युवराज खतिवडालाई कतै पनि नियुक्ति नदिन दबाब, सरकारको लोकप्रीयता घटाएको आरोप

युवराज खतिवडालाई कतै पनि नियुक्ति नदिन दबाब, सरकारको लोकप्रीयता घटाएको आरोप

२१ भाद्र, काठमाण्डौँ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रीयता घटेको भन्दै सरकार र नेकपा भित्र समिक्षा शुरु भएको छ ।
खतिवडाले देश र जनताको हितमा भन्दा अन्तर्राष्ट्रिय शक्तिको स्वार्थ पूरा गर्नतर्फ केन्द्रित भएको भन्दै आलोचना समेत सुरु भएको छ ।

खतिवडाको कार्यकालमा देशको अर्थतन्त्रका धेरै मेरुदण्ड धराशायी भएको विज्ञहरु बताउँछन् । शेयर बजार सबैभन्दा बढी मारमा पर्याे । घरजग्गा कारोबार ठप्प भयो । सर्वसाधारणले बैंकबाट ऋण पाउन कठिन मात्र नभई ऋण पाउने कतिपय हद नै कसिलो बन्यो । ठुला उद्योगी व्यवसायीको हितमा मात्र कार्ययोजनाहरु आए । घरेलु तथा साना उद्दोग सञ्चालन गर्नेहरु धान्न नसकेर बन्द गर्ने अवस्थामा पुगे ।

कृषि क्षेत्रमा ठुलै समस्या आयो । खतिवडाकै नीतिका कारण कृषकहरुले सहज तरिकाले ऋण पाएनन् । देशको कृषि क्षेत्र सबैभन्दा मारमा पर्याे । समयमा मल पाएनन् ।

विकास निर्माणका कामले पनि गति लिन सकेन । निर्माणकर्ताहरु मारमा परे । देशको हितमा भन्दा पनि उहाँ विश्व बैंक र पश्चिमाहरुको स्वार्थमा चलेको चर्चा नेकपाभित्र चलेको छ । उहाँले समाजवादमा जाने नेकपाको नीतिमा समेत धक्का पुर्याउने गतिवधि गरेको निष्कर्ष नेकपाको ठुलो पंक्तिले निकालेको छ ।

विगतमा आर्थिक मामलाका जानकार नभएपनि विष्णु पौडेल, वर्षमान पुन, ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्र पाण्डेले अर्थमन्त्रीका रुपमा प्रशंशा कमाउनुभएको थियो । उहाँहरुले देशहितमा केन्द्रित भई काम गर्नुभएको थियो । तर, खतिवडा बाह्य शक्तिलाई खुशी बनाउनमै केन्द्रित भएको आरोप छ ।

नेकपाभित्र राजनीतिक पृष्ठभुमिका व्यक्ति अर्थमन्त्री नबन्दा तल्लो तहको जनतासम्मले आर्थिक नीतिबाट लाभ लिन नसकेको उल्टै दुरगामी असर पर्ने हानीनोक्शानी पुगेको विश्लेषण भइसकेको छ । अर्काे चुनावमा जाँदा नेकपाले ठुलो धक्का खानुपर्ने अवस्था बनेको भन्दै चिन्ता समेत हुनथालेको छ । यसमा खतिवडाको आर्थिक नीति नै मुख्य कारण छ ।

स्रोतका अनुसार खतिवडा फेरि पनि प्रधानमन्त्री ओलीका विशेष सल्लाहकार बन्न दौडधुपमा हुनुहुन्छ । उहाँलाई ल्याएर अर्थ मन्त्रालय सञ्चालन गर्ने तयारी पनि भइरहेको छ । तर, त्यसको नेकपाभित्र विरोध बढेको छ । ओलीले खतिवडालाई फेरि पनि छायाँ अर्थमन्त्री बनाएर राख्न खोजेमा नेकपाभित्र ठुलै विवाद हुनसक्छ । उहाँलाई कतै पनि नियुक्ति नदिन दबाब बढेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर