कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेलाई बोलाइयो

कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेलाई बोलाइयो

२९ असोज, काठमाण्डौँ । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेलाई बोलाइएको छ । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिने प्रयोजनका लागि बैठक आव्हान गरिएको हो । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै कार्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको छ ।

सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरिएको बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर