माओवादीेको कार्यविभाजनमा असहमति जनाउँदै उपमहासचिव जनार्दन शर्माले राखे फरक मत

१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा पेश भएको कार्यविभाजन लगायतमा असहमति जनाउँदै फरक मत राखेका छन् । विधान अधिवेशनमा आफूले पदाधिकारीको निर्वाचनबारे वकालत गरेकाले कार्य विभाजनमा नसमेटेको भन्दै शर्माले बैठकमा फरक मत राखेका हुन् । फागुनको पहिलो साता भएको विधानको ह्याङओभरलाई लिएर कार्यविभाजप्रति असन्तुष्टि जनाउँदै बैठकमा असहमति राखेको बताए । अधिवेशनमा अध्यक्षसहित सबै पदाधिकारी पनि निर्वाचित भएर आउनुपर्ने प्रस्ताव राखेका थिए । त्यस्तै..

गरिब विपन्नको खल्तीमा पैसा नहुँदा पनि उपचार गर्न पाउनुपर्छः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेत

१५ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिन सके मात्र सरकार सफल हुनसक्ने बताएका छन् । मन्त्रालयमास्वास्थ्य सेवा दिवस, २०८० को अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधानमा उल्लेख भएरअनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको सुनिश्चित हुनुपर्ने बताए । मन्त्री बस्नेतले गरिब तथा विपन्न वर्गले पैसाको अभावमा उपचार गर्नबाट वञ्चित हुन नपर्ने बताए । उनले भने,..

झलनाथ खनाल र चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता

१५ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ । राजदूत सोङ् खनाललाई भेट्न उनकै डल्लुस्थित निवास पुगेका थिए । दुईजनाको भेटमा समसामायिक परिस्थिति, आपसी हित तथा नेपाल–चीन सम्बन्धलगायतको विषयमा कुराकानी भएको बताइएको छ । भेटमा विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि सहभागी थिए ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल अवार्ड थाप्न लण्डन जाने

१५ फागुन, काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल अवार्ड थाप्न लण्डन जाने भएकी छन् । हिजो सोमबार बसेको संघीय मन्त्रिपरिषद् बैठकले मेयर दाहालको भ्रमण प्रस्ताव स्वीकृत गरेको हो । बेलायत सरकारले प्रदान गर्ने ‘इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गर्न उनी जान लागेकी हुन् । बेलायती तल्लो सदन ‘हाउस अफ कमन्स’ मा मार्च ७ मा आयोजना हुने अवार्ड समारोहमा मेयर दाहाल सहभागी हुने कार्यक्रम छ । सचिवालयका अनुसार मेयर दाहाल मार्च..

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोद्वरा पार्टी परित्यागको घोषणा

१४ फागुन, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै औपचारिक रूपमा पार्टी छाडेको घोषणा गरेका हुन् । उनले केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका थिए । अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्ट जनाउदै गत मंसिरमा भएको केन्द्रीय समितिको बैठक समेत उनले बहिस्कार गरेका थिए । उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणासमेत..

२०८१ र ८२ बजेटको सिद्धान्त तथा प्राथमिकता प्रतिनीधि सभामा पेश गरियो

१४ फागुन, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१ र ८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता प्रतिनीधि सभामा पेश गरेका छन् । बाह्य र आन्त्रिक अर्थतन्त्रको सूचकलाई एकैचोटी सुधार देखिने गरी आगामी बजेट ल्याइने मन्त्री महतले बताए । सार्वजनिक खर्चको प्रभावकारिता बृद्धि गर्न बजेट उन्मुख हुने, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र उर्जा कृषि, पर्यटन र सुचना प्रविधिका लागि आवश्यक सार्वजनिक स्रोत निर्माण गर्नेगरी आगामी बजेट ल्याइने..

अख्तियारले डामेका र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गर्दछु–सांसद गगन थापा

१४ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सत्तापक्ष र प्रतिपक्षबिच चलेको दोहोरीले संसद् राम्ररी चल्न नसकेको भन्दै अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गरेका छन् । सोमबारको दोस्रो बैठकमा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका थापाले यही पाराले संसद् चल्न नसक्ने बताए । ‘संसदमा दोहोरी चलिरहेको छ । यही पाराले न संसद् राम्ररी चल्ने भयो ? मूल विषय पनि छायामा पर्ने भयो’, थापाले..

मिटरब्याज पिडितहरुको समस्या सम्बोधन नगरे संसदको आगामी बैठक अवरुद्ध गर्ने राप्रपाको चेतावनी

१४ फागुन, काठमाडौँ । राप्रपाले मिटर ब्याज, लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई चेतावनी दिएको छ । नभए संसदको आगामी बैठक अवरुद्ध गर्ने राप्रपाको चेतावनी छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बालुकुमारी घटनामा दोषी ठहरिएका मन्त्रीको राजीनासँगै मिटरब्याज र लघुवित्त पीडित, दुग्ध उत्पादक किसानको भुक्तानीको मुद्दा संसदमा निरन्तर उठेको बताए । तर सरकारले सुनेर पनि नसुनेको, देखेर पनि..

विवादित मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ?–रवि लामिछाने

१४ फागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूहरुमाथिको आरोप निराधार हुन भने संसदमा आएर जवाफ दिनुपर्ने बताएका हुन् । उनले सभामुखले पटक–पटक रुलिङ गर्नुभएको भन्दै मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ? भनि प्रश्न समेत गरे । उनले सार्वभौम संसदलाई लडाई र..

मन्त्रीहरूको बर्खास्त माग गर्दै एमाले सांसदहरूद्वारा प्रतिनिधिसभा बैठक अवरोध

१४ फागुन, काठमाडौँ । नेकपा एमालेले विवादमा मुछिएका मन्त्रीहरूलाई बर्खास्तको माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरूले सरकारले सभामुखको रुलिङलाई समेत बेवास्ता गरेर विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे जवाफ पनि नदिएको र राजीनामा नआएको भन्दै एमाले सांसदहरूले बैठक अवरोध गरेका हुन् । त्यसपछि एमाले सांसदहरूले विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर भन्दै नाराबाजी गरेका थिए ।