुमान टोलका २५ वर्षका सञ्जीव यादवको निर्घात कुटपिटबाट मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आफ्नै घरमा रहेका सञ्जीवलाई उनकै टोलका राधे दासले गएराति १० बजे बोलाएर लगेका थिए । साथीसँग निस्किएका उनी केहीबेरपछि गम्भीर घाइते अवस्थामा फेला परेपछि तत्काल..
हावाहुरीका कारण हजार विघा भन्दा बढी क्षेत्रमा लागाईएको वालीमा क्षती, घरको छानो उडायो
६ बैशाख, जनकपुरधाम । गएराति आएको हावाहुरीले प्रदेश नं.२ का आठवटै जिल्ला प्रभावित भएका छन् । हावाहुरीले गर्दा हजारौं बिघामा लगाइएको बालीमा क्षति पुगेको बताईएको छ । कतिपयका घर भत्किनुका साथै घरको छानो पनि उडाएको छ । हावाहुरीका कारण सबैभन्दा बढी कृषिमा क्षति भएको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिनुभएको छ । अहिले आठवटै जिल्लाबाट वालीमा भएको क्षतिबारे तथ्यांक संकलन गर्ने कार्य जारी रहेको..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७