राजनीति
बंगलादेशको अन्तरिम सरकारमा २६ वर्षीय दुई युवा, अरू को कस्ता ?
२४ साउन । बंगलादेशमा शेख हसिना नेतृत्वको सरकारको पतनपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारका सदस्यहरूले शपथ लिएका छन् । बिहीबार राति उनीहरूले राष्ट्रपतिबाट शपथ लिएका हुन् । नवगठित सरकार १७ सदस्यीय हुने छ । यहाँ अन्तरिम सरकारमा सहभागी सदस्यहरूबारे संक्षिप्त विवरण प्रस्तुत गरिएको छ । डा. मोहम्मद युनुस प्रोफेसर मुहम्मद युनुस 'ग्रामीण बैंक'का संस्थापक हुन् । ग्रामीण बैंकको स्थापना, लघुकर्जा र लघुवित्तको अवधारणालाई मार्गनिदेशन गरेकोमा युनुसलाई..
टीआरसी विधेयकको प्रतिवेदन तयार
२४ साउन, काठमाण्डौँ । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकको प्रतिवेदन तयार भएको छ । २५ फागुन २०७९ संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन छ । विधेयकका विवादित विषयमा सहमति भएपछि संशोधनसहितको प्रतिवेदन तयार पारिएको हो । आज समितिमा विधेयकलाई निष्कर्षमा र्पुयाउनका लागि छलफल भइरहेको छ । विधेयकमा सम्बन्धमा नमिलेका ४ वटा विषयमा यसअघि कार्यदलले..
शेख हसिना अन्तिम समयसम्म पनि बल प्रयोग गरेर शक्तिमा बसिरहन चाहन्थिन्
२२ साउन, काठमाण्डौँ । धेरैले सोचेका थिएनन् कि १५ वर्षदेखि शक्तिमा रहेकी प्रधानमन्त्री शेख हसिना यसरी देश छाडेर जानेछिन् । बंगलादेशमा उनलाई धेरैले ‘आइरन लेडी’को उपमा समेत दिएका थिए । बंगलादेशको इतिहासमा कोही पनि सत्ताच्यूत भएपछि यसरी देश छाडेर जान बाध्य भएको थिएन । तर, शेख हसिना र उनकी बहिनी शेख रेहाना सोमबार हजारौं सहभागी प्रदर्शनका कारण देश छाड्न बाध्य भए । यस्तो परिस्थिति सिर्जना हुनुअघि आइतबार राति र सोमबार..
प्रदेश–१ कै व्यानरमा माओवादीको प्रदेश बैठक सुरु
२२ साउन, विराटनगर । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बोलाइएको नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिको बैठक सुरु भएको छ । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कोशी प्रदेश समितिको सातौं पूर्ण बैठक सुरु भएको हो । बैठकको ब्यानरमा भने प्रदेशको नाम लेखिएको छैन । आफैंले पारित गरेको नामप्रति असहमति जनाउँदै आएको माओवादी केन्द्रले बैठकको ब्यानरमा ‘प्रदेश–१’ नै लेखेको छ । १७ फागुन २०७९ मा प्रदेश १ को..
रास्वपा सांसद सोविता गौतमलाई निर्वाचन क्षेत्रमा अमर्यादित व्यवहार
२१ साउन, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई उनकै निर्वाचन क्षेत्रभित्र केही युवाहरुले अमर्यादित व्यवहार गरेका छन् । यस विषयमा गौतमले आज संसदमा पनि ध्यानाकर्षण गराइन् । अविरल वर्षा र बाढी–पहिरोले गरेको क्षतिको अवलोकन गर्न हिजो बिहानैदेखि उनी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विभिन्न स्थानमा पुगेकी थिइन् । यस क्रममा करिब साँझ ५ बजे उनी कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा पर्ने मनकामना टोलमा घटना भएको हो ।..
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिईन राजीनमा
२१ साउन, काठमाण्डौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनमा दिएकी छन् । गत जुलाई १५ बाट भएको प्रदर्शन तथा त्यसबाट ३०० बढीको मृत्यु भएपछि राजीनामा आएको हो । बेलायतको स्काइ न्यूजका अनुसार बंगलादेशी सेनाले हसिनाको राजीनामा भएको पुष्टि गरेको छ । हसिनाले सैन्य हेलिकप्टरबाट भारतमा शरण लिएको स्काइ न्यूजले उल्लेख गरेको छ ।
सुमना लक्षित शिक्षामन्त्री भट्टराईको भनाई ‘लोकप्रियतावादी विचारले मात्र हुदैन’
२० साउन, काठमाण्डौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले लोकप्रियतावादी विचारले मात्र समाजको नेतृत्व गर्न नसकिने बताएकी छन् । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै शिक्षामन्त्री भट्टराईले समाजको नेतृत्व गर्न लोकप्रियता वादी विचारले मात्र नहुने बताएकी हुन् । प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेका कार्यक्रममा मन्त्री भट्टराईले शिक्षकलाई अनावश्यक लाक्षना लगाउने र झोल हुन भन्ने तर तीनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने कुराले खोजिरहेको गुणस्तरीयता पाउन नसक्ने उल्लेख गरिन् ।..
सुदूरपश्चिम प्रदेशः ५३ सांसदमध्ये २३ जनाले चाखे मन्त्रीको स्वाद
२० साउन, काठमाण्डौँ । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख नाजिर मियाँले आइतबार ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए । शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएसँगै मियाँले आज साँझसम्मको समय दिएर संयुक्त सरकार निर्माणका लागि आह्वान गरेका हुन् । कांग्रेस संसदीय दलका नेता शाहले आज दिउँसो १ बजेपछि नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा..
एमाले सचिवालय बैठक आज बस्दै
१७ साउन, काठमाण्डौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक काठमाडौंको सिंहदरबार अगाडिको हनुमानस्थानस्थित होटेल बसेरामा बिहान ११ बजे बस्ने छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढी पसेकाले होटेलमा बैठक बस्न लागेको एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले स्वास्थ्यले साथ दिएसम्म प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका बैठक नराख्ने उल्लेख गरेका छन् । सचिवालय बैठकमा नेताहरुको कार्यविभाजन, समसामयिक राजनीतिक अवस्था र..
कुलमानलाई जिम्मेवारीबाट हटाउने ओलीको तयारी
१७ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई जिम्मेवारीबाट हटाउनेगरि तयारी थालेका छन् । पछिल्लो समय आफूले दिएको निर्देशनको एकपछि अर्काे गरेर अवज्ञा गरेको भन्दै प्रधानमन्त्री ओली कुलमानसँग् आक्रोशित छन् । उनले विभागीय मन्त्री उर्जामन्त्री दीपक खड्कालाई बोलाएर कुलमानको जिम्मेवारी खोस्नेगरि तयारी थाल्न निर्देशन दिएको उच्च स्रोतको दाबी छ । उद्योगी तथा व्यवसायीहरुले ठूलो मात्रामा विद्युतको बक्यौता तिर्न बाँकी रहेकोले कुलमानले बक्यौता तिर्न..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७