लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै


२५ जेष्ठ, रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्दैछ । प्रदेश मन्त्रिपरिषदको हिजो (सोमबार) बसेको बैठकले नीति तथा कार्यक्रम पारित गर्दै प्रदेशसभामा सम्बोधनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

सरकारका प्रवक्ता वैजनाथ चौधरीले आज दिउँसो ४ बजे प्रदेश प्रमुख धर्मनाथ यादवलाई नीति तथा कार्यक्रम प्रस्तूतका लागि बैठकले सिफारिस गरेको बताउनुभयो । विपक्षी गठबन्धनहरुले भने सरकारको वैधानिकतामाथि प्रश्न उठिरहेका बेला विधि र प्रक्रियाबाट नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक फकरूद्धिन खाँनले वैशाख १९ गतेको सरकारको नियुक्ति र सपथ संविधानको एउटा धाराबाट गरिएकोमा जेष्ठ ३ गतेको सर्वाेच्च अदालतको अन्तरिम आदेशले सरकारको स्वरुप परिवर्तन गरिदिएको भन्दै सरकार कुन विधि र प्रक्रियाबाट गठन भएको हो प्रदेशसभालाई स्पष्ट पार्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर