वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलद्धारा दुःख व्यक्त

२८ भाद्र, रुपन्देही । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो पटक सिन्धुपाल्चोकमा गएको पहिरोको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

आज एक सन्देश जारी गर्दै उहाँले प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई फेरि पीडा दिएको जनाउँदै उद्धार र राहतमा जुट्न सम्पूर्णलाई अनुरोध गर्नुभएको छ ।

उहाँले सन्देशमा बाह्रबिसे–७, घुम्थाङ नागपुजेमा गए राति गएकोपहिरोमा परी तीन जनाको मृत्यु र २० जनाभन्दा बढी बेपत्ता भएकोे दुःखद खबरले स्तब्ध र दुःखित बनाएको उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले सन्देशमा भन्नुभएको छ–‘पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । विपत्को क्षणमा उद्धार र राहतमा खटिएका सम्पूर्णप्रति आभार व्यक्त गर्दै आफन्तसहित बाससमेत गुमाएका व्यक्तिहरुको पुनस्र्थापनामा प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराउन चाहान्छु ।’

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270