ओली भन्छन्- सुहाङ्ग विजयी हुने निश्चित छ

ओली भन्छन्- सुहाङ्ग विजयी हुने निश्चित छ

१२ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ मा एमालेले अगाडि सारेको, माओवादी केन्द्र नेकपा र परिवार दलको साझा उम्मेदवार सुहाङ्ग विजयी हुने निश्चित भएको बताए । उनले इलामेली जनताको आत्मविश्वासले सुहाङ्गले जित्ने पक्का भएको बताए।

४८ र ५१ सालमा एमालेले चुनाव लडेजस्तो समय नभएको उल्लेख गर्दै उनले भने, ‘कम्युनिस्टले चुनाव जित्यो भने ६० वर्ष माथिकालाई गोली हानेर मार्छन् भनेर प्रचार गर्थे तर एमालेले जितेपछि घरमा भत्ता लिएर पुग्न थाल्यो ।’

नेपाली काङ्ग्रेसका तर्फबाट इलामको उपनिर्वाचनमा उम्मेदवार बनेका डम्बर खड्काप्रति लक्षित उनले भने,‘ सबै तिरको बाटो बनेको छ । पैसा लिएर पनि बाटो बनाउन नसक्नेले इलाम बनाउन सक्दैन ।’

मदन भण्डारी राजमार्ग अन्तरगत दमक चुलाचुली खण्ड बनाउने बाटोको ठेकेदार खड्का हुन् ।

उनले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाप्रति इङ्गित गर्दै ५ –५ पटक प्रधानमन्त्री हुँदा पनि केही काम नगरेको आरोप लगाए । उनले भने, ‘मित्र के काम गर्नु भो ? भनेर संसद्मा सोधेको जवाफ छैन ।’

उनले आफू एक पटक प्रधानमन्त्री हुँदा ज्येष्ठ नागरिकको भत्ता बढाएको बताए । उनले बालिकाहरूलाई विद्यालयमा सेनेटरी प्याडको व्यवस्था आफ्नो सरकारले गरेको बताए ।

उनले भने स्कुलमा बच्चाका लागि खाजाको व्यवस्था कम्युनिस्टको सरकारले गरेको बताए । उनले सडकमा अलपत्र परेका मानिसहरूको व्यवस्था गर्ने काम कम्युनिस्टले गरेको भन्दै कम्युनिस्टको सरकार भए देशमा कोही पनि भोकै नपर्ने बताए । उनले कम्युनिस्टको सरकारले हुलाकी मार्ग बनाउन थालेका, मदन भण्डारी मार्ग बनाएको समेत दाबी गरे ।

उनले पहिचानका कुरा गरेर नेपाली समाजमा विभाजन ल्याउन थालेको बताए । उनले भने, ‘म जात जातीका कुरा गर्ने साथीहरूलाई भन्न चाहन्छु । एउटा जनजातिको छोरालाई कुन पार्टीले संविधान सभाको सभाध्यक्ष बनायो ? कुन पार्टीले जनजातिको छोरालाई कानुन मन्त्री बनायो ? दलितलाई राष्ट्रिय सभाको उपाध्यक्ष कसले बनायो ? पहिलो पटक महिलालाई रक्षा मन्त्री कसले बनायो ? थाहा हुनु पर्ने हो यो सब एमालेले बनाएको हो ।’

उनले अहिले दलित देखे दलितलाई भड्काउने, मधेश र पहाड भनेर झगडा लगाइदिने र राई र लिम्बुहरूकाबीचमा झगडा लगाउने काम अहिले भइरहेको बताए । उनले सबैको भाषा, संस्कार र संस्कृतीको रक्षा गर्न एमाले लागेको दाबी गरे । पहिलो कुरा राष्ट्रिय पहिचान बचाउनु पर्ने बताए । पहिचानको कुरा गरेर विद्वेष फैलाएर सही ठाउँमा पुग्न नसक्ने बताए । आफू र आफ्नो पार्टी पहिचान विरोधी नभएको बताए ।

उनले एमालेले जति दलितलाई माथि पुर्‍याउने, मुस्लिमलाई माथि पुर्‍याउने काम अरूले नगरेको बताए । उनले भने, ‘राष्ट्रिय एकता र विकासका लागि क्षमता र कर्मका आधारमा माथि पुग्नु पर्ने व्यवस्था कायम गर्न एमाले लागेको छ ।’

उनले अहिलेको प्रमुख समस्या गरिबी निवारणको भएका र गरिबी निवारणमा एमाले लागेको बताए । उनले साढे ८ लाख भुईँचालोले भत्काएका घर एमालेले बनाएको दाबी गरे । उनले ठेक्का लिएर बाटो बनाउन नसक्नले देश बनाउँछु भन्ने कुरा पत्यान नसक्ने बताए ।

उनले देश ओरालो लागेकाले नयाँ समीकरण बनाएको बताए । उनले सुदृढ राष्ट्रिय शक्ति निर्माणका लागि आजैबाट काम थाल्नु पर्ने बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270