इलाम–२ मा कुन दलको शक्ति कती ? अघिल्लो निर्वाचनको परिणाम हेरौँ

१३ फागुन, इलाम । निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को लागि प्रतिनिधि सभा सदस्यको उप निर्वाचन वैशाख १५ गतेलाई तोकेपछि राजनीतिक दलको शक्ति परीक्षण हुने भएको छ । २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण रिक्त रहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनले दलहरूको पछिल्लो लोकप्रियता समेत मापन हुने भएकाले यो उप निर्वाचनको महत्व छ । इलामलाई पहिचानवादीहरूको केन्द्रको रूपमा लिने गरिन्छ । किराँत..

इलाम निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी माहौल तात्यो

१३ फागुन, विराटनगर । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा भित्रभित्रै चुनावी माहौल तातेको छ । जनताको स्तरमा निर्वाचन माहौल नआइसके पनि पार्टीहरूको आन्तरिक, भेला, बैठक र छलफलमा चुनावी माहौल देखिएको त्यहाँका नेताहरुले बताएका छन् । यसैबिच निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८१ साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आइतबार..

माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार पुनः बस्ने गरी सकियो

१३  फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार पुनः बस्ने गरी सकिएको छ । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूको कार्यविभाजन र चैत १ गतेबाट सुरु गर्ने अभियानबारे ओरेन्टेसन (अभिमुखीकरण) दिएका छन् । प्रदेश इन्चार्जसहितका नेताहरूको कार्यविभाजन गर्ने माओवादी तयारी छ । त्यस्तै आगामी चैत १ बाट जागरण अभियान सुरु गर्ने घोषणा गरेको छ । ‘प्रदेश इन्चार्ज लगायतका नेताहरूको कार्यविभाजन र चैत १ बाट हुने अभियानलाई..

समृद्ध राष्ट्र निर्माण अहिलेको प्रमुख आवश्यकता हो : कांग्रेस नेता कृष्ण प्रसाद सिटौला

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले, लोकतन्त्रिक समाजवादमा आधारित समृद्ध राष्ट्र निर्माण अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा बोल्दै नेता सिटौलाले, राज्यका सम्पुर्ण मेकानिजमहरुलाई जनताको हितमा संविधान बमोजिम प्रयोग गरेर समुन्नत राज्य निर्माण गर्न सकिने बताएका हुन् । उनले भने, ‘संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संविधानको संसदीय शासन प्रणालीमा संघीयता अन्तर्गत सरकार छ । लोकतान्त्रिक..

प्रतिनिधि सभा बैठकमा माधव र ज्ञानेन्द्रबीच जुहारी, ज्ञानेन्द्रद्वारा कवितामार्फत जवाफ

१३ फागुन, काठमाण्डौँ । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) बीच वादविवाद भएको छ । आइतबार माओवादी सांसद सापकोटाले संसदमा व्यवस्था विरोधी बहस हुन नसक्ने बताएपछि राप्रपाका सांसद शाहीले फरक विचारको सम्मान गर्न आग्रह गर्दै प्रतिवाद गरेका हुन् । सांसद सापकोटाले संविधानको प्रस्तवनामै सार्वभौमसत्ता सम्पन्न नेपाली जनता लेखिएको स्मरण गर्दै सामन्ती, निरंकुश र एकात्मक राज्य व्यवस्थाले..

ख्वप कलेजलाई विश्वविद्यालय बनाउन ‘रास्वपा’ सचेतक सन्तोष परियारको माग

१३ फागुन, भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भक्तपुरस्थित ख्वप कलेजलाई विश्वविद्यालय बनाउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले ख्वपलाई विश्वविद्यालय बनाउने गरी विधेयक ल्याउन सरकारसँग माग गरेका हुन् । भत्तपुर नगरपालिकाद्वारा सञ्चालित उक्त कलेजले देशभरका विद्यार्थीहरुलाई न्यून शुल्कमा अध्ययन गराइरहेको र विद्यार्थीको चापसमेत अत्यधिक रहेकाले त्यसलाई विश्वविद्यालयका रुपमा विकास गर्नुपर्ने सांसद परियारको भनाई छ । उनले भने, ‘सन् १९९९ देखि निरन्तर शिक्षा दिँदै..

इलाम र बझाङमा उप–निर्वाचन आगामी वैशाख १५ गते गर्ने निर्णय

१३ फागुन, काठमाण्डौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उप–निर्वाचन आगामी २०८१ वैशाख १५ गते गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले सरकारसँगको परामर्शमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम प्रतिनिधिसभा र प्रदेशसभा उप–निर्वाचन आगामी वैशाख १५ गते गर्ने निर्णय गरेको हो । इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधिसभा..

कृषि मन्त्री निन्द्रामा छन् उनलाई ब्युँझाउन किसानका पशु चौपाया सिंहदरबारमा हुल्नुपर्छ

१३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारका कृषि मन्त्री निन्द्रामा रहेको भन्दै उनलाई ब्युँझाउन किसानका पशु चौपाया सिंहदरबारमा हुल्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले कृषि मन्त्रीले किसानका लागि कुनै काम गर्न नसकेको बताए । उनले भने– ‘प्रणय बन्धनका प्रेमिलभन्दा पनि बढी यो गठबन्धन सरकारका कृषि मन्त्री बेदुराम भुसाललाई म प्रश्न गर्न चाहन्छु । तपाई कृषि मन्त्री भएपश्चात मनलाग्दी नियुक्ति..

प्रधानमन्त्री संसद्मा नआएको भन्दै एमाले आक्राशित

१३ फागुन, काठमाडौं । प्रतिपक्षी दलहरूले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री संसद्मा नआएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले आक्रोश व्यक्त गरेको छ । आइतबार बसेको प्रतिनिधि सभामा आकस्मिक समय मागेर बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले संसद्लाई जवाफ नदिई प्रधानमन्त्री संसद्लाई छलेर हिँडिरहेको बताए । उनले भने–‘हामीले संयमताका साथ जिम्मेवारी बोधका साथ संसद्मा हप्तौँ दिनदेखि उठाएको विषय सुन्न सरकार तयार छैन । आज प्रधानमन्त्रीज्यूले यति महत्त्वपूर्ण विषयमा संसद्मा आएर जवाफ..

रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने दिशामा डोनाल्ड ट्रम्पः साउथ क्यारोलिनामा महत्वपूर्ण जित

१३ फागुन, काठमाडौं । अमेरिकामा यस वर्षको अन्त्यमा हुन लागेको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने दिशामा डोनाल्ड ट्रम्पले साउथ क्यारोलिनामा महत्वपूर्ण जित हासिल गरेका छन् । पार्टीको प्राथमिक चुनावमा ट्रम्पले अन्तिम प्रतिस्पर्धी निक्की हेलीलाई पनि हराए । निक्की हेली साउथ क्यारोलिनाको गभर्नर भइसकेकी नेता हुन् । निक्कीले ट्रम्पलाई बधाई दिंदै चुनावी अभियान जारी राख्ने बताएकी छन् । यससँगै ट्रम्पले लगातार चौथो राज्यमा जित हासिल गरेको र रिपब्लिकन पार्टीको गढ..