बुबाले देखाएको बाटाेबाट विचल्लित नहुने सुहाङको प्रतिवद्धता

१२ बैशाख । इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले गल्ति कमजोरीहरुलाई केलाउँदै इलामको विकासका लागि अगाडि बढ्नु पर्ने बताएका छन् । उनले वाम गठबन्धन सरकारले गर्न थालेका कामले पूर्णता दिलाउन सुवास नेम्वाङले देखाएको बाटोलाई समाएर इलामेली जनता अघि बढ्नु पर्ने बताए । इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले सुवासले देखाउनु भएको बाटोबाट आफू कतै विचलित नहुने बताए । उनले भने, ‘उहाँले देखाउनुभएको उज्यालोको..

भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार १७ वर्षपछि पक्राउ

१२ बैशाख । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । विसं २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० बर्षिय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो । प्रतिवादी तामाङविरुद्ध जिल्ला अदालत भोजपुरबाट २०८० भदौ महिनामा पक्राउ पुर्जी जारी भएको थियो । खोजी गर्ने क्रममा २०८१ वैशाख ११ गते पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदीपराज पाठकले जानकारी..

कर्णाली प्रदेशमा माओवादीका रणसिंह विनाविभागीय मन्त्रीमा नियुक्त

१२ वैशाख । कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले गठबन्धन घटक माओवादीका सांसद परियारलाई बुधबार दिउँसो विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री परियारले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोहीअनुसार मुख्यमन्त्री..

धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै अर्जुनधाराको जलेश्वरधाम

१२ बैशाख । पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । सरकारले उत्कृष्ट सयवटा पर्यटकीय गन्तव्यको सूचीमा अर्जुनधारा जलेश्वरधामलाई समावेश गरेपछि यसको धार्मिक तथा पर्यटकीय महत्व झनै चुलिएको छ । जलेश्वरधामका मूल गुरु अग्निप्रसाद सिग्देलका अनुसार यस धाममा दैनिक दुईदेखि तीन हजार भक्तजन आउने गरेका छन् । महाभारतकालीन इतिहास बोकेको जलेश्वरधामको आधुनिक संरचना विसं २०२३ बाट बनाउन सुरु..

शिवसताक्षी दुर्घटनाः मृत्यु भएकाहरुको खुल्यो पहिचान

१२ बैशाख, शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ स्थित झिलझिलेमा बुधबार बिहान सवारी दुर्घटना हुँदा मृत्यु भएकाहरुको पहिचान खुलेको छ । मृत्यु हुनेमा झापा कमल गाउँपालिका ४ बस्ने २० बर्षिय युनिस भण्डारी, सोही स्थानका १७ वर्षीय सरोज रेग्मी र मोटरसाइकल चालक २५ वर्षीय मौसम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबार बिहान ५ः३० बजे दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नं. को १५०..

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दमकबाट २ जना पक्राउ

१२ बैशाख, दमक । झापाको दमकबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ ६ बजेको समयमा दमक नगरपालिका वडा नं.–९ क्याम्पस मोडमा डेरा गरी बस्ने मोरङ उर्लाबारी–९ का २४ बर्षका सुजन दाहाल र दमक नगरपालिका वडा नम्वर ९ का २६ बर्षका भिष्म कडेललाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा बेच्नलाई प्याकेट बनाउदै गरेको अवस्थामा..

शिवसताक्षीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु

१२ बैशाख, शिवसताक्षी । बुधवार बिहान झापाको शिवसताक्षीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । बिहान ५ः३० बजेको समयमा शिवसताक्षी ८ झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे३प ५००१ नं को १५० सीसीको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको प्र १–०१–००१ च ९३२९ नं को बोलेरो एक आपसमा ठक्कर भई दुर्घटना भएको हो । मोटरसाइकलमा सवार तीन जनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको र एकजनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै..

इलाम २ उपनिर्वाचन- दमकमा विधार्थी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

११ बैशाख, दमक । अनोरास्ववियु इलाम दमक सम्पर्क मञ्चको आयोजनामा दमक स्थित दमक पाथीभरा होटलमा उपनिर्वाचन विशेष विधार्थी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इलाम घर भई हाल दमकमा रहेर अध्ययन अध्यापन गर्ने, रोजगार गर्ने साथै व्यवसाय गर्ने युवा विधार्थी साथै व्यावसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अनोरास्ववियु इलाम दमक सम्पर्क मञ्चको अध्यक्ष शुक्र फागोको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । त्यस्तै कार्यक्रमको प्रमुख अतिथी केन्द्रीय कमिटी..

घाँटीको सिक्री थुतेर भाग्दै गरेको अवस्थामा चोर पक्राउ

११ बैशाख, झापा । पैदल हिँडिरहेकी महिलाले घाँटीमा लगाएको सिक्री थुतेर भाग्ने एकजनालाई प्रहरीले झापाको चारआलीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१३ तेलीबारीका ३९ वर्षीय दिवस राजवंशी रहेका छन् । मेचीनगर–१२ निवासी रचना आङदम्बेले घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री थुतेर राजवंशी फरार भएका थिए । पीडितले लगत्तै प्रहरीमा उजुरी दिएकी थिइन् । खोजतलासका क्रममा राजवंशीलाई साइकलमा चढेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ..

भारतकोे डिगलबैंक नाका जोड्ने सडक धमाधम कालोपत्र हुँदै

९ बैशाख, झापा । झापाको कनकाई नगरपालिकादेखि सीमावर्ती भारतको विहार राज्यको डिगलबैंक नाका जोड्ने सडकमा धमाधम कालोपत्रे भइरहेको छ । ‘अमरपथ सडक’ नामाकरण गरिएको उक्त सडकको १५ किलोमिटर कालोपत्रे निर्माण सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ । पूर्वपश्चिम राजमार्गको सुरुङ्गा चोकदेखि डिगलबैंकसम्मको २४ किलोमिटर सडकमध्ये अब नौ किलोमिटर कालोपत्रे हुन बाँकी रहेको कार्यालयका इन्जिनियर कुलानन्द चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार सो सडकको दुई खण्डमा निर्माण भइरहेको छ ।..