प्रदेश
मेरो र गगनको प्रस्ताव अस्वीकार गर्दा कोशीमा अहिलेको अवस्था आयोः विश्वप्रकाश शर्मा
२८ असोज, काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीको राजनीतिलाई स्थिर बनाउन एमालेसहितको समाधान खोजौं भन्ने आफू र गगन थापाको प्रस्ताव पार्टीले अस्वीकार गर्दा अहिलेको अवस्था आएको दाबी गरेका छन् । उनले आज साँझ सामाजिक सञ्जालमा आफ्नो वक्तव्य राख्दै गठबन्धन कायम राखेरै कोशीमा एमालेसहितको समाधान खोजौं भने पनि संस्थागत निर्णय आफूहरु मान्न बाध्य भएको बताएका छन् । अर्काे गठबन्धन बनाउने भए पनि संस्थागत निर्णय गरौं भन्ने आफूहरुको मत रहे..
कोशीमा तीन सदस्य मन्त्रिपरिषद गठनः इलामका सांसदद्वय राना र राई बने मन्त्री
२७ असोज, विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सँगै उनले सानो आकारको मन्त्रिपरिषद पनि बनाएका छन् । ं आफ्नो दल नेपाली कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन । नेपाली कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा..
कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताबाट उद्धव थापाले राजीनामा
२६ असोज, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताबाट उद्धव थापाले राजीनामा दिएका छन् । उनले आज पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएका हुन् । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा आफ्नै पार्टीका सांसद कदार कार्की शनिबार नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि थापाले नैतिकताको आधारमा राजीनामा दिन लागेका हुन् । केन्द्रले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर, केन्द्रको निर्णय कार्यान्वयन गर्न नसकेपछि थापाले नैतिकता आधारमा..
एमाले सुदूरपश्चिमको अधिवेशन पाँच दिन लगाएर सकियो, सर्वेसम्मत नेतृत्व चयन
२५ असोज, काठमाण्डौँ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा सहमतिबाट पदाधिकारी चयन गरेको छ । पाँच दिनसम्म अधिवेशन लम्ब्याएर एमालेले अछामका कृष्णप्रसाद जैसीलाई अध्यक्ष बनाएको छ । उनी अछामका पूर्वजिविस सभापति हुन् । अछामका कमल तिमिल्सिना, भरत साउद र कञ्चनपुरका बचनबहादुर सिंहले बुधबार उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत अध्यक्ष चुनिएका छन् । सहमतिका लागि बाधक नबन्ने भन्दै तीनै जना प्रत्याशीले उम्मेदवारी फिर्ता लिएका हुन् । उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही निर्विरोध भइसकेका..
ओलीलाई स्वागत गर्न कार्यकर्ताहरु विमानस्थल भित्रै छिरे
२४ असोज, जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न नेता–कार्यकर्ताहरु जनकपुर विमानस्थलको धावनमार्गसम्मै पुगेका छन् । नेकपा एमाले मधेश प्रदेशको अधिवेशनको उदघाटनका लागि जनकपुर आएका ओलीलाई स्वागत गर्न एमाले नेता–कार्यकर्ताहरु धावनमार्गमै पुगेका हुन् । सुरक्षा संवेदनशीलताका कारण यसरी विमानस्थलको धावनमार्गसम्म पुग्न पाइँदैन । तर एमाले कार्यकर्ताहरुलाई प्रहरी र विमानस्थलका कर्मचारीहरुले रोकेनन् । एमालेकै नेताहरूले पनि रोक्न चाहेनन् । ओली एती एयरलाइन्सको जहाज चढेर काठमाडौंबाट जनकपुर पुगेका थिए..
गुमनाम छन् धनकुुटाका ऐतिहासिक सम्पदा
२४ असोज, धनकुटा । राणाकालीन समयमा धनकुटा पूर्वी नेपालको प्रशासन सञ्चालनका लागि गौडाका रूपमा स्थापित केन्द्र थियो । धरानबाट नुन तथा मालासामान लिएर भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ आवतजावत गर्ने व्यापारी तथा भरियाको प्रमुख व्यापारिक केन्द्र यही थियो । उक्त समयमा यहाँ निर्मित, पटीपौवा, चौतारा, सडकलगायतका ऐतिहासिक संरचना अहिले संरक्षणविहीन बनेका छन् भने कतिपय नष्ट भएर गइसकेका छन् । सबैको बेवास्ताका कारण धनकुटा सदरमुकामस्थित धनकुटा नगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक महत्व बोकेका..
कोशी प्रदेश सरकार गठनका लागि गठन्धनका नेताहरु छलफलमा जुट्दैँ
२३ असोज, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशी प्रदेशको सरकार गठनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने भएका छन् । सभापति देउवाले आफूनिकट नेताहरुसँग कोशीमा आफू गठबन्धनबाट नै सरकार बनाउनुपर्ने पक्षमा रहेको अडान सुनाएका छन् । उनले आफुहरु गठबन्धनमा रहेकोले गठबन्धनको मर्म र भावनालाई आत्मसात गरेर जानुको विकल्प नभएको कुरा पार्टी पदाधिकारी बैठकमा समेत ब्रिफिङ गरेका छन् । प्रधानमन्त्री दाहालले कोशी प्रदेश सरकार गठनको लागि राप्रपाको साथ खोजेका..
संघियताको विरोध गर्ने राप्रपा कोशीमा मुख्यमन्त्री ताक्दै
२३ असोज, काठमाण्डौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित देखेपछि शनिबार पदबाट राजीनामा दिए । उनले राजीनामा दिएसँगै प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारमा दाबी गर्न दलहरुलाई शुक्रबार साँझ ५ बजेसम्म समय दिएका छन् । हिक्मत सरकार ढलेर नयाँ सरकरा बन्ने बाटो खुलेसँगै नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एसले दाबी गरेका छन् । भने उता..
आजबाट एमाले सुदूरपश्चिमको अधिवेशन शुरु, तीन जना अध्यक्षको दाबेदार
२१ असोज, धनगढी । आजबाट शुरु भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा तीन जनाले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका छन् । अहिलेका प्रदेश उपाध्यक्ष कमल तिमिल्सिना, सचिवालय सदस्यहरु कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहले अध्यक्ष पदमा दाबी गरेका हुन् । यी तीनै जनाले अधिवेशनका लागि धनगढी आइपुगेका प्रतिनिधिहरुसँग भेटघाट बढाएका छन् । तिम्सिनाले आफू अध्यक्ष पदको स्वभाविक उम्मेदवार भएको बताएका छन् । उनले आफ्नो नेतृत्वको प्रदेश कमिटीले आगामी चुनावमा एमालेलाई..
हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन दलका नेतालाई पत्राचार गरे
२० असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन सबै दलको नेता मार्फत सांसदहरूलाई अनुरोध गरेका छन् । कार्कीले आजै प्रदेशसभामार्फत विश्वासको मत लिने कार्यक्रम छ । नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्री म हिक्मतकुमार कार्कीले १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम १२८ को उपनियम (१) र (२)..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७