प्रदेश
झापाको कचनकवलमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु, तीन गंभीर घाइते
८ बैशाख, झापा । झापाको कचनकवल–६ बनियानीमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने तीनजना गंभीर घाइते भएका छन् । शुक्रवार राति ९ः५० बजेतिर बनियानीको पेट्रोल पम्पनजिक बनियानी केचना सडकखण्डमा केचनाबाट बनियानीतर्फ आउँदै गरेको मे ८ प ८१७ नं को मोटरसाइकल र बनियानीबाट केचनातर्फ जाँदै गरेको बीआर ३६ एक्स ३९४४ नं को मोटरसाइकल एकापसमा जुधेका थिए । दुर्घटनामा बीआर ३६ एक्स ३९४४ नं को मोटरसाइकलका चालक कचनकवल ४..
झापाका सहकारीहरुमा चोरी गर्ने गिरोह पक्राउ
८ बैशाख । पछिल्लो समय झापाका सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । एक दर्जनभन्दा बढी सहकारी संस्थाको कार्यालयमा प्रवेश गरेर नगद तथा धनमाल लुट्ने समूहलाई शुक्रबार प्रहरीले इटहरीबाट पक्राउ गरेको हो । शुक्रबार ६ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । सहकारी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको सूचना सत्य भएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । झापासहित पूर्वका सहकारीहरुमा शृङ्खलाबद्ध चोरी..
गण्डकीमा हरि चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारकै जिम्मेवारी
८ बैशाख । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र शनिबार बिहान प्रदेश प्रमुखको निवासमा पुगेको छ । यी दुवै सांसदले गत २५ चैतमा सरकार बन्दा मन्त्रीको शपथ लिएका थिए । गण्डकी प्रदेश सरकारमा नौवटा मन्त्रालय..
निर्वाचन आयुक्तको टोलीद्वारा इलाम क्षेत्र नम्बर २ को अनुगमन
७ वैशाख । निर्वाचन आयुक्त रामप्रसाद भण्डारी समेतको उच्च पदस्थ अधिकारीहरूको टोलीले आसन्न प्रतिनिधिसभा सदस्य उप-निर्वाचन हुन लागेको इलाम क्षेत्र नम्बर २ को बिहीबार अनुगमन गरेको छ । उप-निर्वाचनलाई स्वच्छ, शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको ताजा अवस्थाका सम्बन्धमा जानकारी लिने क्रममा निर्वाचन आयुक्त भण्डारी, गृह सचिव एक नारायण अर्याल, रक्षा सचिव किरण राज शर्मा, प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान..
गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय
७ वैशाख । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतबाट मुद्दा किनारा नलाग्दासम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । कांग्रेस संसदीय दलले बैठक बहिष्कार गर्ने जानकारी सभामुखलाई गराएको छ । जसमा कांग्रेसले सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानूनको बेवास्ता गरिएको भन्दै असंवैधानिक क्रियाकलापहरुप्रति असहमति रहेको उल्लेख गरेको छ । सर्वोच्चले..
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी पेश
६ बैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् । एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले आज सम्मको लागी दलहरूलाई दाबी पेश गर्ने समय दिएका थिए ।
बिराटनगरमा १५ जोडीको सामूहिक विवाह सम्पन्न
६ बैशाख । बिराटनगरमा १५ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । महेश्वरी महिला मञ्चको आयोजनामा बिहिबार सामूहिक विवाह सम्पन्न भएको हो । समूहिक विवाह कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले मानव जीवन लिएपछि यो पुन्यको काम गरेको महसुस भएको बताइन् । उनले यस्तो पुन्यको काम गरे कुनै पनि बुवाआमालाई छोरी बोझ नहुने समेत बताइन् । यो कार्यक्रमले निरन्तरता पाउनुपर्ने अपेक्षा रहेको बताउदै उनले महानगर सँधै साथमा..
नेपाल शिक्षक महासंघ झापा अध्यक्षमा नेत्रप्रसाद खरेल निर्वाचित
६ वैशाख । नेपाल शिक्षक महासंघ झापा अध्यक्षमा नेत्रप्रसाद खरेल निर्वाचित भएका छन् । महासंघको दोस्रो जिल्ला अधिवेशनबाट नेपाल शिक्षक संघका पूर्व अध्यक्षसमेत रहेका खरेल अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले तोकेको प्रतिनिधि तथा जिल्ला निर्वाचन समितिका संयोजक निर्मला कोइरालाको संयोजकत्वमा निर्वाचन समिति गठन भएको थियो । सोही निर्वाचन समितिले महेन्द्ररत्न माध्यमिक विद्यालयमा बुधवार नयाँ समिति घोषणा गरेको हो । महासंघले निर्धारण गरेको आचारसंहिता र कार्यविधि अनुसार..
मधेशमा माओवादीबाट २ र एकीकृत समाजवादीबाट एकजना मन्त्री बन्दै
६ वैशाख । मधेश सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट एक गरी ३ मन्त्री नियुक्त गर्न लागेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले बताए । आजै सपथ ग्रहणको तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मन्त्री बनाउन लागिएको हो । ११ मन्त्रालय रहेको मधेश सरकारमा मुख्यमन्त्रीसहित जसपाको..
कोशीमा संकल्प प्रस्तावको पक्षमा मतदान गर्ने एमालेको निर्णय
६ वैशाख । प्रदेश सभामा संकल्प प्रस्तावको पक्षमा मतदान गर्न नेकपा एमाले कोशी प्रदेश संसदीय दलले निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले सबै सांसदलाई अनिवार्य उपस्थित भएर पक्षमा मतदान गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । नेकपा एमाले र माओवादी केन्द्रले आजको कोशी प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गर्ने भएका छन् । आज दर्ता भएको प्रस्तावमाथि भोलि, शुक्रबारदेखि छलफल सुरू हुनेछ । २७..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७