ओली–प्रचण्डबीच छलफलः नेकपा सचिवालय बैठक भाद्र १३ गते बस्ने

ओली–प्रचण्डबीच छलफलः नेकपा सचिवालय बैठक भाद्र १३ गते बस्ने

९ भाद्र, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही भाद्र १३ गते बस्ने भएको छ । आज भएको अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलले सचिवालय बैठक भाद्र १३ गते बस्ने निधो गरेको हो ।

सचिवालय बैठकमा हालै कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बुझिएको छ । कार्यदलको प्रतिवेदनमा पार्टीको आन्तरिक विवाद समाधानको लागि सुझाव र सल्लाह समेटिएका छन् ।

कार्यदलको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल गर्न ओली र प्रचण्डबीच झण्डै दुई घण्टा छलफलपछि सचिवालय बैठकको समय निर्धारण गरिएको हो ।

पार्टी भित्रको विवाद समाधान गर्न महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन सचिवालय बैठकमा छलफलपछि स्थायी कमिटीमार्फत अनुमोदन गरेसँगै कार्यन्वयनमा लैजाने नेताहरुको तयारी छ ।

ओलीप्रचण्डले अन्तरिक विवाद समाधान गर्न गत श्रावण ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वको ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर