उपनिर्वाचनको तयारीमा जुट्यो जिल्ला निर्वाचन कार्यालय इलाम

२४ फागुन, इलाम । जिल्ला निर्वाचन कार्यालय इलाम आगामी वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनको तयारीमा जुटेको छ । बुधबार जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार एवम् सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरी इलाम–२ को उपनिर्वाचनको तयारीमा जुटेको जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको कार्यक्रमका सरोकारवालाहरुले निष्पक्ष र धाँदलीरहित निर्वाचनमा प्रतिवद्धता जनाएका छन् । निर्वाचनको निश्पक्षतामाथि प्रश्न नउठ्ने गरी काम गर्न निर्वाचन कार्यालयलाई सरोकारवालाहरुले सुझाएका..

मन्त्रिपरिषद् पुनर्गठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु : प्रधानमन्त्री दाहाल

२४ फागुन,  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा यसअघि सांसदहरुले राख्नुभएको जिज्ञासाको सम्बोधन गर्दै उनले यही फागुन ६ देखि १८ गतेसम्मका बैठकमा विभिन्न विषयमा सरकारको धारणा माग गरिएकामा सरकारको समीकरणसँगै मन्त्रीको राजीनामाको विषय स्वतः सम्बोधन भएको बताएका हुन्। ‘सांसदहरूले उठाउनुभएका विषयको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु’, प्रधानमन्त्री दाहालले भने, ‘राजनीतिक समीकरणमा परिवर्तन र..

कांग्रेस अब रचनात्मक प्रतिपक्षमा रहन्छ- प्रमुख सचेतक लेखक

२४ फागुन,  काठमाडौं ।  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता समीकरण फेरिएसँगै आफ्नो पार्टी रचनात्मक प्रतिपक्षमा रहने बताउनुभएको छ। प्रतिनिधिसभाको आजको बैठकमा नेता लेखकले सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकका निर्णयबारे जानकारी गराउँदै आफ्नो पार्टीले तत्कालीन गठनबन्धनप्रति इमानदारिता र सदासयता देखाउँदादेखाउँदै अकारण नयाँ गठबन्धन बनाइएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए। यही फागुन २१ गते सत्तागठबन्धनमा फेरबदल आएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पुनर्गठित सरकार..

स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव पक्का

२४ फागुन,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन । तर अब पार्टी अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्ने जसपा सांसद प्रदीप यादवले जानकारी दिए । यसअघि नेकपा एमालेले स्वास्थ्य मन्त्री लिने तयारीसहित पदम गिरीलाई सरकारमा पठाएको थियो । गिरीले सुरुमा विनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए ।..

नेपालको निर्वाचन संस्कृति नै भ्रष्ट छः अधिवक्ता पोखरेल

२४ फागुन, दमक । अधिवक्ता सुरेशकुमार पोखरेलले निर्वाचनमा उम्मेद्वार बनेका व्यक्तिलाई कानूनले नै खर्च गर्न दिने व्यवस्था विरुद्ध सर्वाेच्च अदालत जाने बताएका छन् । बुधबार झापाको दमकस्थित पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले उम्मेद्वारले कानूनमै तोकिए अनुसार लाखौं रकम खर्च गर्न पाउने प्रावधान विरुद्ध आफू सर्वाेच्च जान लागेको बताएका हुन् । पोखरेलले भने –‘कानूनले नै निर्वाचन संस्कृतिलाई भ्रष्ट बनाएको छ । ती कानून खारेज र निस्कृय नपारेसम्म स्वच्छ निर्वाचन..

१९ जना नवनियुक्त मन्त्रीले लिए शपथ

२४ फागुन । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गरेको मन्त्रिपरिषदमा नेकपा एमालेका सचिव रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयतामा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन्। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो वरीयताका उपप्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो बरियताको उपप्रधान तथा गृहमन्त्री बनेका छन्। बुधबार १९ जना मन्त्रीले शपथ  राष्ट्रपति..

प्रतिनिधिसभा बैठक आज बस्दै

२४ फागुन । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ः१७ बजे संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापति किरण कुमार शाहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन

२४ फागुन । नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउने बताएका छन् । बुधबार गृह मन्त्रालयमा पदबहाली गरे संगै उनले व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने बताएका हुन् । उनले भने, “सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्नुस्, हडपिएका सरकारी जमिन सरकारको नाममा ल्याउनुस् ,“नागरिकलाई दुःख दिने खालका कुुरा आफूलाई सैह्य हुँदैन, बर्दी लगाएको प्रहरी देख्दा नागरिकलाई सुरक्षा..

एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र सरकारमा जानेबारे निर्णय गर्ने

२३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्ने भएको छ । त्यसका लागि अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई वार्ता गर्न जिम्मेवारी दिएको छ । सो पार्टीको आज बसेको सचिवालय बैठकले तीन नेतालाई बार्ता गर्ने जिम्मेवारी दिएको हो । जिम्मेवारी दिएलगत्तै नेताहरु प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटार हिँडेका छन् । एकीकृत समाजवादीले सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई सकारात्मक..

‘एमाले बाहेक अरु केही सोच्न सक्दिन्’- सुहाङ नेम्वाङ

२३ फागुन, इलाम । बुवा सुवास नेम्वाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैन। निर्वाचनको मिति घोषणालगत्तै ‘जनताका भावना बुझ्ने’ भन्दै अहिले उनी इलाममै छन्। एमालेले सुहाङलाई नै उम्मेदवार बनाउने चर्चा छ। तर, सुहाङलाई इलाम २ को उपनिर्वाचनको टिकट दिने चाहना एमालेले भन्दा अर्को पार्टीले बढी राखेको छ र त्यही अनुसार उनलाई आफ्नो पार्टीमा भित्र्याउन प्रयास पनि गरिरहेको छ। पुराना दलहरुलाई चुनौती दिने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि..