पहिचानको आन्दोलन दवाउन केन्द्र सरकार लागी परेको गृहमन्त्रीको आशय

२६ जेष्ठ, काठमाण्डौँ । पहिचानको आन्दोलन दवाउन केन्द्र सरकार पनि लागी परेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले आशय ब्यक्त गरेको छन् । केन्द्र सरकारले कोशी प्रदेशमा जारी पहिचानवादीहरुको आन्दोलनलाई नजिकबाट नियालिरहेको उनले बताएका छ । नेकपा एमालेले पहिचानको नाममा नेताहरुमाथि आक्रमण गर्नेसम्मका कार्य हुन थालेको भन्दै बिहीबार प्रतिनिधिसभामा सरकारसँग जवाफ मागेको थियो । त्यसक्रममा जवाफ दिँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजक गतिविधिलाई सरकारले छुट नदिने बताए..

नेपालले पनि सांस्कृतिक नक्सा जारी गर्नुपर्छः गगन थापा

२५ जेष्ठ, काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो सास्कृतिक नक्सा जारी गरी हक खोज्नुपर्ने बताएका छन् । बिराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि सांस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्ने बताएका हुन् । सो अवसरमा उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने स्पष्ट पारे । उनले कांग्रेस पार्टीभित्र परिवर्तनको चाहना अभिव्यक्त..

तराई केन्द्रित दलका सदावहार अध्यक्षः उपेन्द्र २६ वर्ष, महन्थ १६ वर्षदेखि

२५ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेमा ७० वर्षे उमेर हद हटाउने निर्णय भएसँगै सबै पार्टीमा उमेर हदको चर्चा सुरु भएको छ । तराई केन्द्रित दल जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा पनि उमेर हदको चर्चा सुरु भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव २६ वर्षदेखि पार्टीको (फोरम सामाजिक संस्थाको रुपमा गठन भएदेखि) अध्यक्षमा विराजमान छन् भने लोसपाका अध्यक्ष महन्थ ठाकुर १६ वर्षदेखि निरन्तर नेतृत्वमा छन् । यद्यपि..

एमालेभित्र पूर्व माओवादी कित्ता कमजोर बन्दै

२५ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेभित्र पूर्व माओवादी कित्ता कमजोर बन्दै गएको छ । एकपछि अर्काे गर्दै एमालेमा सहभागी भएका माओवादी धारका नेताहरू पाखा लाग्न थालेपछि उपस्थित कमजोर भएको हो । पार्टी सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले निलम्बन गरी सकेको छ । पार्टी स्थायी समिति सदस्य प्रभु साहले अलग भई आफ्नो नेतृत्वमा पार्टी गठन गरीसकेका छन् । अर्का स्थायी समिति सदस्य मणि थापा बिदा बस्ने भन्दै पत्र..

पर्यटनमन्त्री किराती हटाउने तयारीमा प्रधानमन्त्री दाहाल, जनमतलाई सरकारमा ल्याउने तयारी

२५ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । जनमत पार्टीलाई सरकारमा सहभागी गराउनेगरि दाहालले मन्त्रिपरिषद् हेरफेरको तयारी थालेका हुन । जनमत सरकारबाट बाहिरिएपनि अहिलेसम्म समर्थन कायमै राखेर बस्नुको कारण सरकारमा सहभागी हुन उपयुक्त समयको पखाईमा हो भन्ने स्वयम सो दलका नेताहरुले सार्वजनिक रुपमा बताउने गरेका छन् । जनमतले प्रधानमन्त्री दाहालले पुष ११ गते प्रधानमन्त्रीको रुपमा सपथ खाँदा अब्दुल खांनलाई मन्त्रीमा पठाएको थियो । तर, सहमतिबमोजिम..

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तका पक्षबाट आजदेखी बहस सुरु

२४ जेष्ठ, काठमाण्डौँ । आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट बहस सुरु हुनेछ । हिजो सरकारी वकिलको बहस सकिएपछि बुधवारबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन् । सो बहसका लागि पूर्व महान्यायाधिवक्ता देखी नेपाल बार एशोसिएशनका बहालवाला अध्यक्ष देखी पूर्व अध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन् । यसअघि नै निर्धारण भएको बहसको समय अनुसार सरकारी वकिलले तीन दिनको बहस सकिए पछि अभियुक्त पक्षका वकिलहरूले आजबाट बहस सुरु गर्न..

मुख्यमन्त्री कार्कीलाई राप्रपाको समर्थन यथावत रहने

२३ जेष्ठ, विराटनगर । कोशी प्रदेश सरकारमा रहेको राप्रपाले एमाले नेतृत्वको सरकारको विकल्पबारे अहिले नसोचेको बताएको छ । मुख्यमन्त्री हिक्मत कार्की, राप्रपा संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलासहितको छलफलमा कार्की नेतृत्वको सरकारको निरन्तरताको विकल्प नभएको निष्कर्ष निकालेको हो । बैठकमा राप्रपाका अरू प्रदेश सांसदसमेत सहभागी थिए । एमालेबाट प्रदेश मन्त्री, एमाले संसदीय दलका सचेतक र विराटनगरमा उपलब्ध केही प्रदेश सभा सदस्य सहभागी थिए । बैठकले बजेट..

नागरिकता विधेयक रद्द नगरेसम्म एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने

२१ जेष्ठ, काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी संशोधन विधेयक रद्द नगरेसम्म नेकपा एमालेले प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ । अघिल्लो संसद्ले पारित गरेर प्रमाणीकरण नभएको विधेयक अहिलेको राष्ट्रपतिले प्रमाणीकरण गर्नु गैरसंवैधानिक काम भएकोले सो प्रमाणीकरण गरेको विधेयक रद्द नगरेसम्म संसद् अवरुद्ध गर्ने एमालेको प्रस्ट धारणा रहेको एमाले सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयो । संसद् बैठक बस्नुअघि यसबारेमा एमालेको तर्फबाट सभामुख देवराज घिमिरेलाई यसबारे..

भारत भ्रमण विगतको भन्दा परिणामुखी भयोः प्रधानमन्त्री प्रचण्ड

२० जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण विगतको भन्दा फरक र परिणामुखी भएको बताउनुभएको छ । भारतको चार दिने भ्रमण पुरा गरी स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । ‘विगतका भ्रमणभन्दा फरक पाएको छु । सारभूत रुपमा परिणामुखी रहेको छ । र, भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत भएको छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले विगतमा भारतसँगको सम्बन्धमा विश्वासको..

प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किए

२० जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले विदाई गरेकी थिईन् । भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले द्विपक्षीय वार्ताका क्रममा राजनीतिक, आर्थिक, व्यापार, ऊर्जा, सुरक्षा तथा विकास सहकार्यलगायतका विषयवस्तुलाई समेट्दै भारत र नेपालबीचको द्विपक्षीय एजेन्डाका सम्पूर्ण पक्षको समीक्षा गरेका थिए । प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मू तथा उपराष्ट्रपति जगदीप धनकडसँग..