प्रदेश

भारतकोे डिगलबैंक नाका जोड्ने सडक धमाधम कालोपत्र हुँदै
९ बैशाख, झापा । झापाको कनकाई नगरपालिकादेखि सीमावर्ती भारतको विहार राज्यको डिगलबैंक नाका जोड्ने सडकमा धमाधम कालोपत्रे भइरहेको छ । ‘अमरपथ सडक’ नामाकरण गरिएको उक्त सडकको १५ किलोमिटर कालोपत्रे निर्माण सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ । पूर्वपश्चिम राजमार्गको सुरुङ्गा चोकदेखि डिगलबैंकसम्मको २४ किलोमिटर सडकमध्ये अब नौ किलोमिटर कालोपत्रे हुन बाँकी रहेको कार्यालयका इन्जिनियर कुलानन्द चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार सो सडकको दुई खण्डमा निर्माण भइरहेको छ ।..

जसपाले दुई मन्त्रालय नपाएको भन्दै लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलायो
९ बैशाख । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ । जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले शनिबार नै राजीनामा बुझाएका हुन् । माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर पनि मन्त्री बनेका थिए । ६ वैशाखमा मन्त्रिपरिषद् विस्तार गर्दा अहिरले कृषिमन्त्रीको जिम्मेवारी पाए । तर जसपाले पदभार ग्रहण नगर्न निर्देशन..

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर आठ वर्षीय बालकको मृत्यु
९ बैशाख । तेह्रथुमको लालीगुराँस नगरपालिका–५, दागपास्थितमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय कालुबहादुर लिम्बूको आठ वर्षीय छोरा सुदिप छन् । शनिबार राति आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भइ करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

झापामा कारको ठक्करबाट ११ वर्षीय बालकको मृत्यु
९ बैशाख । झापाको बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शनिवार राति १०ः३० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.१००१–००२ च १९० नम्बरको कारले पैदलयात्री मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोकालाई ठक्कर दिएको थियो । टाउको र दुबै हात खुट्टामा चोट लागेर गंभीर घाईते भएका बालकलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु..

नेपाल बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ती १६ अर्ब २१ करोड
९ बैशाख, झापा । झापाको बिर्तामोड २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ती १६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । साकोसले चैत मसान्तसम्मको जारी गरेको बित्तिय विवरण अनुसार सहाराको कुल सम्पत्ती १६ अर्ब २१ करोड २५ लाख ८९ हजार ७७८ रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाले बाह्य ऋण शुन्य प्रतिशतमा झारेको छ । सहकारी विभागको जारी निर्देशन अनुसार साकोसले चैत मसान्तसम्मको जारी..

टंक राई स्मृति भेट्रान कपः इलाम, बिराटनगर र झिलझिले दोस्रो चरणमा
९ बैशाख, झापा । झापाको कमलमा जारी छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता २०८१ को शनिबारको दुई खेलबाट क्रमशः इलाम भेट्रान र युनाइटेड भेट्रान बिराटनगर विजयी हुँदै दोस्रो चरण प्रवेश गरेका छन् । धनकुटा भेट्रानले दोस्रो हाफको १९ औँ मिनेटमा हेड मार्फत गोल गर्दै अग्रता लिएको थियो । धनकुटाका लागि जर्सी नम्बर ११ का युवराज श्रेष्ठले दोस्रो हाफको २२ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका..

जीवन विकास स्वयमसेवक दिवसको अवसरमा पञ्चमी बजार सरसफाइ साथै डस्टबिन वितरण
८ बैशाख । जीवन विकास स्वयमसेवक दिवसको अवसरमा सरसफाइ गर्नुका साथै डस्टबिन वितरण गरिएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चिसोपानी पञ्चमी शाखाको आयोजनामा पञ्चमी बजार सरसफाइ गरी बजारलाई डस्टबिन वितरण गरेको हो । शाखा प्रमुख नगेन्द्र कार्कीका अनुसार लगभग ६० जनाको उपस्थितिमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी डस्बिन वितरण गरेर बजार सरसफाइ गरेको हो । उनले संस्थाका विभिन्न अवसरहरुमा समाजसँग नजिक हुने कार्यहरु गर्ने बताए। कार्यक्रमका प्रमुख..

कोशी प्रदेशका अस्पतालहरुमा रगतको अभाव
८ बैशाख । कोशी प्रदेशका अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई रगत अभाव भएको छ । तत्काल रगत चाहिने बिरामीले पाउन सकिरहेका छैनन् । केही समययता कोशी प्रदेशभरकै अस्पताल एवम ब्लड बैंकहरुमा रगतको अभाव छ । सबै समूहका रगतको मौज्दात सकिएको प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादवले बताए । उनका अनुसार रगतको अभाव हुँदा दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, गर्भवती, सुत्केरी, दीर्घ रोगी र नियमित..

काँकरभिट्टा–लौकही सडक खण्ड स्तरोन्नतिको काम सुरु
८ बैशाख, झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको यो सडक अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनेछ । काँकरभिट्टादेखि लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ किलोमिटरका लागि मात्र ठेक्का लागेर काम सुरु भएको छ । आयोजनाले यो सडकलाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेको छ ।..

झापाको कचनकवलमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु, तीन गंभीर घाइते
८ बैशाख, झापा । झापाको कचनकवल–६ बनियानीमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने तीनजना गंभीर घाइते भएका छन् । शुक्रवार राति ९ः५० बजेतिर बनियानीको पेट्रोल पम्पनजिक बनियानी केचना सडकखण्डमा केचनाबाट बनियानीतर्फ आउँदै गरेको मे ८ प ८१७ नं को मोटरसाइकल र बनियानीबाट केचनातर्फ जाँदै गरेको बीआर ३६ एक्स ३९४४ नं को मोटरसाइकल एकापसमा जुधेका थिए । दुर्घटनामा बीआर ३६ एक्स ३९४४ नं को मोटरसाइकलका चालक कचनकवल ४..