राजनीति
लामिछानेप्रति इंगित गर्दै प्रधानमन्त्रीले भने ‘आफूतिर आए प्रण दिने, नआए भ्रष्टाचारी ’
३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति इंगित गर्दै अभिव्यक्ति दिएका छन् । बुधबार प्रतिनिभिसभा बैठकमा आफ्नो पक्षमा विश्वासको मत माग्दै उनले नेपाली कांग्रेस, जनमोर्चालगायत दललाई जवाफ दिए । उनले ‘आफूतिर आए प्रधानमन्त्री दिने, नआए भ्रष्टाचारी ?’ भनी प्रश्न गरे । “तीनैलाई प्रधानमन्त्री बनाउन हिँडेको देखिरहेका छौँ,” उनले भने, “आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी, कारबाही गर्नुपर्छ,..
गठबन्धन परिवर्तन भएको जस अरू देशलाई दिन जरुरी छैन्- केपी शर्मा ओली
३० फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन परिवर्तन भएको जस अरू देशलाई दिन जरुरी नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले चीनप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । “नेपाली कांग्रेसले राम्रो काम गरेको सबैले आफूले गरेको भन्छ, अरूलाई एक छेउ जस दिँदैन । देशभित्रको काम हामीले गरेको भन्दा जस दिँदा हुन्छ नि, हामी दुइ भाइलाई दिँदा हुन्छ नि ! को कहाँबाट कुन देश आयो भन्छ,” उनले..
परराष्ट्रमन्त्री श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीद्वारा बधाई
३० फागुन । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीले बधाई ज्ञापन गरेका छन्। भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशङ्कर र चिनियाँ विदेशमन्त्री वाङ यीले छुट्टाछुट्टै बधाई सन्देश पठाउँदै परराष्ट्रमन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। परराष्ट्रमन्त्री श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामनाका लागि उनीहरूप्रति आभार प्रकट गरेको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीयसचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष श्रेष्ठ यही फागुन २३ गते उपप्रधानमन्त्री एवं..
कांग्रेसले गृहमन्त्री लामिछानेको योग्यतामाथि प्रश्न उठायो
३० फागुन, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएको भन्दै प्रश्न उठाएको छ । प्रतिनिधि सभाको बैठकमा सचेतक सुशीला थिङले गृहमन्त्री लामिछानेको योग्यतामा प्रश्न उठाएकी हुन् ।
कार्यव्यवस्था समितिको बैठक जारी
३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि बस्न लागेको प्रतिनिधि सभाको बैठकका कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक जारी छ । कार्यव्यवस्था समितिको बैठकमा प्रतिनिधि सभाको आगामी १५ दिनको क्यालेन्डर तय गर्ने विषयमा पनि नेताहरुबीच छलफल चलिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग सत्ता साझेदारी गरेपछि कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री..
प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरूलाई ओलीको निर्देशन
२९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आलोचना नगर्न निर्देशन दिएका छन् । संसदीय दलको बैठकमा उनले कुनै कुरा प्याट्ट बोल्न नराम्रो हुने भएकाले त्यस्ता कुरा देखे आन्तरिक छलफलमा ल्याउन सकिने बताए । उनले भने, ‘म साथीहरुलाई भन्छु, सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै कुराको आलोचना गर्नुपर्यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । नबुझिकन कहिले कहिले देख्दा एउटा..
पहिलेको गठबन्धन ‘खरानीको डल्लो’ भएकाले फुटाइएको होः ओली
२९ फागुन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्तासमीकरण सरकारमा जाने हतारोले नबनेको बताएका छन् । उनले पहिलेको गठबन्धन ‘खरानीको डल्लो’ भएकाले फुटाइएको बताए । “गठबन्धनमा हुनेहरूको उन्माद थियो । यो खरानीको डल्लो अमर छ, तोडफोड नै हुन नसक्ने कुरा थियो । खरानीको डल्लो फुट्नुपथ्र्याे,” उनले भने । मंगलबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा ओलीले सरकार परिवर्तन आफूहरूले नै गराएको बताए । चीनले गराएको भनेर..
राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित
२९ फागुन, काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा माओवादीका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । आज भएको राष्ट्रियसभाको अध्यक्ष निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन्। दाहाललाई एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन थियो । उनी राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् । माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी दाहालले ३९ प्राप्त गरे । भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक गरी १७ मत..
माधव मिसिएपछि नयाँ गठबन्धनमा ७ बुँदे सहमति
२९ फागुन, काठमाडौं । सत्तारुढ पाँच दलबीच सात बुँदे सहमति भएको छ । आज (मंगलबार) बसेको सत्तारुढ गठबन्धन दलको बैठकमा उक्त सहमति भएको हो । अहिले (एमाले), नेकपा (माओवादी केन्द्र) , राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी छ । जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको..
प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाद्वारा ह्वीप जारी
२९ फागुन, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । आज (मंगलबार) बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको हो । सबै सांसदलाई अनिवार्य रुपमा उपस्थित हुन र प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाले भनेको छ । प्रधानमन्त्रीले भोलि (बुधबार) प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । प्रतिनिधि सभामा रास्वपाको..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७