लुम्बिनीका मुख्यमन्त्रीले दिए राजीनामा

२२ चैत, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरी गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एक महिना अघि केन्द्रमा फेरिएको सत्ता गठबन्धनसंगै नेकपा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएपछि चौधरी अल्पमतमा परेका थिए । यस बीचमा बहुमत जुटाउने प्रयास गर्दै उनले बिहीबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश..

लुम्बिनी प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री चौधरीले राजीनामा दिँदै

२२ चैत । लुम्बिनी प्रदेशसभा बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सम्बोधन गर्दैछन् । चौधरीले प्रदेशसभामा सम्बोधनसँगै राजीनामा दिने तयारी गरेका छन्।

लुम्बिनी प्रदेशको निजामती ऐनले समेट्यो यौनिक अल्पसंख्यक समुदायलाई

२१ माघ, काठमाडौं । लुम्बिनी प्रदेशले पहिलो पटक निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ । लुम्बिनी प्रदेश सभाले पारित गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन राजपत्रमा प्रकाशित भएको छ । ऐनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई एक प्रतिशत आरक्षण सुनिश्चित गरिएको छ । ऐनमा गरिएको पदपूर्ति सम्बन्धी विशेष व्यवस्था अनुसार प्रदेश निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगिताद्वारा..

संघीयता पछि नेपाली कांग्रेसको पहिलो प्रदेश सम्मेलन लुम्बिनीबाट शुरु हुँदै

१६ मंसिर, बुटवल । मुलुकको प्रादेशिक संरचनासहितको संघीयतामा गएपछि नेपाली कांग्रेसको पहिलो प्रदेश सम्मेलन लुम्बिनीबाट शुरु हुँदैछ । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आज बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरु हुन लागेको हो । दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा। शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, ७ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम छ..

एमाले लुम्बिनी प्रदेश अधिवेशनः नयाँ नेतृत्वका लागि सात सय मत खस्यो

१९ भाद्र, काठमाण्डौँ । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान जारी छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) मा मतदान भइरहेको हो । बिहान पौने नौ बजेबाट सुरु भएको मतदान १२ः४५ बजेसम्म सात सय मत खसेको केन्द्रीय निर्वाचन आयुक्त भरत पोखरेलले जानकारी दिए । मतदान सकेपछि प्रक्रिया पुर्याएर आजैबाट मत गणना सुरु हुने बताईएको छ । प्रदेश अधिवेशनका लागि एक हजार चार जना मतदाता रहेका छन् । प्रदेश..

लुम्बिनीको प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित

७ भाद्र, वुटवल । लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । आफूहरुले कारवाही गरेका सांसदय विमला वली र अजय शाहीलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो । सूर्य चिह्नबाट चुनाव लडेका सांसदद्वयलाई कारवाही गर्न एमालेले प्रदेशसभा सचिवालयलाई पत्र काटेको थियो । तर प्रदेशसभा सचिवालयले कारवाही गर्नु नपर्ने बताएपछि एमाले आक्रोशित भएको छ । लुम्बिनी एमालेले कारवाही गरेका सांसद..

लुम्बिनी प्रदेशः सभामुखलाई संसदबाटै ठेगान लगाउने एमालेको चेतावनी

६ भाद्र, वुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यद्वय विमला कुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले गरेको कारवाहीलाई प्रदेशसभाले मान्यता नदिएकोमा आक्रोशित भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आज पत्रकार सम्मेलनको अयोजना गर्नुहुँदै प्रदेशसभा सदस्यद्वय वली र शाहीले गत वैशाख १९ गते, जेष्ठ १९ गते र जेष्ठ ३० गते संसदीय दलको बैठकमा सहभागी भएको दाबी गर्नुभयो । एमाले संसदीय दलको सदस्यका हैसियतले..

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्धारा नयाँ सरकार गठनका लागि आह्वान

२७ श्रावण, वुटवल । लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखले साउन २८ गते बिहीबार दिउसो ३ बजेसम्मको समय तोक्नुभएको छ । यो समय जम्मा २४ घण्टाको समय हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा राजीनामा

२७ श्रावण, वुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिनुभएको छ । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उहाँले राजीनामा दिनुभएको हो । सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएको पुष्टि गर्नुभयो । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउनुभएको बताउनुभयो । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई..

नवलपरासीको बौदीखोलामा निर्माणाधिन पुल बगायो

३ असार, नवलपरासी । अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौदीखोलाको निर्माणाधिन पुल बगाएको छ । जिल्लाको बौदीकाली गाउँपालिकाको वडा नं. १ र २ जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको स्ल्याब र बिम बगाएको हो । बौदीकालीका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले गाउँपालिकालाई जिल्ला सदरमुकाम कावासोतीसँग जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको फलामे संरचनालाई बाढीले बगाएको जानकारी दिनुभयो । प्रदेश सरकारको तीन करोड ५० लाखको लागतमा निर्माण..