कांग्रेस सांसद ज्वारचनद्धारा शपथ ग्रहण

कांग्रेस सांसद ज्वारचनद्धारा शपथ ग्रहण

४ श्रावण, काठमाण्डौँ । नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचनले पद तथा गोपनियताको शपथ लिनुभएको छ । गुल्मीकी ज्वारचनले आज संघिय संसद्का सभामुख अग्निप्रसाद सापकोटासमक्ष शपथ लिनुएको हो ।

ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त स्थानमा कांग्रेसले ज्वारचनलाई सांसद बनाएको हो । समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते निधन भएको थियो ।

सामानुपातिक तर्फको कुनै सांसदको निधन भएमा सोही सामावेशी समूहअन्तर्गत पार्टीले निर्वाचन अयोगमा बुझाएको बन्दसूचीको पहिलो नम्बरमा रहेको व्यक्ति स्वतः सांसद बन्न पाउने व्यवस्था छ । र, कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा छन्त्यालपछि ज्वारचनको नाम छ ।

त्यसैले रिक्त पदमा ज्वारचन स्वतः सांसद बन्नुभएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर