प्रचण्ड ‘खेमा’को भेलामा गृहमन्त्री थापा र उद्योग मन्त्री भट्ट गएनन्

प्रचण्ड ‘खेमा’को भेलामा गृहमन्त्री थापा र उद्योग मन्त्री भट्ट गएनन्


५ श्रावण, काठमाण्डौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूनिकट स्थायी समिति सदस्यसँग छलफल गरेका छन् ।

प्रचण्ड निवास खुमलटारमा भएको भेलामा पूर्वमाओवादी पक्षधर सबै स्थायी समिति सदस्यहरू उपस्थित थिए । तर गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट भने छलफलमा सहभागी भएनन् ।

स्रोतका अनुसार पूर्वमाओवादीहरू छिन्नभिन्न भएको भन्दै प्रचण्डले स्थायी समिति सदस्यलाई खुमलटार बोलाएका हुन् ।

पूर्वमाओवादी पक्षीय केही स्थायी समिति सदस्यहरू प्रचण्ड र माधव नेपालको गठबन्धनमा रहे पनि कोही ओली र प्रचण्ड मिल्नुपर्छ भन्ने पक्षमा रहेका छन् ।

उद्योगमन्त्री एवं स्थायी समिति सदस्य लेखराज भट्ट भने खुलेर नै ओलीको पक्षमा गइसकेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर