राप्रपामा चुनाव चिन्हको विवादः गाई की हलो !

१४ भाद्र, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई निर्वाचन आयोगमा पार्टी दर्ताका लागि पार्टीभित्र अन्तिम गृहकार्य चहिरहेको छ । गत २८ फाल्गुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा. प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)बीच पार्टी एकता भएपछि एकताको आधार पत्रमाथिको व्याख्या र विवादित विषयमा सहमतिको खोजी जारी छ । राप्रपाद्वारा एकताको आधारपत्रलाई व्याख्या र विवादित विषय टुंग्याउन ६ सदस्सीय कार्यदल समेत बनाइएको थियो । कार्यदलमा थापा..

विद्यार्थी संगठनको इतिहास र वर्तमान अवस्था !

१४ भाद्र, काठमाण्डौँ । वर्तमान समयमा विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो, यी सम्बद्ध सङ्गठनलाई खारेज गरे हुन्छ भन्ने भनाइ आजकल सुनिन्छ । जसलाई हिजो यही आन्दोलनले स्थापित गर्याे ती व्यक्तिहरूले समेत यस्तै आशय व्यक्त गर्नुले विद्यार्थी आन्दोलनप्रति गम्भीर प्रश्न खडा गरेको छ । के साँच्चै विद्यार्थी आन्दोलनको औचित्य समाप्त भएको हो त ? हामी जस्ता विद्यार्थी आन्दोलनमा होमिएका कार्यकर्तालाई यस प्रश्नले अन्तर हृदयसम्म कम्पन पैदा गरेको छ । विद्यार्थी आन्दोलन..

मुख्यमन्त्री फेरीन्छ त केवल अर्को निर्वाचन पछि !

१५ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका मुख्यमन्त्री नफेरिने दावी गर्नुभएको छ । पत्रकार रिऋी धमला संगको विशेष अन्तवार्तमा उहाँले तत्काल मुख्यमन्त्री परिवर्तन गरिनु भनेको अस्थिरता ल्याउनु भएको बताउनुभयो । संघिय सरकारको मन्त्रिपरिषद् पुनर्गठन भने आश्वयकताका आधारमा गरिने भन्दै त्यसबारे आफूले विचार गरिरहेको उहाँले बताउनुभयो । त्यसको अधिकार प्रधानमन्त्रीमा हुने भएकाले सोही अनुसार समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने उहाँको भनाइ छ । अर्काे प्रसंगमा ओलीले पार्टीभित्र केही समस्या..

अर्थमन्त्रीमा युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री ओली

१५ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने संकेत दिनुभएको छ । शनिबार राति पत्रकार ऋषि धमलासँगको विशेष अन्तर्वार्तामा ओलीले खतिवडाले राम्रो काम गरेको भन्दै उहाँलाई नै निरन्तरता दिने संकेत गर्नुभएको हो । ओलीले खतिवडाबारे २–४ दिनमा निर्णय हुने भन्दै उहाँले राम्रो काम गरिरहेको स्पस्ट पार्नुभयो । अर्थमन्त्री खतिवडाले राम्रो काम गर्नुभएको छ भन्ने प्रश्नमा ओलीले भन्नुभयोे, ‘राम्रो काम गर्नुभएको छ !’ उहाँको..

ओलीको सत्तासंकट टार्ने वामदेवको त्यो प्रस्ताव !

१५ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई शुक्रबार विहानै बालुवाटार बोलाउनुभयो । गौतम भैंसेपाटीबाट हुइँकिएर निस्कनुभयो । जहाँ दुई नेताबीच पार्टीका विषयमा रणनीतिक कुराकानी भयो । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहनुभएका ओलीले उपाध्यक्ष गौतमसंग पार्टी सञ्चालन र भावी रणनीतिका विषयमा केन्द्रित रही दुई घन्टा छलफल गर्नुभयो । छ बुँदे सहमतिको प्रस्ताव ल्याएर ओलीको सत्ता संकट टार्न भुमिका खेलेका गौतमलाई ओलीले भविष्यमा महत्वपूर्ण समयमा साथ दिएर गुन..

सर्वसम्मतरूपमा सक्षम नेतृत्व छान्नुपर्छः काँग्रेस कोषाध्यक्ष यादव

१३ भाद्र, काठमाण्डौँ । नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले पार्टीभित्र सर्वसम्मतरूपमा सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभएको छ । सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रले आज आयोजना गरेको ‘नेपाली काँग्रेसको पुनःजागरण अभियान ः वैचारिक नेतृत्व, आन्तरिक लोकतन्त्र र जनआधरित सङ्गठन’ विषयक प्रदेश–२ का काँग्रेस नेतासँग गरेको भर्चुअल अन्तक्र्रियामा उहाँले आउँदो महाधिवेशनमा सर्वसम्मत रुपमा काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्ने बताउनुभयो । “गुट उपगुटको अन्त्य र नेतृत्व परिवर्तन नभएसम्म काँग्रेस बलियो हुन सक्दैन”, उहाँले भर्चुअल अन्तरक्रियामा अन्नुभयो..

देउवा र पौडेलको ध्रुवीकरणबीच सिटौला र निधिको ‘क्यामेस्ट्री’

१३ भाद्र, काठमाण्डौँ । पार्टीको आसन्न महाधिवेशन नजिकिँदा सभापति शेबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको तीव्र ध्रुवीकरणलाई तेस्रो धारको नेतृत्वमा आसीन सिटौलाले नियालिरहेको पाइन्छ । १४औँ महाधिवेशनपछि पनि आफ्नै नेतृत्वलाई निरन्तरता दिने दाउमा सभापति देउवा हुनुहुन्छ । तर संस्थापन पक्षबाटै देउवाई चुनौती दिन उपसभापति विमलेन्द्र निधि पनि अघि सरेको अवस्था छ । यता इतरपक्षमा पनि नेतृत्व हत्याउने चर्काे होडबाजी छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री शशांक कोइराला,..

कोटेश्वरमा जसपाको गोप्य बैठक !

१२ भाद्र, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)का केही नेताहरुबीच गोप्य बैठक सम्पन्न भएको छ । वरिष्ठ नेता डा.बाबुराम भट्टराईका भाई शिव भट्टराईको निजि निवास कोटेश्वरमा जसपाका वरिष्ठ नेताहरु डा.भट्टराई, अशोक राई र राजेन्द्र महतोबीच छलफल भएको स्रोतले बतायो । आज नेताहरुबीच छलफल भएपनि कुनै कुरामा सहमति बन्न सकेन । नेताहरु आ–आफ्नै अडानमा टसमस रहे । समाजवादी र राजपाबीच एकीकरणपछि जनता समाजवादी पार्टी बनेको पाँच महिना बित्दा पनि समायोजन सम्पन्न..

रेलमार्गको ठेक्का योजनामा खुलेआम भ्रष्टाचार हुने भयोः राजेन्द्र लिङ्देन

११ भाद्र, काठमाण्डौँ । सरकारले झापाको काँकडभिट्टादेखि सुनससरीको इनरुवासम्म रेलमार्गको ट्रयाक विछ्याउनका लागि ठेक्का लगाउँदैछ । तर आवश्यक पूर्वतयारी नगरी ठेक्का लगाउन लागिएको भन्दै विज्ञहरुले ठेक्का प्रक्रिया रोकेर समग्र यातातात योजनाको समीक्षा गर्न सरकारलाई सुझाव दिएका छन् । रेलमार्गमा पर्ने जग्गाको मुआब्जा र रुख कटानको प्रक्रिया सुरु नगर्दै ठेक्का लाउने सरकारी कदमको स्वयम जनप्रतिनिधिद्धारा नै विरोदाभाष सुरु भएको छ । यसमा झापा क्षेत्र नम्बर ३ का संघिय सांसद राजेन्द्र लिङ्देनले..

उपप्रधानमन्त्री पोखरेलको स्पोष्टोक्तीः राजनीतिक नियुक्तिमा मेरो हस्तक्षेप छैन !

१० भाद्र, काठमाण्डौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट पार्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानुनी व्यवस्थालाई उल्लंघन गरेर नभएको जनाउनुभएको हो । “भएका काम विधिसम्मत, पारदर्शीतासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । यदि अन्यथा भएको पाइएमा वा..