‘इष्टर सण्डे’ को अवसरमा दमक नगर सरसफाई

‘इष्टर सण्डे’ को अवसरमा दमक नगर सरसफाई

१९ चैत, झापा । यशु ख्रीष्ट पुनरुत्थान दिवस (इष्टर सण्डे) को अवसर पारेर आज शोमबार झापाको दमकमा इसाई धर्मालम्वीहरुले दमक नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । दमक नगर इसाई समाजले आयोजना गरेको ख्रीष्ट पुनरुत्थान दिवसमा सोमबार विहान दमक बस पार्कसहित विभिन्न स्थानमा सरसफाई गरिएको छ ।

बसपार्कमा एक संक्षिप्त कार्यक्रमबीच दमक नगर सरसफाईको शुभारम्भ गरिएको थियो । दमक नगर इसाई समाजका अध्यक्ष पाष्टिर आकाश थुलुङ राईको अध्यक्षतामा र दमक–६ का वार्डध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यतामा सरसफाई कार्यक्रमको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा दमक नगर इसाई समाजका पूर्वअध्यक्ष समेत रहनुभएका अन्तर धार्मीका शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राईले येशु ख्रीष्टको जन्म, मृत्यू र पुनरुत्थानको विषयमा चर्चा गर्नुभएको थियो । पाष्टर नाछिरिङले यस पृथ्बीमा प्रभु येशु ख्रीष्ट उद्धारकर्ताको रुपमा पुनरुत्थान हुनुभएको भन्दै मानव जाती वा समुदायलाई पापबाट छुटकारा दिन होस या मुक्तिदिनका लागि पुनरुत्थान हुनुभएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा दमक ६ का वार्डध्यक्ष थापाले दमक नगरपालिकाको विकास र समृद्ध दमक नगर निर्माणको अभियानमा सामाजिक तथा धार्मीक संघसंस्थाको साथ र सहभागिता आवश्यक रहेको बताउनुभयो. । दमकको विकासमा दमक नगरपालिकाको एक्लो प्रयासले मात्रै सम्भव नरहेकोले सवै नागरिक, उद्यमी, व्यवसायी, बुद्धिजीबिहरु, सामाजिक संघसंस्था र राजनीतिक दलका प्रतिनिधिहरुले महत्वपूर्ण भूमिका खेल्न जुरुरी रहेको बताउनुभयो ।

त्यस्तैं, कार्यक्रममा दमक नगर इसाई समाजका अगुवा पाष्टर एनडी थुलुङ राई, पाष्टर दावा शेर्पा, पाष्टर सन्तोष रणपहेली, पाष्टर मु्िरक्त किराती थुलुङ, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य बिष्णु सुब्बा, प्रेष युनियन दमकका सभापति बिष्णु पौडेल, समाजवादी प्रेष संगठन झापाका उपाध्यक्ष गोविन ल्वागुन, पत्रकार डिकेन्द्र बस्नेत लगायत दमकको दर्जनौं चर्च र मण्डलीहरुका पाष्टरहरुको उपस्थिति थियो ।

बसपार्कबाट सुरु भएको सरसफाई गणतन्त्र र्चाैकमा आएर समापन भएको थियो । सो समापन कार्यक्रममा दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले पुनरुत्थान दिवसको अवसरमा इसाई धर्मालम्वीहरु तथा गै्ररइसाई धर्मालम्बीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो । वहाँले इसाईहरु धर्मको प्रचारप्रसारसंगैं दमक नगरको विकास र समृद्धि अभियानमा सहभागि भएर काम गरिरहने संस्था भएको बताउनुभयो ।

सरसफाई कार्यक्रमको संयोजक तथा दमक नगर इसाई समाजका पूर्वध्यक्ष पाष्टर दावा शेर्पाले सरसफाई कार्यमा धूलोमैलो भएर सक्रियताका साथ सहभागि इसाई दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद दिनुभयो ।

कार्यक्रमको सञ्चालन दमक नगर इसाई समाजका सचिव पाटर अजय पाठकले गर्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर