२९ कार्तिक, काठमाण्डौँ । गण्डकी सरकारका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त भएका छन् । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र कानूनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको हो ।
मुख्यमन्त्री र कानूनमन्त्रीलाई असहयोग गरेको र विरोधमा उत्रिएको जानकारीपछि उहाँलाई हटाइएको होः स्रोतले भन्यो । उनी सरकारका प्रवक्तासमेत थिए । प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन खड्काको भूमिका थियो । खड्काको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी आफैँले लिएर मुख्यमन्त्रीले जिम्मेवारी हेरफेर गरेका छन् ।
तर, अहिले चुनावको टिकट नपाएपछि उनी असन्तुष्ट थिए । कानूनमन्त्री थापा र खड्का एकै निर्वाचन क्षेत्र कास्की २ (२) बाट उम्मेदवार बन्न रेसमा थिए ।
यसअघि मुख्यमन्त्रीले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाएका थिए । गोरखामा नेकपा एमालेलाई सहयोग गरेको आचार्यमाथि आरोप लगाइएको थियो ।