मुख्यमन्त्री फेरीन्छ त केवल अर्को निर्वाचन पछि !

मुख्यमन्त्री फेरीन्छ त केवल अर्को निर्वाचन पछि !


१५ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका मुख्यमन्त्री नफेरिने दावी गर्नुभएको छ । पत्रकार रिऋी धमला संगको विशेष अन्तवार्तमा उहाँले तत्काल मुख्यमन्त्री परिवर्तन गरिनु भनेको अस्थिरता ल्याउनु भएको बताउनुभयो ।

संघिय सरकारको मन्त्रिपरिषद् पुनर्गठन भने आश्वयकताका आधारमा गरिने भन्दै त्यसबारे आफूले विचार गरिरहेको उहाँले बताउनुभयो । त्यसको अधिकार प्रधानमन्त्रीमा हुने भएकाले सोही अनुसार समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने उहाँको भनाइ छ ।

अर्काे प्रसंगमा ओलीले पार्टीभित्र केही समस्या रहेपनि पार्टी नफुट्ने समेत स्पष्ट पार्नुभयो । ‘पार्टी एकता एकछिनको लागि होइन । परिवर्तन ल्याउनका लागि नै हो । यस देशमा अग्रगामी परिवर्तनको गतिलाई निरन्तरता दिन हो । सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र विकास निर्माणका प्रक्रियालाई अघि बढाउन हो । त्यसका लागि स्थयित्व चाहिन्छ । पार्टी फुट्दैन’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर