९ मङसिर, इलाम । इलामको पर्यटकीय गाउँपालिका सन्दकपुर ४ को माबुमा स्वास्थ्य चौकीको आधुनिक भवन निर्माण शुरु भएको छ । स्वास्थ्य चौकीको प्रदेश प्रमुख परशुराम खापुङले सिलान्यस गरेका थिए । सन्दकपुर गाउँपालिका अध्यक्ष, तुलाराम गुरुङको अध्यक्षतामा भएको भवन सिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेली, वडा नम्बर ४ का अध्यक्ष ढाल बहादूर गुरुङ, वडानम्बर २ का अध्यक्ष सनम राइ, कार्यपालिका सदस्य नरमाया थेवे, छत्र दियाली लगायतको उपस्थिति रहेको थियो ।
रु १ करोड ४० लाखमा निर्माण हुने भवनको ठेक्का आर आर निर्माण सेवा ले पाएको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालय र सन्दकपुर गाउँपालिकाको संयुक्त लगानीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको हो । भवन २ वर्षमा निर्माण सम्पन्न हुनेछ ।
भवन सिलान्यास पछि बोल्दै प्रदेश प्रमुख परशुराम खापुङले स्वास्थ्य चौकी भवन निर्माणका लागि आवश्यक पर्ने बजेट समयममा भुक्तानीका लागि प्रदेश सरकारसँग समन्वय गर्ने बताए ।