चर्च ब्वाइजलाई हराउँदै एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

२० चैत, विराटनगर। विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले शहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजलाई पराजित गर्दै आठौँ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ। विराटनगरको शहिद मैदानमा सोमबार सम्पन्न भएको तेस्रो क्वार्टरफाइनल खेलमा इटहरी गोल्डकपको विजेतासमेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एसपीएफ सेमिफाइनलमा पुगेको हो। जितसँगै एपीएफले बुधबार फाइनल प्रवेशको लागि सेमिफाइनलमा घरेलु टोली सांग्रीला मोरङ एफएसँग खेल्नेछ। एपीएपको जितमा प्रदीप लामा र अनीश महर्जनले गोल..

इलाम २ मा माओवादीबाट धीरेन्द्र शर्मा उम्मेदवार सिफारिस

१९ चैत । सत्तारुढ दल माओवादी केन्द्रले इलाम २ को उपनिर्वाचनमा केन्द्रीय सदस्यसमेत रहेका धीरेन्द्र शर्मा तिमिल्सिनालाई उम्मेदवार सिफारिस गरेको छ । इलाम माओवादी जिल्ला समितिले तिमिल्सिनाको नाम सिफारिस गरेको कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले जानकारी दिए । ‘उहाँ इलामका पुराना नेता तथा केन्द्रीय सदस्य हुनुहुन्छ। इलाम २ मा उहाँको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ’, उनले जानकारी दिए । इलाम २ मा एमालेले सुहाङ नेम्वाङ र रास्वपाले मिलन लिम्बुलाई..

रोङ प्रतिभाको खोजी गरिने

१९ चैत, इलाम । इलामको रोङ गाउँपालिकाले लुकेर रहेको प्रतिभाहरुको खोजी गर्ने भएको छ । गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका साहित्य, गायन, नृत्य, क्यारिकेचर जस्ता कला भएका तर बिभिन्न कारणले आफूसँग रहेका कलाहरुलाई बाहिर निकाल्न नसकेका प्रतिभाहरुको खोजी गर्न कार्यपालिकाको बैठकले रोङ प्रतिभाको खोजी निर्देशिका २०८० जारी गरेको छ । लुकेर रहेको कला बाहिर निकाल्ने प्रयास गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताए । ‘भनिन्छ आगोके सानो झिल्काले भयावह डढेलो..

वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्न सत्तारुढ दलहरुबीच सहमति

१९ चैत, काठमाडौं । सत्तारुढ दलहरुबीच वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । यससँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् । एकीकृत समाजवादी संसदीय दलको आइतबार बसेको बैठकले सरकारको नेतृत्वमा आलोपालो नभए विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री जम्मकट्टेल दबावमा परेका थिए । किनकी सोमबार १ बजे प्रदेशसभामा उनले विश्वासको मत लिने कार्यसूचि थियो । प्रदेश सरकार अठ्यारोमा परेपछि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुबीच..

बिर्तामोड नगरका २ हजार परिवारको निःशुल्क स्वास्थ्य वीमा

१९ चैत, झापा । झापाको बिर्तामोड नगरपालिकाले गरिव तथा विपन्न परिवारका लागि २ हजार परिवारको स्वास्थ्य वीमा गरेको छ । स्वास्थ्य वीमा कार्यक्रम मार्फत नगरपालिकाले दुई पटकमा २ हजार परिवारको बीमा गरेको वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले जानकारी दिनुभयो । पहिलो चरणमा हरेक वडाबाट १–१ सय परिवारको बीमा गरिएको थियो । दोस्रो चरणमा थप १–१ सय परिवारको बीमा गरिएको तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा १ हजार..

‘इष्टर सण्डे’ को अवसरमा दमक नगर सरसफाई

१९ चैत, झापा । यशु ख्रीष्ट पुनरुत्थान दिवस (इष्टर सण्डे) को अवसर पारेर आज शोमबार झापाको दमकमा इसाई धर्मालम्वीहरुले दमक नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । दमक नगर इसाई समाजले आयोजना गरेको ख्रीष्ट पुनरुत्थान दिवसमा सोमबार विहान दमक बस पार्कसहित विभिन्न स्थानमा सरसफाई गरिएको छ । बसपार्कमा एक संक्षिप्त कार्यक्रमबीच दमक नगर सरसफाईको शुभारम्भ गरिएको थियो । दमक नगर इसाई समाजका अध्यक्ष पाष्टिर आकाश थुलुङ राईको अध्यक्षतामा र दमक–६..

१२ दिनअघि दुर्घटनामा परेका बुद्धशान्तिका न्यौपानेको उपचारका क्रममा मृत्यु

१९ चैत, झापा । १२ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापा बुद्धशान्ति ५ का ४३ वर्षीय गोविन्द न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ । गत चैत ६ गते राति १२ः३० बजेको समयमा बुद्धशान्ति ५ खारखोलास्थित मदन भण्डारी राजमार्गमा बुधवारेबाट खारखोलातर्फ जाँदै गर्दा प्र १–०१–०१६प ३५२१ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक न्यौपाने गंभीर घाइते भएका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो ।..

हाइड्रोजन उत्पादनको परीक्षणमा काठमाडौं विश्वविद्यालयले पायो सफलता

१८ चैत । काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादनको परीक्षणमा सफलता पाएको छ । करिब २ वर्ष अध्ययन र अनुसन्धान गरेर विश्वविद्यालयले आज हाइड्रोजन रिफिलिङ स्टेसनको परीक्षण गर्न सफल भएको हो । विश्वविद्यालयले नै नेपालमा पहिलो पटक ८ महिनाअघि हाइड्रोजन कार ल्याएको थियो । त्यही कारमा आज विश्वविद्यालयले हाइड्रोजन रिफिलिङ स्टेसनबाट कारमा हाइड्रोजन कारमा राखिएको हो । यो कारमा इन्धनको रुपमा डिजेल र पेट्रोल प्रयोग हुँदैन । सो कारमा..

मेचिनगरलाई बर्ड सेञ्चुरी घोषणा गर्न अभियन्ता खरेलको माग

१८ चैत, झापा । चरा तथा वन्यजन्तु संरक्षण अभियन्ता देवेन्द्र खरेलले मेचीनगरलाई चरा संरक्षण क्षेत्र (बर्ड सेञ्चुरी) घोषणा गर्नुपर्ने माग गर्नुभएको छ । नगरभित्र तीन सय ३७ प्रजातिका चरा पाइने र दुर्लभ मानिएका चरासमेत ठूलो सङ्ख्यामा यही क्षेत्रमा भएकाले ‘बर्ड सेञ्चुरी’ घोषणा गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । रिडर्स झापाले पर्यटन कार्यालय काँकरभिट्टाको सभाहलमा आज आयोजना गरेको ‘चरी चर्चा’ कार्यक्रममा बोल्दै उहाँले स्थानीय सामुदायिक वनद्वारा संरक्षित बाँसबारी र कालिका सिमसार..

एमाले झापाको अध्यक्षमा गिरी र उपाध्यक्ष ढुङगेल सर्वसम्मत

१८ चैत, बिर्तामोड । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्ष र उपाध्यक्ष पदमा सर्वसम्मत भएको छ । अध्यक्षमा प्रेम बहादुर गिरी र उपाध्यक्षमा शिव ढुङगेल सर्वसम्मत भएका हुन् । शनिवार भएको उम्मेदवारी दर्तामा अध्यक्ष र उपाध्यक्ष पदमा दुई जनाको मात्रै उम्मेदवारी परेको थियो । अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुङगेलको मात्र उम्मेदवारी परेपछि दुई पदमा सर्वसम्मत भएको हो । चैत १५ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा शुक्रवारबाट बन्दसत्र सुरु..