राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने
२१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । सोमबार उनले मन्त्री पदको शपथ लिने रास्वपाका एक नेताले जानकारी दिए । नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए । गृह मन्त्री बन्न चाहेका उनलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय दिन चाहेनन् । त्यसैले उपसभापति अर्याल सरकारमा सहभागी भएका एक नेताले..

नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का
२१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का भएको छ । आज माओवादी केन्द्रबाट तामाङ मात्र मन्त्री बन्ने तयारी छ । माओवादी स्रोतले भन्यो, ‘आज हितबहादुर जीले शपथ ग्रहण गर्नुहुन्छ ।’

भत्त्कियो सत्ता गठबन्धन, एमालेसहितको नयाँ सरकार बन्दै
२१ फागुन, काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने निश्चित भएपछि नयाँ समीकरण निर्माणका लागि प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेता सहभागी छन् । बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहभागी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने..

प्रधानमन्त्री ‘प्रचण्ड’, ओली र लामिछानेबीच छलफल जारी
२१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेबीच छलफल जारी छ । अहिले बालुवाटरमा छलफल भइरहेको छ । छलफलमा एमालेका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, गृहमन्त्री एंव माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, माओवादीका उपमहासचिव वर्षमान पुन सहभागी छन् । वर्तमान सत्ता गठबन्धन परिवर्तन गरी एमाले, माओवादी, रास्वपा, जसपासहितको नयाँ गठबन्धन..

नयाँ सरकार बनाउने तयारीमा प्रधानमन्त्री
२१ फागुन, काठमाडौं । वर्तमान सत्ता समीकरणमा फेरवदल आउने निर्णय भएपछि नयाँ समीकरणसहितको सरकार बनाउने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । एमाले नेता सुरेन्द्र पाण्डेको दाबी अनुसार आजै सानो आकारको मन्त्रिपरिषद् बन्ने छ । एमाले, माओवादी, रास्वपा, जसपा मिलेर नयाँ सरकार बन्ने भनिए पनि अझै पुराना मन्त्रीको राजीनामा मागिएकै छैन । कांग्रेसबाट मन्त्री बनेका महिला बालबालिका तथा ज्येष्ठ..

सरकारमा सहभागी हुने तयारीमा उपेन्द्र यादव
२१ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुने तयारीमा छन् । नयाँ समीकरणअनुसार गठन हुने सरकारमा उनी सहभागी हुन लागेका हुन् । नयाँ समीकरणअनुसार बनाइने सरकारमा जसपाले तीन मन्त्रालयमा दाबी गरेको सो पार्टीका एक सांसदले जानकारी दिए । नयाँ गठबन्धन, सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्न अहिले जसपा कार्यकारिणी समितिको बैठक जारी छ । बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बैठक बसिरहेको एक नेताले जानकारी दिए । वर्तमान..

प्रधानमन्त्री प्रचण्ड र ‘रास्वपा’का सभापति रवि लामिछानेबीच भेटवार्ता
२० फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा कुराकानी भएको रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी गराए । दूध बेचेको सात अर्ब रुपैयाँ नपाएको भन्दै दुग्ध किसानहरु विरोधमा उत्रिएका थिए । आन्दोलनरत पक्षसँग सरकारले २१ चैतभित्र बक्यौता चुक्ता गर्ने सहमति..

संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबिच छलफल
२० फागुन, काठमाडौँ । संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । उनले आज बिहान देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल गरेका हुन् । संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्व पीडितलाई न्याय तथा परिपुरण गर्ने र पीडकलाई कारबाही गर्ने विषय टुंगो लाग्न बाँकी छ । संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य..

राष्ट्रिय सभाका २० जना सदस्यहरुको पदावधि आज सकिँदै
२० फागुन, काठमाडौं । राष्ट्रिय सभाका २० जना सदस्यहरुको पदावधि आज सकिँदै छ। आजबाट पदावधि सकिनेमा राष्ट्रिय सभाका अध्यक्ष र २ राज्यमन्त्रीसहित २० जना छन्। आजबाट पदावधिसकिनेमा एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको आजैदेखि पदावधि सकिँदै छ। त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट..

६ संसदीय समितिको बैठक बस्दै, प्रधानमन्त्रीले सोमबार संसद ‘फेस’ गर्ने
२० फागुन, काठमाडौं । आज संघीय संसद् अन्तर्गतका ६ वटा समितिकाे बैठक बस्ने भएकाे छ। संसद् सचिवालयका अनुसार विभिन्न ६ वटा समितिको बैठक पनि बस्ने भएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समित, अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहान ११ बजे बस्ने छ । यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान..