प्रदेश

हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन दलका नेतालाई पत्राचार गरे
२० असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन सबै दलको नेता मार्फत सांसदहरूलाई अनुरोध गरेका छन् । कार्कीले आजै प्रदेशसभामार्फत विश्वासको मत लिने कार्यक्रम छ । नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्री म हिक्मतकुमार कार्कीले १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम १२८ को उपनियम (१) र (२)..

सुवास नेम्वाङको निधनपछि एक्लिएका विनोद ढकाल
१७ असोज, विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘अहिलेको परिस्थितिमा सहमतिमा नेतृत्व चयन गर्नुस् । सहमति हुन सकेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् । गुटबन्दी गर्ने र प्यानल बनाउने छुट अहिलेलाई छैन ।’ अध्यक्ष ओलीले मात्रै होइन वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल र महासचिव शङ्कर पोख्रेलले समेत सहमतिमै नेतृत्व चुन्न जोड दिए । वरिष्ठ उपाध्यक्ष पोख्रेलले त अधिवेशनमा प्यानल बनाएर गए..

कोशी प्रदेश सरकारले ल्यायो बजेटसम्बन्धी अध्यादेश
२४ भदौ, विराटनगर । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः मुख्यमन्त्री नियुक्त भएपछि पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् । सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् । मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए । यसअघि कार्की..

कांग्रेस सांसदको हिंस्रक अभिव्यक्तीः डिएसी र उनको परिवारलाई खोजेर मार्ने धम्की
२३ भाद्र, विराटनगर । सत्तारुढ नेपाली कांग्रेसका एकजना प्रदेश सांसदले नेपाल प्रहरीका डिएसपीको नामै तोकेर उनलाई र उनको परिवारलाई मार्ने धम्की दिएका छन् । प्रदेश १ का प्रदेश सभा सदस्य तथा कांग्रेस नेता खगेनसिंह हाङगामले शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा प्रहरी प्रशासनविरुद्ध घरेलु हतियारसहितको प्रदर्शन गर्दै खुला सभामा हिंसात्मक अभिव्यक्ति दिएका हुन् । त्यसक्रममा तरुण दलका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा समेत गरेका थिए । बिहीबार राति हाङगामलाई लक्षित गरेर प्रहरीले..

कोशी प्रदेश सरकार गठन विवादः सर्वोच्चको पूर्ण इजलासले विश्वासको मत लिएको भिडियो नै हेर्ने
१९ भाद्र, काठमाण्डौँ । कोशी प्रदेश सरकार गठनको वैधानिकताको मुद्दा हेरिरहेको सर्वाेच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने भएको छ । न्यायाधीश सपना मल्ल प्रधान, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबार रिट निवेदकहरुको तर्फबाट बहस भएको थियो । आज प्रतिवादीहरुको तर्फबाट बहस हुनेछ । त्यसक्रममा इजलासमै विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो हेर्ने व्यवस्था मिलाइएको छ ।..

एमाले लुम्बिनी प्रदेश अधिवेशनः नयाँ नेतृत्वका लागि सात सय मत खस्यो
१९ भाद्र, काठमाण्डौँ । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान जारी छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) मा मतदान भइरहेको हो । बिहान पौने नौ बजेबाट सुरु भएको मतदान १२ः४५ बजेसम्म सात सय मत खसेको केन्द्रीय निर्वाचन आयुक्त भरत पोखरेलले जानकारी दिए । मतदान सकेपछि प्रक्रिया पुर्याएर आजैबाट मत गणना सुरु हुने बताईएको छ । प्रदेश अधिवेशनका लागि एक हजार चार जना मतदाता रहेका छन् । प्रदेश..

कोशी प्रदेशमा आजबाट बजेट होलिडे सुरु
११ भाद्र, विराटनगर । कोशी प्रदेशमा आजबाट बजेट होलिडे सुरु भएको छ । अध्यादेशमार्फत आएको बजेट प्रतिस्थापन नहुँदा कोशीमा आईतबार राति १२ बजेबाट बजेट होलिडे सुरु भएको हो । नेकपा (एमाले) नेतृत्वको सरकारले गत असार १४ गते अध्यादेशमार्फत ल्याएको बजेट प्रदेश सभामा टेबुल गरेको थियो । प्रदेश सभामा प्रस्तुत भएको उक्त विधेयक ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर प्रतिस्थापन गर्नुपर्ने व्यवस्था बमोजिम उक्त अध्यादेशबाट ल्याइएको बजेटको कानुनी र संवैधानिक हैसियत आईतबार..

कोशी प्रदेशसभाः मध्यावधी निर्वाचनको भयमा सांसद
१ भाद्र, विराटनगर । कोशी प्रदेशसभाको शुक्रबारको बैठक डेढ महिनापछि बसेको थियो । बैठकमा सांसदहरुले शून्य समय लिएर जनताका आवाज बोल्ने प्रयास गरे । दलहरुले विशेष समय लिएर संसद्को आयु घट्न सक्ने संकेत गरे । अर्थात उनीहरुले प्रदेशसभा विघटनको संकेत गरे । नेकपा एमालेका कोशी प्रदेशसभा सदस्य राम राना मगरले त प्रदेशसभाको आयु ५/७ महिनामात्रै हुनसक्ने बताए । उनले प्रदेशसभा छिटै विघटन हुनसक्ने संकेत गरेका थिए । ‘हाम्रो आयु लामो..

कोशी प्रदेश नयाँ सरकार गठनका लागि सत्तागठबन्धनको बैठक बस्दै
१८ असार, काठमाण्डौँ । सत्ता गठबन्धनको बैठक आज अपराह्न बस्दैछ । कांग्रेस स्रोतका अनुसार आज दिउँसो चार बजेका लागि बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफल एजेन्डा रहेको बताईएको छ । विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । संविधानको धारा १६८ को उपधारा (२)..

हिक्मत कार्की नेतृत्वको प्रदेश सरकार ढल्यो
१६ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पद मुक्त बनेका छन् । प्रदेशसभा बैठकमा उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मात्रै पुगेको छ । जसमा एमालेका ४० र राप्रपाका ६ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका छन् । ९३ जना सांसद रहेको प्रदेशसभामा बहुमत पुर्याउनका लागि ४७ सांसद आवश्यक पर्दथ्यो । मत विभाजनमा ८९ जना मात्र सांसद उपस्थित भए । मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा काँग्रेस, माओवादी केन्द्र..