३२ श्रावण, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको टेलिफोन वार्तालाई स्वागत गुर्नभएको छ ।
अध्यक्ष थपाले लामो समयदेखिको सम्वादहीनता अन्त्य हुनु सकारात्मक भएको पनि टिप्पणी गगर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले दुई देशका प्रधानमन्त्रीबीच यसरी सम्वाद हुनुलाई सकारात्मक र स्वागतयोग्य बताउँदै अब सिमा विवादलगायत छिपक्षीय हितका सबै विषय समाधान गर्ने वार्ताको बाटो खुलेको पनि बताउनुभयो ।
थापाले लेख्नुभएको छ–‘भारतीय स्वतन्त्रता दिवस कै सन्दर्भमा भएपनि लामो समय देखिको सम्वादहीनता अन्तगर्दै प्रम @kpsharmaoli भारतीय प्रम @narendramodi का बिच टेलिफोन मार्फत शुभकामना आदानप्रदान हुनु सकारात्मकरस्वागतयोग्य हो । अब सिमा विवाद लगायत द्विपक्षीय हितका सबै बिषय समाधान गर्ने वार्ताको बाटो खुलेको छ ।”