संसदीय दलमा बहुमत कायम गर्न ओलीको कसरत

संसदीय दलमा बहुमत कायम गर्न ओलीको कसरत

३ श्रावण, काठमाण्डौँ । नेकपाको विवाद धुरीमा पुगेको बेला केपी ओली पक्षले संसदीय दलमा आफ्नो बहुमत कायम गर्ने प्रयास जारी राखेको छ ।

बालुवाटारमा विभिन्न सांसदहरुलाई बोलाएर छलफल गर्ने क्रम जारी छ । दुवै पक्षले केही साता अघि नै सांसदहरुको हस्ताक्षर गराइसकेका छन् । केही सांसदले दुईतिर हस्ताक्षर गरेका छन् भने केहीले दुवैतिर गरेका छैनन् ।

आखिर, स्थायी कमिटीमा करीब दुईतिहाई बहुमत रहेको प्रचण्ड–माधव नेपाल समूह किन केपी ओलीको हठ सामु रक्षात्मक बनिरहेको छ ? स्थायी कमिटीका बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीलाई किन हटाउन सकेनन् ? तीन सातासम्म बैठक किन सरेको र्सयै र्गयो ? साउन २ गते स्थायी कमिटीको बैठक बसेर भदौको पहिलो साता केन्द्रीय कमिटीको बैठक राख्ने सहमति आज एकाएक किन उल्टियो ? फेरि किन दुई अध्यक्षकै वीचमा छलफल गर्ने र सचिवालय बैठक बस्ने भनियो ?

यी विविध प्रश्नहरुको एकमुष्ट जवाफ सम्भवतः आज बस्ने भनिएको सचिवालय वा भोलीको स्थायी कमिटी बैठकबाट आउला ।

तेस्रो धार भन्छ– ओलीले एउटा पद छाड्नैपर्छ

यसैवीच, प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका बेला घनश्याम भुसालको पहलमा संगठित बनेको तेस्रो धारले पनि दुईमध्ये एक पद छाडेर प्रधानमन्त्री ओलीले निकास दिनुपर्ने निचोड निकालेको छ ।

पूर्वएमाले र पूर्वमाओवादीका ११ जना स्थायी कमिटीका सदस्यहरु सम्मिलित तेस्रो धारका एक नेताले भने, ‘निकास दिने काम अध्यक्ष एवं प्रधानमन्त्रीकै हो, उहाँले दुईमध्ये एक पद छाडेर निकास दिनैपर्छ र पार्टीको एकता बचाउनुपर्छ ।’

आफ्नो पक्षमा बहुमत जुटाउन हरप्रकारका प्रयासहरु गर्दा पनि सफलता हात नलागेपछि अन्ततः प्रधानमन्त्री ओली एक कदम पछाडि सर्दै दुईमध्ये एक पद छाड्न नरम देखिएको नेकपाको उच्च स्रोत बताउछ । यद्यपि यसको पुष्टिका लागि भने आजको सचिवालय बैठकसम्म कुनैपर्ने ती नेता बताउँछन् ।

प्रधानमन्त्री ओलीले आज पनि निकास दिएनन् भने भोलीको स्थायी कमिटी बैठकले भदौको पहिलो साता बस्ने गरी केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने ती नेताको भनाइ छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर