प्रदेश

इलामका किसान व्यावसायिक सुपारी खेतीमा रमाउँदै
१० चैत, फिक्कल (इलाम) । इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्”, उनले भने, “व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो ५० का दरले बिक्ने गरेको छ ।” घरआँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्ने..

एमाले झापाको ११औं जिल्ला अधिवेशन चैत १५ गते
१० चैत, बिर्तामोड । नेकपा (एमाले) झापाको ११औं जिल्ला अधिवेशन यही चैत १५ गतेदेखि हुने भएको छ । सो अधिवेशनको उद्घाटनका लागि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम रहेको छ । जिल्ला अधिवेशन सम्पन्न गर्नको लागि जिल्ला कमिटीको नवौं पूर्ण बैठकले गठन गरेका ११ वटा उपसमितिले आ–आफ्ना जिम्मेवारीहरु क्रमशः पूरा गर्दै गएको उपसमितिका संयोजकहरुले सचिवालय बैठकमा जानकारी गराएका छन् । बिर्तामोडको अग्रसेन भवनमा गरिने अधिवेशनका लागि..

भैंसीलाई पानी खुवाउने क्रममा पैनीमा डुबेर दमकमा एक जनाको मृत्यु
१० चैत, दमक । झापाको दमक नगरपालिका– २ स्थित पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय कमल धिमाल रहेका छन् । शुक्रबार दिउँसो ११ बजे धिमालले सोहि स्थानमा रहेको पैनीमा भैंसीलाई पानी खुवाउने क्रममा अचानक डुबी घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा धिमालको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको..

झिलझिलेमा भेट्रान कप फुटवल प्रतियोगिता हुने
१० चैत, झिलझिले । झापाको झिलझिलेमा प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता संचालन हुने भएको छ । स्वर्गिय नवीन राईको स्मृतिमा दोस्रो संस्करणको भेट्रान प्रतियोगिता हुने भएको हो । प्रतियोगिता यहि चैत १५ गतेदेखि २३ गतेसम्म झिलझिलेमा रहेको गणेशमानसिंह प्रतिष्ठान खेलमैदानमा हुँदैछ । प्रतियोगितामा झापा, मोरङ्ग र सुनसरीका १० वटा टिमको सहभागिता रहने आयोजकले आज प्रत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । प्रतियोगिताका लागि विदेशमा रहनुभएका खेलप्रेमी, पूर्वखेलाडी, समाजसेवी साथै..

झापाको कनकाईबाट लागुऔषधसहित एकजना पक्राउ
१० चैत, झापा । प्रहरीले झापाको कनकाईबाट प्रतिबन्धित लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । बिहिवार राति ८ः४५ बजेको समयमा कनकाई–४ पूर्वपश्चिम राजमार्ग कनकाई पुलछेउमा दमक १ बस्ने २७ वर्षीय छङ राईको साथबाट प्रहरीले विभिन्न लागुऔषधसहित पक्राउ गरेको हो । बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको मे.१० प ३२७६ नम्बरको मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुंगाको टोलीले शंका लागेर जाँच गर्ने क्रममा लागुऔषध फेला परेको थियो । उनले..

झापाको अर्जुनधारामा सुपारी चोर पक्राउ
९ चैत, झापा। झापाको अर्जुनधारामा सुपारी चोर्दै गरेको अवस्थामा बगानबाटै चोर पक्राउ परेका छन् । बिहिवार बेलुकी अन्दाजी ७ बजे अर्जुनधारा–५ फुलबारी टोलस्थित देवि गिरीको सुपाडी बगानबाट काचो सुपारी झारी बोरामा लगाएर लैजादै गरेको अवस्थामा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा अर्जुनधारा–७ बस्ने सुनिल राई र अर्जुनधारा–८ बस्ने ‘आलो’ भनिने सुरज मण्डल रहेको प्रहरीले बताएको छ। उनीहरुको साथबाट ५ वटा बोरामा भरेको १..

झापामा मिटर ब्याजसम्बन्धी कारबाही सुरु
९ चैत, बिर्तामोड । झापामा अनुचित लेनदेन अर्थात मिटरब्याज लिनेहरूमाथि कानुनी कारबाही सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकमा दर्ता भएका मिटर ब्याजसम्बन्धी निवेदन र जाहेरीउपर कारबाही सुरु गरिएको हो । अहिलेसम्म झापामा मिटर ब्याजसम्बन्धी ८२ वटा निवेदन र जाहेरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा ६८ वटा निवेदन, जिल्ला प्रहरी कार्यालयमा ६ वटा निवेदन र ६ वटै जाहेरी र इलाका..

अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने
८ चैत, झापा । अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन युरोपियन मुलुक माल्टामा हुने भएको छ । सम्मेलन अप्रिल २७ र २८ तारिख अर्थात आगामी वैशाख १५ र १६ गते हुने भएको हो । समाजको दोस्रो बैठकले तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नविन पोखरेलले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । विश्वभरि छरिएर रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको एक..

सँगै सुतेको साथीलाई खन्तीले हानेर हत्या
८ चैत, झापा । झापाको पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा)को हत्या गरिएको हो । सनमको हत्या उनकै साथी अन्दाजी ३० वर्षीय कमान सिंह राई (लोक) ले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना आज बिहिवार बिहान ५ बजेको हो । कमान र सनम साथी हुन् । कमान गएराति सनमको घरमा..

भिडियो हेर्ने विषयमा विवाद हुँदा घाँटी रेटेर साथीको हत्या
८ चैत, जनकपुरधाम । धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । जनकनन्दनी गाउँपालिका–२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको साथीले नै हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुईजना साथीले नदाफको घाँटी रेटेका थिए । गम्भीर..