बुटवलमा कांग्रेस तीन दशक पछि ‘कमब्याक’

८ जेष्ठ, बुटवल । रुपन्देहीको बुटवलमा नेपाली कांग्रेसले तीन दशक पछि ‘कमब्याक’ गरेको छ । यसअघि २०४९ सालमा सूर्यप्रसाद प्रधानको नेतृत्वमा कांग्रेसले मेयर र उपमेयरसहित १२ वटा वडा जितेको थियो । त्यतिबेला १५ वटा वडा रहेको बुटवलमा एमालेले भने जम्मा तीन वडा मात्रै जितेको थियो । २०५४ सालमा भएको नगरपालिकाको चुनावमा एमालेले कांग्रेसको सत्ता उल्ट्याइदियो। एमालेले नगर प्रमुखमा भोजप्रसाद श्रेष्ठ, उपप्रमुखमा विमलबहादुर शाक्य र १२ वटा वडा जितेको थियो ।..

काठमाडौं २७ मा केशव स्थापित बालेन साहभन्दा दोब्बर मतले अघि

७ जेष्ठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २७ मा नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन्द्र साहभन्दा दोब्बर मत पाउनु भएको छ । स्वतन्त्र उम्मेदवार साहसँग निकै पछि पर्नुभएका एमाले उम्मेदवार स्थापितले यस वडामा फराकिलो अग्रता लिनुभएको छ । ‘कोर एरिया’ भनेर चिनिनेमध्ये काठमाडौं २७ पनि एक वडा हो । सो वडामा अहिलेसम्म २ हजार ७ सय १७ मत गणना गर्दा स्थापितले ८ सय ४ मत पाउनु..

सूर्याेदयमा गठबन्धनका उम्मेद्ववार रणबहादुर राई र दुर्गा बराल विजयी

७ जेष्ठ, इलाम । इलामको सूर्याेदय नगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार रणबहादुर राई विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका काजीमान कागतेलाई हराउँदै राई मेयरमा निर्वाचित भएका हुन् । सत्ता गठबन्धनबाट उम्मेद्धवार बनेका नेकपा एकीकृत समाजवादीका राईले १२ हजार ४३१ मत ल्याए भने कागतेले १० हजार ५७९ मत प्राप्त गरे । कागते प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरका लागि चुनावमा होमिएका थिए । राई यसअघि पनि सूर्याेदय नगरपालिकाको मेयरमा निर्वाचित भएका..

दमकको प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेद्धवार विजयी

६ जेष्ठ, झापा । दमक नगरपालिकाको प्रमुख र उपप्रमुख पद सत्तारुढ गठबन्धनले जितेको छ । आज विहान घोषित अन्तिम परिणाम अनुसार नगरप्रमुखमा गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार भएका राप्रपाका राम थापा र उपप्रमुखमा नेपाली कांग्रेसकी रेगिना भटटराई प्रसाई निर्वाचित भएका छन् । नेपाली कांग्रेस, राप्रपा, माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितको गठबन्धनबाट उम्मेदवार हुनुभएका थापाले आफना प्रतिद्धन्दी नेकपा एमालेकी गीता अधिकारी र उपप्रमुखमा भटटराईले एमालेकै उम्मेदवार अम्बिका प्रसाद खनाललाई पराजित गरेका..

झापाको बिर्तामोडको मेयरमा एमालेकी महतारा र उपमेयरमा संग्रौला निर्वाचित

६ जेष्ठ, झापा । बिर्तामोडको मेयरमा महतारा र उपमेयरमा एमालेका नगेन्द्र संग्रौला निर्वाचित भएका हुन् । आज सम्पन्न मतगणनामा बिर्तामोडको मेयरमा निर्वाचित महताराले कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७ सय ५८ मतान्तरले पराजित गरिन् । प्रसाईले १६ हजार ५ सय २० मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७ सय ६२ मत मात्र पाए । उपमेयरमा निर्वाचित संग्रौलाले प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रप्रसाद (सीपी) कडरियालाई ७ हजार १ सय..

सुवास र झलनाथको क्षेत्रमा एमाले विभाजनको असर !

५ जेष्ठ, इलाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनले इलामका दुई ‘हेभिवेट’ नेता र उनीहरूको निर्वाचन क्षेत्रमा आ–आफ्नो दललाई प्रत्यक्ष असर र्पुयाएको देखिएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र पूर्वसभामुखसमेत रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले एक–अर्कामा आफ्नो ‘पकड’ गुमाएका छन्। एमाले एक हुँदा २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लाका १० पालिकामध्ये ७ वटाको प्रमुख र ९ को उपप्रमुख जितेको थियो। बाँकी ३ वटाको प्रमुख र..

चुलाचुली गाउँपालिका अध्यक्षमा काँग्रेसका केरुङ र उपाध्यक्षमा एमालेकी लावती विजयी

४ जेष्ठ, इलाम । इलामको चुलाचुली गाउँपालिकामा नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा राजेन्द्र केरुङ निर्वाचित भएका छन् । उनले ६ हजार ६५० मतले प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका ओम नारायण खनालले ३ हजार ७५५ मत मात्र प्राप्त गरे । २०७४ को निर्वाचनमा एमालेका प्रदिपचन्द्र राईसंग राजेन्द्र केरुङ ३४४ मतको अन्तरले पराजित भएका थिए । एमालेका तर्फबाट प्रदिपचन्द्र राई ३ हजार ४९३ मतले विजयी हुँदा केरुङले ३ हजार..

तीन दशक पछि इलाम नगरपालिकामा कंग्रेसका उम्मेदवार विजयी

४ जेष्ठ, इलाम । इलाम नगरपालिकामा कंग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा नेपाली कंग्रेसका केदार थापा विजयी भएका छन् । उनले १३ हजार १ सय ६५ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गरिन् । उनले १३ हजार ५ सय ४२ मत प्राप्त गरिन् । मेयरमा थापाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए । त्यस्तै, उपमेयरमा एमालेकै..

मोरङको लेटाङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको उम्मेदवार विजयी

४ जेष्ठ, मोरङ । मोरङको लेटाङ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेले जितेको छ । दुवै पदमा एमालेको उम्मेदवार विजयी भएका हुन् । कांग्रेस–माओवादी केन्द्र गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका भुपेन्द्रकुमार लावती मेयरमा निर्वाचित भएका हुन् । उपमेयरमा कृष्णकुमारी पोखरेल निर्वाचित भएकी छन् । लावतीले १० हजार २२७ मत प्राप्त गर्दा गठबन्धनतर्फका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत ल्याए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार कृष्णकुमार..

चुलाचुलीमा एमालेको शक्ति प्रर्दशन

२५ वैशाख, इलाम । स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले चुलाचुली गाउँपालिकामा शक्ति प्रर्दशन गरेको छ । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल चुलाचुली र अनेरास्ववियु चुलाचुलीको आयोजना तथा नेकपा एमाले चुलाचुलीको विशेष समन्वयमा आज भएको र्यालीमा करीव ३ हजार एमाले नेता कार्यकर्ताको सहभागीता रहेको थियो । चुलाचुली वडा नं. ६ कुईनेटारबाट सुरु भएको मोटरसाईकल र्याली वडा नं. १ स्थित माङ्तोक चौकमा कोणसभामा परिणत भएर सम्पन्न भएको थियो..