उम्मेद्ववारको मृत्यु भएपछि मोरङ ३ (क)मा काँग्रेसका मानबहादुर लिम्बूले उम्मेदवारी दिए

उम्मेद्ववारको मृत्यु भएपछि मोरङ ३ (क)मा काँग्रेसका मानबहादुर लिम्बूले उम्मेदवारी दिए


२५ कार्तिक, मोरङ । मोरङ क्षेत्र नम्बर ३ (क) को प्रदेशसभाका लागि नेपाली काँग्रेसका तर्फबाट बेलबारी ८ निवासी मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका छन् । लिम्बू नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।

उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले काँग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि बिहीबार १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो ।

लिम्बूले बेलबारीस्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । लिम्बूले उम्मेदवारी दिएसँगै अब एमालेबाट उम्मेदवार बनेका पथरी नरपालिकाका पुर्वमेयर दिलीप राईसँग उनले प्रतिस्पर्धा गर्ने छन् ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर