राजनीति
नारायणकाजी श्रेष्ठलाई दोस्रो पटक परराष्ट्रमन्त्रीको जिम्मा
२३ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्रीमा दोहोरिने भएका छन् । पाँचौँ पटक मन्त्री बन्न लागेका श्रेष्ठले दोस्रो पटक परराष्ट्रमन्त्रीको जिम्मा पाउन लागेका हुन् । यसअघि उनी २०६८ सालमा पनि उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए । नारायणकाजी श्रेष्ठलाई फेरि परराष्ट्र मन्त्रालयको जिम्मा बुधबार माओवादी केन्द्रले श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मा दिने निर्णय गरेको हो । माओवादीले कांग्रेससँगको गठबन्धन तोड्नुअघिसम्म उनी उपप्रधान एवं गृहमन्त्री थिए ।..
रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्दै
२३ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । बुधबार पार्टीले मन्त्रीहरूको नाम टुंगो लगाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । बुधबार पार्टीले मन्त्रीहरूको नाम टुंगो लगाएको हो । त्यस्तै सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने पार्टीका एक नेताले बताए । रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल..
रास्वपालाई गृहसहित ४ मन्त्रालय दिने निर्णय
२३ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय पाउने भएको छ । बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित ४ मन्त्रालय दिने निर्णय भएको हो । बैठकमा उपस्थित रास्वपाका एक नेताका अनुसार बुधबार नै मन्त्रिपरिषद् विस्तारसमेत हुने संभावना छ । अन्य मन्त्रालयहरू कसले पाउने भन्ने सार्वजनिक गर्ने तयारी छ । रास्वपाले विगतको निरन्तरता, परिणाम निकाल्न सक्ने र समावेशी ढंगले मन्त्री चयन गर्ने प्राम्भिक मापदण्ड बनाएको छ ।
अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे सभापति देउवा
२३ फागुन,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा एकीकृत समाजवादी दोधारमा रहेका बेला सभापति अध्यक्ष नेपाल भेट्न नेपालकै निवासमा पुगेका हुन्। हाल गठबन्धनमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा गरी चार दल मात्र छन्। तर माधव नेपाललाई पनि यसमा सामेल गराउन प्रचण्ड र ओली यसअघि नै कोटेश्वर पुगेर छलफल गरिसकेका छन्।
सुदूरपश्चिममा २ मन्त्री र १ राज्यमन्त्री पदमुक्त
२३ फागुन । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको असर प्रदेशमा देखिन थालेको छ। केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको सत्ता समीकरण फेरिएर सोमबार माओवादी केन्द्र, नेकपा एमालेसहितको गठबन्धन बनेको छ। केन्द्रमा फेरिएको सत्ता समीकरणको असरले प्रदेशका मुख्यमन्त्रीहरूले मन्त्रीहरूलाई बर्खास्त गर्नेदेखि मन्त्रीहरूले आफैँ राजीनामा दिने क्रम देखिएको छ। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले उनीहरूलाई पदमुक्त गरेको..
कांग्रेसले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने
२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। साथै पार्टीले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय लिएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकले २०७९ मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा साझा ढङ्गले गरिएका वाचा र निर्वाचनमार्फत मतदाताले दिएको कार्यादेशप्रति..
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै
२३ फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने÷नहुने विषयलाई टुङ्गो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बुधबार बिहान ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विविध विषयमा छलफल हुने पार्टीको केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणको विकास भएपछि नेपका (माओवादी केन्द्र) र नेकपा (एमाले) ले एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ।..
एमाले प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल
२२ फागुन, काठमाडौं । नेकपा (एमाले)ले महेश बर्तौलालाई प्रमुख सचेतक बनाएको छ । सचेतक रहेका उनलाई प्रमुख सचेतकमा बढुवा गरिएको एमाले स्रोतले जानकारी गराएको छ । सचेतकमा सुनिता बराललाई चयन गरिएको छ । प्रमुख सचेतक यसअघि पदम गिरी थिए । उनी नयाँ गठबन्धन सरकारमा मन्त्री बनेपछि बर्तौलालाई प्रमुख सचेतक बनाइएको हो । उनको बढुवा भएपछि रिक्त स्थानमा बराललाई सचेतकमा नियुक्त गरिएको स्रोतले जानकारी गरायो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले छाडे मन्त्री निवास
२२ फागुन, काठमाडौं । अघिल्लो गठबन्धनबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहेका सुदन किराँतीले मन्त्री निवास छाडेका छन् । मंगलबार मन्त्री निवासबाट बिदा भएको तस्वीर पोष्ट गर्दै किराँतीले भनेका छन्, ‘पस्दा मलाई धेरै डर लागेको थियो, तर निस्कँदा खुसी छु ।’ उनले आफ्नी आमाको भनाइ उदृत गर्दै भनेका छन्, ‘जिम्मेवारी पाउनु गाह्रो कुरा हो, त्यो भन्दा गाह्रो त पूरा गर्नु हो ।’ ४१३ दिन मन्त्री पदमा बसेर देश..
चार मन्त्रालयमा रास्वपाको दाबी, गृह नछाड्ने
२२ फागुन, काठमाडौं । नयाँ सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित चार मन्त्रालय दाबी गरेको छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम चार मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिएका छन् । गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने उपसभापति वाग्लेले बताएका छन् । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने उनी बताउँछन् । एमालेको दाबी भए पनि गृह छाड्न नसक्ने बताउँदै उनले भने,..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७