प्रदेश

बाह्रदशीमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
२२ चैत, झापा । झापाको बाह्रदशीमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका वडा नम्बर १ का देवनारायण राजवंशीको खुकुरी प्रहारबाट ३२ बर्षीया श्रीमती मोमसरी राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार बिहान साढे ६ बजे देवनारायणले श्रीमती मोमसरीको घाँटी र ढाडमा खुकुरी प्रहार गर्दा उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।..

माओवादीले इलाम–२ को उपनिर्वाचनमा सुहाङलाई सघाउने
२२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ। माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो । माओवादीबाट उम्मेदवार घोषणा गरेका शर्माले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिए । ‘दुई अध्यक्ष विच हिजो सहमति भएको रहेछ । केन्द्रबाट निर्देशन आएको छ । अब गठबन्धनका उम्मेदवार जिताउन लाग्छौं, माओवादीका केन्द्रीय..

राजीनामा दिन तयार कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा
२१ चैत, सुर्खेत । अन्ततः कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएका छन् । अहिले केहीबेरमा बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने उनको तयारी छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । तर माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शर्मा सरकार छाड्न तयार भएनन् । प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्र केन्द्रमा भएको सहमति कार्यान्वयन गर्ने माओवादी सांसदहरूको..

बिर्तामोडमा अटो पल्टिँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
२१ चैत, झापा । झापाको बिर्तामोड–३ बिर्ताबजारमा मंगलबार साँझ सवा सात बजे अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । बिर्तामोडबाट गरामनी जाँदै गरेको प्र १–०१–००२ ह ६२१ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ताप्लेजुङ जिल्लाको पाथीभरा याङवरक–२ बस्ने ३१ बर्षीय सामना लिम्बू र साबिकको डुम्रिसे–२ बस्ने ३६ बर्षीय भीमबहादुर तामाङ घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा तामाङलाई डाक्टरले..

झापामा एकैरात दुई सहकारी संस्थाहरुमा तोडफोड र चोरी
२१ चैत, झापा । झापाका सहकारी संस्थाहरुमा तोडफोड र चोरी हुनेक्रममा एकैरात गौरादहका दुईवटा सहकारीमा चोरी भएको छ । मंगलबार राति गौरादह ५ स्कूलचौन बजारमा रहेको जनहित सहकारीमा कार्यालय फोडेर चोरी भएको हो । त्यस्तै गौरादह ५ चप्रामारीमा रहेको महारानी झोडा सहकारीमा पनि मंगलबार राति नै चोरी भएको जनाइएको छ । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली खटाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यसअघि गत चैत ५ गते..

बिर्तामोडका १ जनामा कालाजार रोगको संक्रमण
२१ चैत, झापा । झापा बिर्तामोडका १ जनामा कालाजार रोगको संक्रमण देखिएको छ । वडा नम्बर ५ का ५२ वर्षिय पुरुषमा कालाजारको संक्रमण देखिएको हो । संक्रमित फेला परेपछि स्वास्थ्य कार्यालय झापाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य संयमसेविका, सरोकारवाला लगायतलाई अभिमुखिकरण तथा सक्रिय खोजपडताल परिक्षण कार्यक्रम अघि बढाएको छ । बुधबार वडा नम्बर ५ को वडा कार्यालयमा वडाअध्यक्ष रोहित प्रसाईको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका कालाजार..

गण्डकी प्रदेशका मुख्यमन्त्रीेले दिए राजीनामा
२१ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्मा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन् । गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल..

अभियन्ता गिरीसहित पाँच जनालाई ‘विशे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान’
२० चैत, झापा । सामाजिक अभियान्ता महेन्द्रकुमार गिरीसहित पाँच जना श्रष्टा ‘विशे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान २०८०’ बाट सम्मानित हुने भएका छन् । सोमवार पत्रकार सम्मेलन गर्दै सम्मान कार्यक्रमबारे गोर्खा फाउण्डेशन तथा प्रथम बिशे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान २०८० ले जानकारी गराएको हो । फाउण्डेशनका अनुसार सम्मानित हुनेहरुमा वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, अभिनेता राजेश हमाल, प्रमुख जिल्ला अधिकारी सीता परियार, अन्टाक्र्टिका महादेश पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा र सहकारीसँगै..

एक वर्षभित्र लोक सेवा आयोगका ७ परीक्षा उत्तीर्ण गरेकी दमककी मोबिना खातुन
२० चैत, झापा । मेहनत गरे अवश्य सफलतामा हात पार्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् झापा दमककी मोबिना खातुन । लोक सेवा आयोगको परीक्षामा एक वर्षभित्रै ७ वटा परीक्षामा उत्तीर्ण गर्ने उनी हाल कृषि विकास बैङ्कमा कार्यरत छिन् । कृषि विकास बैङ्क राजविराजमा व्यवसाय अधिकृतको रुपमा कार्यरत मोबिनाले ०७८र७९ मा लोकसेवा आयोगमा ७ वटा परीक्षा दिएकी थिइन् । लोक सेवा परीक्षाका लागि तयारी गर्दा यति धेरै परीक्षामा नाम निस्केला भन्ने..

बिर्तामोडमा मनाइयो ‘विश्व अटिजम सचेतना दिवस’
२० चैत, झापा । अप्रिल २ अर्थात ‘विश्व अटिजम सचेतना दिवस’ झापाको बिर्तामोडमा भव्यताका साथ मनाइएको छ । न्याय र विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) को संयोजनमा सचेतना दिवस मनाइएको हो । अटिजम बारे सचेतना जगाउने र यसको बारेमा अधिकतम् मानिसहरुमा जानकारी दिने उद्धेश्यले र्यालीसहितको कार्यक्रम आयोजना गरिएको एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले जानकारी दिनुभयो । हनुमान कम्प्लेक्सबाट शुरु भएको र्याली वान स्टप मलबाट पूर्वमा पुरानो इलाका प्रहरी कार्यालयबाट पुनः..