३० श्रावण, झापा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कम्युनिस्ट सरकारले काम गर्न नसकेको बताउनुभएको छ । वर्तमान कम्युनिष्ट सरकारले नेपाली जनताको लागि नभई केवल कम्युनिष्टहरुका लागि मात्रै काम गरिरहेको उहाँको भनाई छ ।
आज गृहजिल्ला झापाको क्षेत्र नं ५ अन्तर्गतको कमल गाउँपालिकामा पार्टीको गाउँ समितिले आयोजना गरेको नवप्रवेशीहरुको स्वागत तथा अगुवा कार्यकर्ताहरुको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौँलाले यस्तो बताउनुभएको हो ।
कोरोना महामारी पछि उत्पन्न परिस्थितिमा वर्तमान सरकार कम्युनिष्टहरुका लागि मात्रै भएको दृष्टान्त प्रस्तुत गर्दै नेता सिटौलाले कम्युनिष्टहरुको अधिनायकवादका विरुद्ध नेपाली जनताले कांग्रेसलाई सडकमा बोलाईरहेको जिकिर गर्नुभयो ।
उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक सय ७० जनाले नेपाली काग्रेसमा प्रवेश गरेका थिए ।