प्रचण्डलाई ओलीको जवाफः जनसमर्थन कस्तो हुन्छ बुटवलमा हेर्न आउनुस्

१ फाल्गुन, बुटवल । काठमाडौंमा भएको प्रचण्ड–माधव पक्षको विरोधसभामा प्रचण्डले ‘जनसहभागिता हेर्न यहाँ आउनुस् केपीजी’ भनि दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ फर्काउनुभएको छ । उहाँले प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा गरेको विरोधसभाका लागि देशभरबाट मान्छे ओसारेपनि जनसहभागिता नदेखिएको दावी गर्नुभयो । बुटवलमा आज नेकपा ओली समूहले गरेको जनसभाका क्रममा ओलीले देशभरबाट नभइ प्रदेशस्तरको सभामा नै हजारौंको सहभागिता रहेको बताउनुभयो । ‘अस्ति ३ दिनअघि मात्रै देशभरबाट मान्छे जम्मा गरेर अलीकति मान्छे..

दाङमा ट्रककको ठक्करबाट तीन जनाको घटनास्थलमै मृत्यु

२६ कार्तिक, दाङ । दाङमा ट्रककले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्युु भएको छ । गएराती दाङको देउखुरीस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–४ मौरीघाटमा ट्रकको ठक्करबाट उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहामगर, २ लालमटियाका १८ वर्षीय कसम पुनमगर र ८ पिपरीका १८ वर्षीय दिनेश घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिनुभयो । मंगलबार साँझ करिब साढे ७..

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

८ कार्तिक, रुपन्देही । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्ने तयारी शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक संञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ । तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन शुरु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसको अध्ययन थालेको छ । राप्ती गाउँपालिकामा रहेका पूर्वाधारको अध्ययनसहित..

पहिचान पक्षधर जसपाका सांसदद्धारा नै ‘थरुहट–अवध–मगरात’को विपक्षमा मतदान

२१ असोज, रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदहरुले नै प्रदेश–५ को नामाकरण गर्दा ‘थरुहट–अवध–मगरात’ नामको प्रस्ताव विरुद्ध मतदान गरेका छन् । हिजो (मंगलबार) प्रदेश–५ को नाम र राजधानीको विषयमा प्रदेशसभामा मतदान हुँदा जसपाका ६ सांसद मध्ये दुई जनाले थरुहट–अवध–मगरातको विपक्षमा मतदान गरेका हुन् । ८७ सांसद रहेको प्रदेशसभामा मंगलबार ८२ जना सहभागी थिए । कुर्सी टेबल तोडफोड गर्ने कांग्रेसका ५ जना सांसद कारबाहीमा परी अनुपस्थित थिए । प्रदेशको..

‘भर्जिन ल्याण्ड’मा राजधानी, दंगाली मख्ख ! (फोटो हेर्नुहोस्)

२१ असोज, दाङ । एउटै जिल्लामा दुई उपमहानगरपालिका भएको जिल्ला हो– दाङ । तत्कालीन राप्ती अञ्चलको केन्द्र तुलसीपुर र जिल्ला सदरमुकाम घोराहीमा बजार ठूला छन्, जनसंख्याको चाप छ अनि थुप्रै सरकारी कार्यालय छन्। यिनै संरचना र भौगोलिक हिसाबले प्रदेशको केन्द्र पर्ने पर्ने भएकाले आफ्नो जिल्ला राजधानी हुनु पर्ने दंगालीको सुरूदेखिकै माग थियो । २०७४ माघमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बुटवललाई प्रदेशको अस्थायी राजधानी तोकियो । दंगाली आन्दोलनमा उत्रिए..

प्रदेश–५ को राजधानी दाङको देउखुरी र नाम लुम्बिनी दुई तिहाइ बहुमतले पारित

२० असोज, रुपन्देही । प्रदेश–५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ । विशेषगरी प्रदेश–५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा आजको मतदानबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ भने प्रदेशको नाम पनि लुम्बिनी भएको छ । प्रदेशसभाको आजको बैठकमा भएको मतदानबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भयो । भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३..

प्रदेश–५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने प्रस्तावमाथि मतदान शुरु

२० असोज, रुपन्देही । प्रदेश–५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने सरकारको प्रस्तावसहित चार वटा प्रस्तावमाथि मतदान शुरु भएको छ । प्रदेशसभाको बैठकमा अहिले मतदान शुरु भएको हो । मतदानको सबै प्रक्रियाबारे जानकारी दिएपछि सभामुखले मतदान शुरु भएको घोषणा गरेका हुन् । नाम लुम्बिनी र राजधानी दाङ राख्ने सरकारको प्रस्तावमा दुई तिहाई मत प्राप्त हुने सम्भावना रहेको छ । ८७ सांसद संख्यामध्ये ६१ जना नेकपाका भएका र उक्त दलले..

प्रदेश–५ को राजधानी दाङ बनाउने विपक्षमा मतदान गर्न काँग्रेसको ह्विप

२० असोज, रुपन्देही । नेपाली काँग्रेसले प्रदेश–५ को स्थायी राजधानी दाङ बनाउने विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न काँग्रेस संसदीय दलले ह्विप लगाएको नेपाली काँग्रेसकी सचेतक निमला क्षेत्रीले बताउनुभयो । उहाँले सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय भएको तर नामका बारेमा भने काँग्रेसको असहमति नरहेको खुलाउनुभयो । काँग्रेसले निर्णय..

प्रदेश–५ राजधानी बिवादः प्रदेश सभामा कुर्सी तोडफोड, सभामुखमाथि माईक प्रहार

१९ असोज, रुपन्देही । प्रदेश–५ को प्रदेशसभा तनावका बीच नै प्रदेशको स्थायी राजधानीको टुंगो लगाउने देखिएको छ । आज (सोमबार)को प्रदेशसभा बैठकमा तोडफोड, नाराबाजी र आरोप प्रत्यारोपका बीच संसदीय कारबाही भइरहेको थियो । सामान्यतयाः विपक्षीले अवरोध गरेपछि बैठक स्थगित गर्ने र सहमतिको प्रयास गर्ने गरिन्छ । तर आजको प्रदेशसभाको दृश्य त्यस्तो रहेन ।सभामुखले बैठक चलाए भने विपक्षीले पनि आफ्नो मर्यादा भुल्दै कुर्सी नै तोडफोटमा उत्रिए । प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले..

प्रदेश–५ का मुख्यमन्त्री पोखरेलमाथि आक्रमण प्रयास, ९ जना पक्राउ

१९ असोज, रुपन्देही । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलमाथि भौतिक आक्रमणको प्रयास भएको छ । हिजो साझ उहाँ सवार गाडीमा आक्रमण भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर काठमाडौंबाट भैरहवा हुँदै बुटवल आउने क्रममा राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि आक्रमण प्रयास भएको हो । पोखरेल सवार गाडीमाथि ढुंगामुढा भएको छ । ढुंगा प्रहार गर्ने काँग्रेस कार्यकर्ता रहेको जनाइएको छ । ढुंगा प्रहार भएपछि प्रहरीले हवाई फायर गरेको..