इलाम २ उपनिर्वाचन- दमकमा विधार्थी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

इलाम २ उपनिर्वाचन- दमकमा विधार्थी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

११ बैशाख, दमक । अनोरास्ववियु इलाम दमक सम्पर्क मञ्चको आयोजनामा दमक स्थित दमक पाथीभरा होटलमा उपनिर्वाचन विशेष विधार्थी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा इलाम घर भई हाल दमकमा रहेर अध्ययन अध्यापन गर्ने, रोजगार गर्ने साथै व्यवसाय गर्ने युवा विधार्थी साथै व्यावसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अनोरास्ववियु इलाम दमक सम्पर्क मञ्चको अध्यक्ष शुक्र फागोको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । त्यस्तै कार्यक्रमको प्रमुख अतिथी केन्द्रीय कमिटी सदस्य निशेष राई, विशेष अतिथी राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य युवन्तिका राई र प्रदेश कमिटी उपसचिव पारष राई लगायत जिल्ला सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथी लगयात विधार्थी साथै व्यावसायीहरुले आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा बोल्दै विधार्थीहरुले, सुहाङ नेम्बाङ्ग युवा नेता मात्र नभई भिजनरी नेता भएकाले उहाँलाई भोट दिने र आफ्नो घर परिवार लगायत समाजमा सुहाङलाई भोट दिनुपर्छ भनेर आग्रह गर्ने प्रतिवद्वता जनाए ।

कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय कमिटी सदस्य निशेष राईले बुबा स्व. सुवास नेम्बाङ्गको कारण मात्रै पार्टीले भोट दिएको भन्ने कुरामा कुनै पनि सत्यता नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, सुहाङ आफैँमा परिपक्व, शिक्षित, काम गर्ने हुडहुट्टी बोकेको सक्षम भिजनरी युवा नेता हो । त्यसैले बुबाका कारण भनेर व्याख्या गर्नुमा कुनै औचित्य नरहेको बताउनुभयो । एमालेले पहिचानको मुद्दा उठाउँदैन भन्ने कुरामा उहाँले इलाममा एमालेले जति पहिचानको मुद्वा अरु कुनै पार्टीले नउठाएको बताउनुभयोे । उहाँले भन्नुभयो, फाल्गुनन्दलाई राष्ट्रिय विभुती पनि सुवास नेम्बाङ्गकै अग्रसरतामा गरिएको हो ।

विशेष अतिथी राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य युवन्तिका राईले कतिपय पहिचानवादी साथीहरु उपनिर्वाचनमा एमालेले प्रदेश नामाकरणको विषय नउठाएको भन्दै भोट नदिने भन्दैछन् । उहाँले भन्नुभयो, प्रदेश नामाकरणको विषय प्रदेशले निर्णय गर्ने हो । त्यसैले यस विषयमा एमाले र सुहाङलाई गालत भन्न मिल्दैन ।

अनोरास्ववियु इलाम दमक सम्पर्क मञ्चको अध्यक्ष शुक्र फागोले अंक गणितिय आधारमा सुहाङको जित निश्चित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, इलाममा सुहाङले नै जित्ने हो, पछि जित्यो भनेर आश्चार्य मान्नु पर्दैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर