नेकपा एमाले निर्वाचन आयोगमा दर्ता

नेकपा एमाले निर्वाचन आयोगमा दर्ता

३ भाद्र, काठमाण्डौँ । निर्वाचन आयोगले नेकपा (एमाले) दर्ता गर्ने निर्णय गरेको छ । निवेदन परेसँगै विवादमा आएको सो पार्टीलाई आयोगले वैधता दिने निर्णय गरेको हो ।

सो दलले गत असारमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएपछि पछिल्लो समय नेकपामा विवाद उत्पन्न भएको थियो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै यो पार्टी दर्ताको प्रकृया अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा भएको दावी गर्नुभएको थियो ।

सो पार्टीका तर्फबाट निर्वाचन आयोगमा बुझाइएको कागजपत्रका आधारमा हस्ताक्षरहरु प्रमाणित भएपछि आज आयोगले दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी बताउनुभयो ।

विराटनगरकी सन्ध्या तिवारी अध्यक्ष रहने गरि पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर