मन्त्रिमण्डलमा पुरै सेट परिवर्तनको तयारीमा प्रधानमन्त्री ओली

मन्त्रिमण्डलमा पुरै सेट परिवर्तनको तयारीमा प्रधानमन्त्री ओली


१० भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डलमा पुरै सेट परिवर्तनको तयारी गर्नुभएको छ ।

उहाँले विश्वासपात्रहरुसँग मन्त्रिमण्डलमा नयाँ अनुहार ल्याउने बारे छलफल गर्नुभएको बुझिएको छ ।

ओलीले अब आफू पुरै नयाँ ढंगले अगाडि बढ्ने भन्दै मन्त्रिमण्डलमा हेरफेर नभई सेट नै परिवर्तन गर्नेबारे परामर्श लिनुभएको थियो । उहाँले सल्लाहकार टोली समेत परिवर्तनको संकेत गर्नुभएको उच्च स्रोतले बताएको छ ।

सरकारमा रहेका मन्त्रीहरु विवादमा परेपछि ओलीले पुरै सेट परिवर्तनको तयारी थाल्नुभएको हो । उहाँले यसपटक नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमलाई समेत चित्त बुझ्ने गरी मन्त्रिमण्डलमा नयाँ मन्त्रीहरु ल्याउन छलफल बढाइसक्नुभएको स्रोतको दावि छ ।

यसपटक उपप्रधानमन्त्री समेत रहनुभएका रक्षामन्त्री इश्वर पोखरेल विवादमा तानिएकाले मन्त्रिमण्डल पुर्नगठनमा नपर्ने निश्चितप्रायः छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत नदोहोरिने स्रोतको भनाई छ ।

गृहमन्त्री रामबहादुर थापा बादललाई पनि निरन्तरता नदिने ओलीको तयारी रहेको उच्च स्रोत बताउँछ । अर्थमन्त्री डा. युवराज खतिवडा पनि बाहिरिदैछन् । मन्त्री खतिवडा रष्ट्रियसभामा पुनः मनोनित नगरिने भएपछि स्वतः पदमुक्त हुनेछन् ।

एक दुईजना मन्त्रीहरु कार्यक्षमताका आधारमा दोहोरिने सम्भावना रहेपनि पुरै सेट परिवर्तन हुनसक्ने भएकाले नपर्न सक्छन् । अध्यक्ष प्रचण्डले पनि पुरै सेट परिवर्तनमा जोड दिएको बुझिएको छ ।

वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालको चाहना पनि त्यही देखिन्छ । यसपटक कानुनी अड्चन नभए उपाध्यक्ष बामदेव उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयमा पुग्न सक्छन् । नारायणकाजी श्रेष्ठले पनि उपप्रधानमन्त्रीसहित मन्त्रालय पाउँनसक्ने सम्भावना रहेको नेकपा उच्च स्रोतले बतायो ।

प्रतिक्रिया:

सम्बन्धित खवर