प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दमकबाट २ जना पक्राउ

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दमकबाट २ जना पक्राउ


१२ बैशाख, दमक । झापाको दमकबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।

मंगलबार साँझ ६ बजेको समयमा दमक नगरपालिका वडा नं.–९ क्याम्पस मोडमा डेरा गरी बस्ने मोरङ उर्लाबारी–९ का २४ बर्षका सुजन दाहाल र दमक नगरपालिका वडा नम्वर ९ का २६ बर्षका भिष्म कडेललाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा बेच्नलाई प्याकेट बनाउदै गरेको अवस्थामा ८ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

उनीहरु दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया:

सम्बन्धित खवर