अभियोग लागिसकेपछि मन्त्रिपरिषद्मा बस्न पाइँदैन भन्नेहरू नै सरकारमा छन्– विश्वप्रकाश शर्मा

अभियोग लागिसकेपछि मन्त्रिपरिषद्मा बस्न पाइँदैन भन्नेहरू नै सरकारमा छन्– विश्वप्रकाश शर्मा


२६ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई अघिल्लो गृहमन्त्रीले निर्देशन दिएको सहकारी ठगीको छानबिन गर्ने निर्देशन कार्यान्वयन हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन्।

नेपाल शिक्षक संघको कार्यक्रममा बोल्दै अभियोग लागिसकेपछि कोही मान्छे मन्त्रिपरिषद्मा बस्न पाइँदैन भन्नेहरू नै सरकारमा गएको भन्दै आलोचना गरे।

उनले भने– प्रधानमन्त्रीको कदमले गलत प्रवृत्तिलाई प्रश्रय दिनुभएको छ । यो भन्दा अघि संसद्मा बालकुमारी घटनादेखि अख्तियारमा बयान दिएकाहरूले छाड्नुपर्छ भनेर भन्नुहुन्थ्यो । उहाँहरूको भनाइ अभियोग लागिसकेपछि कोही मान्छे मन्त्रिपरिषद्मा बस्न पाइँदैन भन्ने थियो । तर अहिले मन्त्रीपरिषद्मा केही अभियोग र आरोप लागेका, मुद्दा परेकाहरू हुनुहुन्छ कि हुनुहुन्न । अघिल्लो गृहमन्त्रीले सहकारीमा ठगी भयो, सूर्यदर्शनदेखि कुन कुन सहकारीमा अर्बाैँ ठगी भयो भनेर छानबिन गर्न अघिल्लो गृहमन्त्रीले निर्देशन दिनुभयो। त्यो निर्देशन कार्यान्वयन गराउने अवस्थामा वर्तमान गृहमन्त्री हुनुहुन्छ कि हुनुहुन्न ।

उनले अघिल्लो सरकार हुँदा संसद्मा विरोध गर्नेहरूसँगै भएर अहिले कस्तो खालको प्रवृत्ति विकास गर्नु खोजेको भन्दै प्रश्न गरे।

प्रतिक्रिया:

सम्बन्धित खवर