प्रदेश

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो
१७ चैत, झापा । पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०÷०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब २८ करोड ८४ लाख १० हजारको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ । काँकरभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री वितरण हुँदै आएको छ । मेची भन्सार कार्यालयका..

कमलमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
१७ चैत, झापा । झापा जिल्लाको कमल गाउँपालिकामा शुक्रबार राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो । छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला राति ११ः५० बजे हात्तीले घर भत्काउँन थालेपछि भाग्ने क्रममा निजमाथि आक्रमण भएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको वडाध्यक्ष विष्टले बताउनुभयो । लिम्बू परिवार केही वर्षदेखि रतुवामाई..

आफूँ स्थानीय उम्मेदवार भएकोले आफूँले जित्ने मिलन लिम्बुको दाबी
१७ चैत, इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम क्षेत्र नम्बर २ मा उम्मेदवारी घोषणा गरेका मिलन लिम्बुले आफू स्थानीय उम्मेदवार रहेकोले निर्वाचित हुने दाबी गरेका छन् । शनिबार इलामको चोक बजार लाँकुरी चौतारामा रास्वपाले गरेको उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले इलामको माटोमा जन्मिएको बताउँदै इलामको माटोको टिका लगाएर संसद् भवन छिर्ने बताए । लिम्बुले आफू इलामको अकबरे, अदुवा र अग्र्यानिक अर्थाेडक्स चियाको उम्मेदवार रहेको उल्लेख गरे । उनले भने– ‘इलामको..

सुवास नेम्वाङको विरासत बोक्न इलाम आएका हौँः रवि
१७ चैत, इलाम । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वर्गीय नेता सुवास नेम्वाङको विरासत बोक्न इलामको माटोमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको बताएका छन् । शनिवार इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले मिलन लिम्बुलाई आफ्नो दलले उम्मेदवार बनाएको बताउँदै इलामले घण्टी बजाएरै छोड्ने दाबी गरे । उनले सुवास नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गर्दै उनको सम्मानका लागि इलाममा उम्मेदवारी उठाएको भन्दै नेम्वाङको विरासत रास्वपाले धान्ने उल्लेख गरे..

जङ्गली हात्तीको आक्रमणबाट शिवसताक्षीमा ६० बर्षीय पवित्रा भेटवालको निधन
१५ चैत, झापा । जङ्गली हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिका–११ निवासी ६० बर्षीय पवित्रा भेटवालको निधन भएको छ। हात्तीले कुल्चीएर लछारपछार पार्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । शिवसताक्षी–११ स्थित दुधेबाट उत्तर रतुवामाई बृक्षारोपण आयोजनाको बनमा श्रीमानसंग घाँस दाउरा गर्न गएकी भेटवाललाई करिब ५ः४५ बजे हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनका श्रीमान ६२ बर्षीय दिलिप भेटवाल घाइते भएका छन् । उनको मुख, हात र..

ईटहरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
१४ चैत, सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका १० स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे ३ बजे ईटहरीबाट विराटनगर तर्फ आउदै गरेको मे.१ ख २७३४ नम्बरको बस र बिपरित दिशातर्फ जादै गरेको को. २९ प ४७६७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालक ईटहरी– ५ का ३७ वर्षीय भोज कुमार श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको थियो..

बुद्धशान्तिबाट ब्राउन सुगरसहित २ जना पक्राउ
१४ चैत, झापा । झापाको बुद्धशान्ति गाउँपालिका–१ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले स्थानीय ३४ वर्षीय श्याम सुन्दर ठाकुर र ३२ वर्षीय अजय तिवारीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । लागुऔषधसहित पक्राउ परेका दुवै जनाको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको..

अदुवा खेतीले इलामका किसानको जीवनस्तरमा परिवर्तन ल्याउँदै
१४ चैत, फिक्कल । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो । किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण हुन थालेपछि उत्पादन र आम्दानीमा वृद्धि भएको किसानको भनाइ छ । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका रत्न लिम्बूले गत वर्ष अदुवा बेचेर रू १२ लाख आम्दानी गरे । अदुवा (बच्चा) प्रतिमन..

कुचोको मूल्य घटेपछि इलामका अम्रिसो किसान समस्यामा
१४ चैत, माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गरे। संयुक्त परिवारमा बस्दै आएका उनको १७ जनाको परिवारलाई घरखर्च चलाउन ठिकै भयो। उनले प्रतिकिलो रु एक सय ३० का दरले ३० क्विन्टल कुचो बेचेका थिए। यस वर्ष पनि पोहोर जस्तै कुचोबाट आम्दानी हुने आशाले सङबाङफेले खेतीयोग्य जमिन मासेर अम्रिसो लगाएका थिए तर कुचोको मूल्य घट्यो। ३० क्विन्टल कुचो बिक्री..

पुरानो रिसिबीका कारण बिर्तामोडमा मुर्मूमाथि छुरा प्रहार
१४ चैत, झापा । पुरानो रिसिबीका कारण बिर्तामोड १ का २३ वर्षीय सुनिराम मुर्मूमाथि छुरा प्रहार भएको छ । पुरानो रिसिबीका कारण दुई पक्षबीच झडप भएको र मुर्मूमाथि छुरा प्रहार भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताउनुभयो । बिर्तामोडस्थित पश्चिम बस स्टेन्डमा मंगलबार राति ८.२० बजे दुई समूहबीच झडप हुँदा छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट घाइते भएका मुर्मूलाई उपचारका लागि स्पाइनएक्स अस्पतालमा भर्ना गरिएको छ ।..