शिवसताक्षी दुर्घटनाः मृत्यु भएकाहरुको खुल्यो पहिचान

शिवसताक्षी दुर्घटनाः मृत्यु भएकाहरुको खुल्यो पहिचान

१२ बैशाख, शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ स्थित झिलझिलेमा बुधबार बिहान सवारी दुर्घटना हुँदा मृत्यु भएकाहरुको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा झापा कमल गाउँपालिका ४ बस्ने २० बर्षिय युनिस भण्डारी, सोही स्थानका १७ वर्षीय सरोज रेग्मी र मोटरसाइकल चालक २५ वर्षीय मौसम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधबार बिहान ५ः३० बजे दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नं. को १५० सिसिको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको प्र १–०१–००१ च ९३२९ नं. को बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उनीहरूको बाटैमा मृत्यु भएको थियो ।

मोटरसाइकल, बोलेरो र बोलेरो चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बोलेरो चालक झापा मेचीनगर नगरपालिका–६ बस्ने ४५ बर्षिय ऋषिराज गिरी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर