राजनीति

मानसिक रोगप्रति संवेदनशील नहुँदा विकराल समस्या आएको भन्दै सरोकारवालाको आपत्ती
१९ फागुन, काठमाडौं । पछिल्लो समयमा नेपाली समाजमा मानसिक रोगप्रति संवेदनशील नहुँदा यो विकराल समस्याका रुपमा देखिन थालेको सरोकारवालाहरुले बताएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा सिएमसी नेपालको समन्वय तथा सहकार्यमा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजनाको निर्माण प्रक्रिया र कार्यान्वयको अवस्था विषयक छलफलमा सहभागी सरोकारवालाहरुले मानिसक रोगले समाज भित्रभित्रै प्रभावित भएको बताएका हुन् । गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री..

देशको मुहार फेर्नैपर्छ, वृद्राश्रम र असफल राज्य बन्न दिनुहुँदैन्– गृहमन्त्री श्रेष्ठ
१९ फागुन, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बाँसबारी छाला जुत्ता कारखानाले हडपेको सरकारी जग्गा सरकारको नाममा आउनेमा शंका गर्नै नपर्ने बताएका छन् । शनिबार ललितपुरको पाटनमा आयोजित ‘गृहमन्त्री सँग संमृद्धि र सुशासनका कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा उनले सुशासन र संमृद्धिका लागि ब्युरोक्रेसिका उच्च तहका मान्छे र राजनीतिमा पहुँच राख्ने सम्पतिशाली मान्छेले जे पनि गर्न सक्छन् भन्ने कुरालाई आफूले खण्डित गरेरै छाड्ने बताए । बाँसबारी जुत्ता कारखानाले सरकारी..

सोमबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको जिज्ञासाको जवाफ दिने
१९ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विपक्षी दलका सांसदलगायत सांसदहरुले समसामयिक विषयमा उठाएका जिज्ञासाको आगामी सोमबारको बैठकमा जवाफ दिने भएका छन् । कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको जवाफ सदनमा दिन नसकेका भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद् सचिवालयलाई शुक्रबार एक पत्र पठाउँदै आगामी सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले जवाफ दिने बताएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयले सङ्घीय संसद्का महासचिवलाई पठाएको पत्रमा शुक्रबार सम्माननीय प्रधानमन्त्री पुष्पकमल..

राष्ट्रिय सभा अध्यक्षमा माओवादीले आफ्नै उम्मेदवार उठाउने
१७ फागुन, काठमाण्डौँ । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा सत्तारूढ दल नेकपा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि गठबन्धन अप्ठ्यारोमा परेको छ । बुधबार सम्पन्न माओवादीको स्थायी समिति बैठकले आगामी निर्वाचनमा अध्यक्षका लागि उम्मेदवारी दिने निर्णय गरेको हो । प्रवक्ता अग्निप्रसाद सापकोटाले एकल उम्मेदवार उठाउने विषय रणनीतिक नभई कार्यनीतिक विषय भएकाले गठबन्धनमा कुनै असर नपर्ने दाबी गरे । कार्यनीतिक विषय अन्तिम चरणमा उम्मेदवारी फिर्ता लिने हो वा अन्य दलसँग तालमेल..

सिंहदरबार विकास निर्माण, प्रशासन सबै काममा सेलाएको छ– प्रधानमन्त्री ‘प्रचण्ड’
१७ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा सेलाएको महसुस आफूले गरेको बताएका छन् । उनले राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिचकिचाउने प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको बताएका हुन् । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले नीति, कार्यक्रम र बजेटबिच तादात्म्य नमिल्दा परिणाम आउन नसकेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रालयहरु तथा अन्य निकायहरुले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन..

बागमती प्रदेशमा बजेटको विवाद समाधान गर्न विशेष समिति गठन हुने
१७ फागुन, मकवानपुर । बागमती प्रदेशमा बजेटको विषयमा देखिएको विवाद समाधान गर्नका लागि एउटा विशेष समिति गठन गर्न दलहरू सहमत भएका छन् । बिहीबार दलहरूबिच भएको छलफलमा यो सहमति भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मुख्य सचेतक मधुसूदन पौडेलका अनुसार विवाद समाधानका लागि सबै दलहरूको प्रतिनिधित्व हुने गरी आजै एउटा समिति गठन गर्ने सहमति भएको छ । समितिले यसबारे अध्ययन गरेर फागुन २९ गते संसद्मा प्रतिवेदन बुझाउनुपर्नेछ ।..

जसपाका असन्तुुष्ट नेताहरुलाई फकाउदैँ राजेन्द्र महतो
१६ फागुन, काठमाण्डौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल छाडेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु गरेका राजेन्द्र महतोले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपालका नेताहरू पनि सहभागी भएका छन् । आफ्नो छेउमा जसपाका नेताहरू राखेको तस्बिर उनले आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् । तस्बिरमा उनले जसपाका केन्द्रीय सदस्यहरू रामबच्चन यादव, ओमप्रकाश यादव र ओमप्रकाश यादव, रामनरेश राय यादवलाई आफ्नो साथमा राखेका छन् । जसपा..

राष्ट्रियसभाको अध्यक्ष पद नछाड्ने माओवादीको निर्णय
१६ फागुन, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष पद नछाड्ने निर्णय लिएपछि नेपाली कांग्रेस झस्किएको छ । अध्यक्षमा कांग्रेसका कृष्णप्रसाद सिटौलाको नाममा सहमति बनेको चर्चा छ । तर, अध्यक्ष छाड्न नहुने भन्दै बैठकमा नेताहरुले चर्काे दबाब बढाएपछि प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै सहमति नभएको प्रष्टीकरण दिए । बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रियसभाको अध्यक्षको अडान छाड्नुहुन्न भन्ने सबै नेताहरुले प्रचण्डलाई भनेको र नेताहरुको दबाबपछि उनले सहमति..

एमाले मिसन ८४ मा लागेको छ, सरकारको विषय प्राथमिकतामा छैन्–एमाले अध्यक्ष केपी शर्मा ओली
१६ फागुन, विराटनगर । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने बदल्ने खेलमा एमाले नरहेको बताएका छन् । उनले एमाले मिसन ८४ मा लागेको भन्दै सरकारको विषय प्राथमिकतामा नरहेको बताए । उनले अहिलेको गठबन्धन खरानीको डल्लो भएको बताए । उनले भने ‘खरानीको डल्लो सुक्यो भने पनि फुट्छ । भिज्यो भने पनि फुट्छ । यसको कुनै अर्थ छैन ।’ उनले कांग्रेस महासमिति बैठकबाट संविधान संशोधनको ब्याक फायर गरेको बताए..

गण्डकी प्रदेशकाे हिउँदे अधिवेशन आजदेखि
१६ फागुन । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ। गत असोज १२ गते अधिवेशन अन्त भएको थियो । करिब ६ महिनापछि मन्त्रीपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज २ बजेका लागि अधिवेशन डाक्न आह्वान गरेका हुन्। अधिवेशनको पहिलो दिन संसद्मा प्रतिनिधित्व गर्ने चार वटै दलका संसदीय दल नेताहरूले सम्बोधन गर्नेछन् भने २ वटा विधेयक संसदीय समितिबाट संशोधन सहित संसद्मा पेस हुनेछ। यस्तै, एउटा विधेयक सरकारले संसद्मा..