मधेश प्रदेश
![उच्च मूल्यबाट घट्यो डलर, यस्तो छ बिदेशी मुद्राको भाउ l](https://i0.wp.com/grihakhabar.com/wp-content/uploads/2024/06/money-m.jpg?fit=1500%2C1000&ssl=1)
उच्च मूल्यबाट घट्यो डलर, यस्तो छ बिदेशी मुद्राको भाउ l
९ असार, । शुक्रबार हालसम्मकै उच्च मूल्य बनाएको अमेरिकी डलर घटेको छ । शुक्रबारको तुलनामा एक अमेरिकी डलरको मूल्य १९ पैसा घटेको हो । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९६ पैसा तोकेको छ । यसअघि शुक्रबार यो मूल्य हालसम्मकै उच्च १३४ रुपैयाँ १५ पैसा थियो । त्यस्तै खरिददर मूल्य १३३ रुपैयाँ ३६ पैसा तोकिएको छ । आइतबार कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ..
![अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालय थप तीन दिन बन्द](https://i0.wp.com/grihakhabar.com/wp-content/uploads/2024/06/school.jpeg?fit=800%2C419&ssl=1)
अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालय थप तीन दिन बन्द
३१ जेठ । अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम बढ्नसक्ने मौसम विभागको पूर्वानुमान तथा बालबालिकाको स्वास्थ्यलाई दृष्टिगत गरी तीन दिन गर्मी बिदा थप गरिएको बताए ।..
![मधेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने](https://i0.wp.com/grihakhabar.com/wp-content/uploads/2024/06/Madhesh-pradesh-sava.jpg?fit=1024%2C472&ssl=1)
मधेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने
२९ जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रमको लागि आज दिउँसो २ बजे मधेश प्रदेशसभा बैठक डाकिएको छ । बैठकमा मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । उनले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीती..
![मधेशमा मन्त्रिपरिषद् विस्तार](https://i0.wp.com/grihakhabar.com/wp-content/uploads/2024/06/tribhuvwan-shah-madesh.jpg?fit=1024%2C668&ssl=1)
मधेशमा मन्त्रिपरिषद् विस्तार
२७ जेठ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सिंहले आफ्नो पार्टी जनमतबाट त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । सत्ता भागबन्डाका क्रममा वन मन्त्रालय जनमतले पाउने सहमति भएको थियो । त्यसमा मुख्यमन्त्रीले आज साहलाई मन्त्री नियुक्त गरेका हुन् । साह सिरहाको क्षेत्र..
![मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह बन्दै](https://i0.wp.com/grihakhabar.com/wp-content/uploads/2024/06/satish-kumar-.jpg?fit=1000%2C562&ssl=1)
मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह बन्दै
२४ जेठ । मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीका सतिश कुमार सिंह बन्ने भएका छन् । जनमतले सिंहलाई मुख्यमन्त्रीमा सारेको हो । जनमत संसदी दलका नेता महेश प्रसाद यादव छन् । तर पार्टीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको सो पार्टीका एक सांसदले बताए । ती सांसदले भने, ‘मुख्यमन्त्री कसलाई बनाउने निर्णय गर्ने जिम्मा हामीले पार्टी अध्यक्ष डा. सिके राउतलाई दिएका थियौं । अध्यक्षजीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गर्नुभएको छ ।’ जसपा नेपालका..
![स्वास्थ्य अवस्थाका कारण मधेशका मुख्यमन्त्री यादवले २८ गते मात्र विश्वासको मत लिने](https://i0.wp.com/grihakhabar.com/wp-content/uploads/2024/06/Saroj_Kumar_Yadav_1-1.jpg?fit=1200%2C1283&ssl=1)
स्वास्थ्य अवस्थाका कारण मधेशका मुख्यमन्त्री यादवले २८ गते मात्र विश्वासको मत लिने
२३ जेठ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले २८ जेठमा मात्र विश्वासको मत लिने भएका छन् । बुधबार विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी गराएका छन् । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवका बुधबार संसदीय दलको बैठकले २८ जेठमा विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराइएको छ । ३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन..
![विश्वासको मत लिने तयारीमा मधेशका मुख्यमन्त्री यादव](https://i0.wp.com/grihakhabar.com/wp-content/uploads/2024/06/Saroj_Kumar_Yadav_1.jpg?fit=1200%2C1283&ssl=1)
विश्वासको मत लिने तयारीमा मधेशका मुख्यमन्त्री यादव
२३ जेठ, जनकपुरधाम । अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । आफूले विश्वासको मत लिने भनेर मुख्यमन्त्री यादवले मंगलबार मात्र प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए । उनले विश्वासको मत नपाउने निश्चित जस्तै छ । त्यसैले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषयमा आज दिउँसो..
![मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै](https://i0.wp.com/grihakhabar.com/wp-content/uploads/2024/06/madesh-pradesh-sarkar.jpg?fit=860%2C478&ssl=1)
मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै
२० जेठ । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलले आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादीलगायतका सात दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले जानकारी दिए । नेता यादवका अनुसार मुख्यमन्त्रीमा जनमत पार्टीका महेश यादवलाई मुख्यमन्त्री रूपमा अघि सार्ने तयारी छ । ‘हामी आजै प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठनका लागि ६३..
![श्रमाधान रोजगार मेलाको मन्त्री अर्यालले गरे उद्घाटन](https://i0.wp.com/grihakhabar.com/wp-content/uploads/2024/06/sharamadhan.webp?fit=1604%2C1028&ssl=1)
श्रमाधान रोजगार मेलाको मन्त्री अर्यालले गरे उद्घाटन
१९ जेठ । मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते दुई दिन चल्ने श्रमाधान रोजगार मेलाको उद्घाटन आज श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गरेका छन् । मेला उद्घाटन गर्दै मन्त्री अर्यालले धेरैभन्दा धेरै युवाहरूलाई आफ्ना उद्योगमा रोजगारी दिन उद्योगीहरू मधेस प्रदेशका उद्योगीहरूलाई आग्रह गरेका छन् । शनिबार मेला उद्घाटन गर्दै मन्त्री अर्यालले मधेसमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र मधेसबाट ठुलो सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य..
![माओवादी मधेसी राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्जमा मातृका यादव चयन](https://i0.wp.com/grihakhabar.com/wp-content/uploads/2024/05/matrika-yadav.webp?fit=1100%2C540&ssl=1)
माओवादी मधेसी राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्जमा मातृका यादव चयन
१४ जेठ । नेकपा माओवादी केन्द्रले मधेसी राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्जमा उपमहासचिव मातृका यादवलाई चयन गरेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले यादवलाई मोर्चाको फ्याक्सन इन्चार्जको जिम्मेवारी दिइएको भन्दै मातहतका कमिटीमा सर्कुलर पठाएका छन् । यस्तै ज्येष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य निमानन्द रिजाललाई लुम्बिनी प्रदेशबाट बागमती प्रदेशमा स्थानान्तरण गर्ने निर्णय भएको कार्यालयले जनाएको छ । यस्तै प्रवास समन्वय समितिको सिफारिस अनुसार गोरखाको पालुङ्गटार नगरपालिका वडा नं– २, का प्रवास..