ओली–दाहालबीच भेटवार्ता सम्पन्न, आज पनि कुरा मिलेन

ओली–दाहालबीच भेटवार्ता सम्पन्न, आज पनि कुरा मिलेन

१९ श्रावण, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । दुई अध्यक्षबीच आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता बिना निश्कर्ष टुँग्गिएको छ ।

नेकपानिकट स्रोतले दिएको जानकारीअनुसार दुई अध्यक्षबीचको आजको छलफल सकारात्मक देखिएको छैन् । दुवै अध्यक्षले आ–आफ्नो अडान कायम राखेका छन् ।

अध्यक्षद्धय ओली र दाहालसँगै आजको छलफलमा पनि बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए । दाहालले स्थायी कमिटी तुरुन्तै राख्नुपर्ने अडान राखेका थिए भने ओलीले आफू स्थायी कमिटी नराख्ने पक्षमा रहेको जिकिर गरेका थिए ।

ओलीले बरु सचिवालय बैठक राख्न दाहाललाई आग्रह गरेका छन् ।

अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनालले भने स्थायी कमिटीबाटै समस्याको समाधान खोजिनु पर्ने जवाफ दिएका थिए ।

सचिवालयमा आफ्ना पक्षमा बहुमत पुग्ने भएपछि पछिल्लो समय प्रधानमन्त्री ओली सचिवालय बैठकका पक्षमा छन् भने प्रचण्ड स्थायी कमिटी बैठक बोलाउनु पर्ने अडानमा छन् ।

गत श्रावण १३ गते प्रधानमन्त्रीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्डले स्थायी कमिटी बैठकको अध्यक्षता गरेका थिए ।

२९ जना सहभागी स्थायी कमिटी बैठकमा बरिष्ठ नेता खनाल र माधव नेपाल पनि सहभागी थिए ।

दुई अध्यक्षबीच भोलि पनि छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर