राजनीति

वामदेवको ६ बुँदे प्रस्तावले नेकपामा झन् ‘धुर्वीकरण’
१६ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीका दुईजना अध्यक्षसमक्ष ल्याएको ६ बुँदे प्रस्तावले पार्टीमा झन् धुर्वीकरण बढाएको छ । नेकपाभित्र देखिएको शक्ति संघर्ष अन्त्यका लागि भन्दै उपाध्यक्ष गौतमले अघि सारेको प्रस्तावले अन्ततः पार्टीमा ध्रुवीकरण बढाएको हो । श्रावण १३ गते प्रचण्डको अध्यक्षतामा स्थायी कमिटीको बैठक बस्नुअघि वामदेव गौतमले ल्याएको ६ बुँदे प्रस्तावले पार्टीमा गुटगत राजनीति झन् सक्रिय भएको छ । १३ गते बसेको स्थायी..

केन्द्रीय कमिटी बैठकको माग गर्दे नेकपा अध्यक्षद्धयलाई पत्र
१४ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक सय ५२ जना केन्द्रीय सदस्यले लिखित रुपमा केन्द्रीय कमिटी बैठकको माग गरेका छन् । एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक निष्कर्ष विहिनताको अवस्थामा रहेको समयमा केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गरेका हुन् । पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको भन्दै अध्यक्षद्वयलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ–‘हाल देखिएको सबै विवाद र समस्याहरुको समाधान पार्टीको बैठकमा गहन छलफल गरी..

सरिता गिरीको सिटमा लिलादेवी सिटौलाले सपथ खाईन्
१४ श्रावण, काठमाण्डौँ । जनता समाजवादी पार्टी, नेपालको रिक्त समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले सभामुख अग्नि सापकोटाबाट सपथ लिनुभएको छ । सभामुखले आज दिउँसो १ बजे समानुपातिकतर्फका सांसद सिटौलालाई सपथ खुवाउनुभएको हो । गत असार २३ गते जनता समाजवादी पार्टीले पार्टीको ह्वीप नमानेको भन्दै तत्कालिन सांसद सरिता गिरीलाई पार्टी र सांसद् पदबाट हटाईदिएको थियो ।

माधव नेपालको ‘अडान’ले नेकपाको विवाद जहाँको–त्यही !
१४ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्र सहमति निर्माणका लागि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन् । उनी हिजो साँझ आफै उपाध्यक्ष बामदेव गौतमको निवास पुगेर डिनरसहितको छलफल गरे । गौतमले नेकपामा सहमतिका लागि छ बुँदे प्रस्ताव अगाडि सारेपछि उत्साही भएका ओलीले त्यसमा सहमतिको सन्देश पनि दिएका छन् । उनले सहमतिका लागि आफू लचिलो बन्न तयार भएको भन्दै गौतमलाई एकतावद्ध भएर बढ्ने माहोल तयार गर्न समेत..

वामदेव संगको ‘डिनर’पछि ओलीलाई राहत
१४ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न गौतम निवास भैंसेपाटी नै पुगेका छन् । उनी हिजो साँझ श्रीमती राधिका शाक्यसहित गौतम निवास पुगेको बालुवाटार स्रोतले जनायो । वामदेव निवासमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमसहित महासचिव विष्णु पौडेलपनि सहभागी भएका थिए । प्रधानमन्त्रीको सचिवालयले यो भेटवार्तालाई पारिवारिक भेटवार्ता भनेपनि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टीभित्र आन्तरिक विवाद चुलिएको अवस्था र आफूविरुद्ध..

नेकपा दुर्घटना नजिकः प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु
१३ श्रावण, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी कमिटी बैठक सुरु गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बैठक सुचारु गरेको स्रोतले जनाएको छ । यसअघि दाहालले प्रधानमन्त्री तथ अध्यक्ष ओलीसँग भेट गरेको पनि स्रोतले बताएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको एक नेताले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा ओलीसहित उनी..

नेकपाको विग्रह रोक्न बामदेवको ६ बुँदे प्रस्ताव
१३ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको टकराव उत्कर्षमा पुगेको बेला त्यस्लाई साम्य पार्न बामदेव गौतमले ६ बुँदे प्रस्ताव ल्याएका छन् । नेकपाका प्रभावशाली नेता गैतमले दुवै अध्यक्षलाई सहमतिको बिन्दु तयार गर्ने गरी प्रस्ताव ल्याएका हुन् । बामदेवले केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष प्रधानमन्त्रीको जिम्मेवारीमा रहने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी..

प्रस्ताव तय गर्न गृहकार्य नपुेको भन्दै नेकपाको स्थायी समिति बैठक स्थगित
१३ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । आजका लागि तय भएको स्थायी समिति बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले स्थगित भएको जानकारी दिएको हो । पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको बैठक स्थगित गरिएको नेकपा कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी..

नेकपा विवादः प्रचण्ड–माधव नेपाल पक्ष ‘कम–ब्याक’
१२ श्रावण, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव नेपाल पक्षले स्थायी कमिटीलाई नियमित एजेण्डा फर्काउनुपर्ने निष्कर्ष निकालेको छ । असार १० गतेबाट सुरु भएको स्थायी कमिटीमा कोरोना संक्तमण रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या, सरकार र पार्टीको कामको समिक्षा र एमसीसी एजेण्डा थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनपछि नेपाल भारत सीमा समस्या र नयाँ नक्साबारे छलफल चाहिरहेको थियो । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष..

नेपाल रेडक्रस सोसाईटीमाथि कारवाही गर्ने मन्त्री गुरुङको चेतावनी
१० श्रावण, काठमाण्डौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपाल रेडक्रस सोसाईटीमाथि कावारही हुने अवस्था आएको भन्दै कारवाहीको चेतावनी दिनुभएको छ । नेपाल रेडक्रस सोसाईटीमाथि अर्बाैको चल–अचल सम्पत्ति हिनामिना गरेको आरोप लागिरहेका बेला मन्त्री गुरुङले नेपालको कानुनलाई नै चुनौति दिने काम गरेकाले रेडक्रसलाई कार्वाही गर्नैपर्ने अवस्था आएको पनि स्पष्ट पार्नुभएको हो । लायन्स क्लव अफ चन्द्रागिरी मण्डलाले काठमाडौंमा आयोजना एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘नेपालको कानुन नमान्ने, पारदर्शी ढंगले..